• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चार देशका पाँच लाख आप्रवासीलाई अमेरिका छोड्न आदेश हुँदै


  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । पाँच लाख आप्रवासीलाई अमेरिकाले तत्कालै देश छाड्न निर्देशन दिने भएको छ ।

    Advertisement

    अमेरिकाको डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटी (डिएचएस) ले बिहीबार एक विज्ञप्तिमार्फत् क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकलाई यसअघि निष्काशन गर्नबाट लगाइएको अस्थायी रोक अन्त्य गरिएसँगै सो स्थिति निर्माण भएको हो ।

    उनीहरूलाई अमेरिकाबाट बाहिरिन आग्रह गर्दै इमेल पठाइने उक्त निकायले जनाएको छ ।

    पूर्वराष्ट्रपति जो बाइडनले आफ्नो कार्यकालमा चार देशका पाँच लाख नागरिकलाई दुई वर्ष अमेरिकामै बस्न सक्ने अनुमति दिएको डिएचएसले जनाएको छ ।

    ट्रम्प प्रशासनको आम निष्काशन कार्यक्रमजस्तै पछिल्लो निर्देशन विरुद्ध पनि कानुनी चुनौती दिइने ठानिएको छ ।

    आफ्नो कार्यकालमा बाइडेनले उनीहरूका लागि अमेरिकामा रहने सुविधा बढाएका थिए, जसलाई ह्युमेनिटेरिअन परोल नाम दिइएको थियो । उनीहरूलाई आआफ्नो देशको अवस्थाका कारण अमेरिकामा रहने सुविधा दिइएको बताइएको थियो ।

    डिएचएसका अनुसार सन् २०२४ को नोभेम्बर अन्त्यसम्म पाँच लाख ३१ हजार छ सय ७० जना मानिसलाई उक्त कार्यक्रमअनुसार अमेरिकामा बस्ने अनुमति दिइएको थियो । यसले ती चार देशबाट अमेरिकामा हुने गैरकानुनी प्रवेश ९८ प्रतिशतले घटेको थियो ।

    नयाँ निर्देशिकाबाट ठ्याक्कै कति मानिस प्रभावित हुन सक्छन् भन्ने अझैसम्म प्रस्ट छैन । ती देशका कतिपय आप्रवासी अन्य भिसा प्रक्रियाबाट यो अवधिमा अमेरिकामै रहने कानुनी अनुमति पाइसकेका छन् ।

    बाइडेन प्रशासनले अमेरिकी प्रायोजक रहेका आप्रवासीको पृष्ठभूमि अध्ययन गरिएको र उनीहरूलाई जाँच गरेर मात्रै अमेरिकामा रहने अनुमति दिइएको बताएको थियो तर ट्रम्प प्रशासनले यो विषयमा असहमति जनायो ।

    डिएचएस प्रवक्ता ट्रिसिया मिक्लक्लिनले बाइडन प्रशासनका पालामा भएको कार्यक्रमलाई “विनाशकारी“ भएको प्रतिक्रिया दिइन् । उक्त कार्यक्रमले ठगी र अपराधका लागि ढोका खोलेको र अमेरिकी कामदारको माग घटाएको उनले बताइन् ।

    पछिल्लो अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा पनि यो कार्यक्रम चुनावी मुद्दा बनेको थियो ।

    विशेष गरी ट्रम्प र उनका सहयोगीले पछिल्ला वर्षमा अमेरिकाका केही सहर उक्त कार्यक्रमअन्तर्गत अमेरिका बस्न अनुमति पाएका हाइटीका नागरिकको भिड हुन थालेको विषय उठाएका थिए ।

    ट्रम्प र अन्य नेताहरूले हाइटीबाट आएका आप्रवासीले घरपालुवा जनावर खाएकोजस्ता मानिसलाई भड्काउने अभिव्यक्ति दिए तर उक्त कुराको कुनै प्रमाण थिएन यद्यपि उनका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सले धेरै आप्रवासीका कारण अमेरिकी जनताले दुःख पाएको विषयमा मानिसको ध्यान आकृष्ट गर्न कथा बुनिएको भन्दै ट्रम्पको बचाउ गरेका थिए ।

    राष्ट्रपति ट्रम्पले ज्यानुअरीमा आफ्नो कार्यकाल सुरु गरेको केही समयमै बाइडनले दिएको विशेष अनुमति खारेज गर्ने कार्यकारी आदेश जारी गरेका थिए तर गत मेमा अमेरिकाको सर्वोच्च अदालतले बाइडनको परोल कार्यक्रम खारेज गर्ने ट्रम्पको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । उक्त मुद्दा तल्लो अदालतमा अझै विचाराधीन छ ।

    डिएचएसले आफैँ देशबाट बाहिरिन चाहने अमेरिकामा रहने कानुनी हैसियत नभएका आप्रवासीलाई यात्रामा सहयोग र एक हजार अमेरिकी डलर बोनस दिने प्रस्ताव गरेको छ । (बिबिसी)

    आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.