भरतपुर । आगामी साउन १० गते जिल्ला भेला गर्ने गरी चितवनमा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घको भेला आयोजक समिति गठन भएको छ ।
केन्द्रीय अध्यक्ष ढाकाराम पौडेलको प्रमुख आतिथ्यमा २०८२ जेठ ३० गते शुक्रबार भरतपुरमा सो भेला सम्पन्न भएको हो ।
भेलामा प्रमुख अतिथि पौडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यहरू डम्मर पुरी र राजेन्द्र ढुङ्गाना, राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्री, नेकपा (मसाल) चितवनका प्रवक्ता भविश्वर शर्मा, व्यवसायीको तर्फबाट प्रशान्त पौडेल र गङ्गा पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता होमनाथ शर्माले तथा सञ्चालन विष्णु पौडेलले गर्नुभएको थियो ।
संयोजकमा शर्मा
भेलाले होमनाथ शर्मा संयोजक रहनुभएको ११ भेला आयोजक समिति गठन गरेको छ ।
समितिको सदस्यमा नारायण पौडेल, नारायण चालिसे, केदार आचार्य, उमा चालिसे, गङ्गा पौडेल, प्रशान्त पौडेल, प्रेम आचार्य, ऋषिराम शर्मा, कृष्ण सुवेदी र शिव ऐरी रहनुभएको छ ।
