काठमाडौँ । प्रतिपक्षी दल रास्वपा र राप्रपाको विरोधबीच पनि संसद बैठक जारी रहेको छ ।
Advertisement
सभामुख देवराज घिमिरेले अवरोधकै बीच बैठकको कारबाही अघि बढाएका हुन् ।
आजको बैठकमा गत १५ जेठमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।
प्रतिपक्षी दलहररूले भने भिजिट भिसा प्रकरणलाई लिएर संसदमा विरोध गर्दै आएका छन् । माओवादीले सहमति गरे पनि रास्वपा र राप्रपा सहमत भएका छैनन् । उनीहरले गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गरिरहेका छन् ।