• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम सकारात्मक, परिमार्जन गर्न राजमोको आग्रह


  •   बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सकारात्मक लिँदै त्यसमा थप परिमार्जन गर्न आग्रह गरेको छ ।

    Advertisement

    मुख्यतः बौद्ध पुरातात्त्विक सहर निर्माण तथा तिनाउ नदीछेउ रामापिथेकससम्बन्धी संरचना निर्माण र प्युठानमा रकगार्डेनका लागि बजेट विनियोजनलगायतका विषयमा राजमोले यस्तो आग्रह गरेको हो ।

    बौद्ध पुरातात्त्विक सहर निर्माण अभियानकी संयोजकसमेत रहनुभएकी राजमो केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल र अभियानकी सदस्यसमेत रहनुभएकी राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापाको हस्ताक्षरमा २०८२ जेठ २८ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै यस विषयमा ध्यानाकर्षण गराइएको छ ।

    प्रेसवक्तव्यमा देवदह, रामग्राम, तिलौराकोटसँगै कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी बौद्ध वा अन्य प्राचीन सभ्यताको खोजी गर्नुपर्नेमा जोड दिइएको छ । यस सन्दर्भमा संसारभरिका बौद्ध देशबाट पनि सहयोग लिन सकिने सम्भावनातर्फ औल्याइएको छ ।

    त्यस्तै, तिनाउ नदीछेउको जङ्गलमा रामापिथेकसको बङ्गारा भेटिएको स्थानमा थप व्यवस्थित भौतिक संरचना बनाइनुपर्ने, प्युठानको झिमरुक र गौमुखी गाउँपालिकामा रकगार्डेनलगायतका पर्यटकीय संरचना निर्माणका लागि बजेट माग गरिएको छ ।

    वक्तव्यमा अभियानले बौद्ध पुरातात्त्विक सहर निर्माण सम्बन्धमा रुपन्देही र काठमाडौँमा दुई दिनसम्म विचारगोष्ठी आयोजना गर्ने कार्यक्रमको पनि जानकारी दिइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “१. २०८२ जेठ ५ गते लुम्बिनी प्रदेश प्रमुख माननीय श्री कृष्णबहादुर घर्तीमगरद्वारा लुम्बिनी प्रदेशमा प्रस्तुत नीति तथा कार्यक्रममा बुद्धको जन्मस्थलका रूपमा रहेको लुम्बिनीको प्रर्वद्धन र विकाससहित लुम्बिनी प्रदेशमा पर्यटनसमेतको विकासका लागि प्रस्तुत गरिएको कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै त्यसलाई प्रभावशाली प्रकारले कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सरकारको ध्यान आकर्षित गर्न यो वक्तव्य जारी गरिएको छ ।

    २. उक्त नीति र कार्यक्रममा लुम्बिनीलाई केन्द्र बनाई देवदह, रामग्राम, तिलौराकोटलगायतका सम्पदा जोड्ने गरी बौद्ध सर्किटको विकास र प्रवर्द्धन गर्न नेपाल सरकारसँग समन्वय गर्ने कुरा उल्लेख गरिएको छ । जस्तो कि प्रस्तुत नीति र कार्यक्रममा बताइएको छ, लुम्बिनी प्रदेश आफैमा एक महत्त्वपूर्ण प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा, सभ्यता एवम् विशिष्ट पहिचान भएको नेपालको नै महत्त्वपूर्ण प्रदेश हो । गौतम बुद्धको जन्मस्थान भएको हुनाले हाम्रो प्रदेशले खालि लुम्बिनी प्रदेशका लागि मात्र होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणले नै धेरै महत्त्व राख्दछ । त्यसकारण त्यसको गर्भमा रहेको भव्य र गौरवमय सभ्यतालाई प्रकाशमा ल्याउनुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ । त्यो कार्य सम्पन्न हुन सकेमा त्यसले खालि लुम्बिनीको बौद्ध सभ्यता मात्र होइन, सम्पूर्ण नेपालको प्राचीन सभ्यतालाई नै विश्वसमक्ष ल्याउनेछ ।

    ३. नीति र कार्यक्रममा लुम्बिनीका देवदह, रामग्राम, तिलौराकोट आदि प्राचीन बौद्धस्थानको चर्चा गरिएको छ तर कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सयभन्दा बढी प्राचीन बौद्ध सभ्यताका अवशेष पाइन्छन् । त्यसका साथै त्यहाँ बौद्ध सभ्यताभन्दा बाहेक अन्य प्राचीन सभ्यताका अवशेष पनि भएको कुरा पुरातत्त्वशास्त्री वा इतिहासकारले बताउने गरेका छन् । ती तीनओटै जिल्लाका ती प्राचीन स्थानको अध्ययन, अनुसन्धान वा उत्खनन् गरी ती तीनओटै जिल्लालाई मिलाएर एउटा बौद्ध पुरातात्त्विक सहरको निर्माणमा लुम्बिनी र नेपाल सरकारको पनि ध्यान जानुपर्ने आवश्यकता छ । त्यसो हुन सकेमा त्यो अन्तर्राष्ट्रिय महत्त्वको नै बौद्ध पुरातात्त्विक सहर हुन्थ्यो र त्यसबाट नेपालको पर्यटन उद्योगमा पनि नयाँ र उच्च आयाम थपिने थियो । अहिलेसम्म लुम्बिनीको विकासका लागि जुन योजना बनेका छन्, तिनीहरूलाई परिमार्जन गरी अरू उच्च रूपमा विकास गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । हामीले त्यसका लागि एउटा उच्चस्तरीय र अन्तर्राष्ट्रियस्तरको आयोग गठन गरी त्यस प्रकारको बौद्ध पुरातात्त्विक सहर निर्माणका लागि डिपिआर तयार पार्नुपर्ने आवश्यकता पनि जोड दिन्छौँ ।

    ४. त्यस प्रकारको पुरातात्त्विक सहर निर्माणका लागि लुम्बिनी सरकारले नेपाल सरकारसित समन्वय गरी त्यो कार्यक्रमलाई अगाडि बढाउन पहल गर्नुपर्छ । एकपल्ट त्यस प्रकारको योजना बनाएपछि संसारका बौद्ध देश र विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीबाट पनि त्यसका लागि प्राविधिक वा आर्थिक सहयोग प्राप्त हुन सक्नेछ र त्यसरी त्यो सहर निर्माणको लागि कुनै आर्थिक वा प्राविधिक समस्या रहने छैन ।

    ५. पाल्पाको तिनाउ नदीछेउको जङ्गलमा सन् १९३२ मा प्राप्त रामापिथेकसको बङ्गाराले ठुलो ऐतिहासिक महत्त्व राख्दछ । त्यो एक करोडभन्दा बढी पुरानो र संसारमा विरलै पाइने प्राग्ऐतिहासिक महत्त्वको बङ्गारा हो । त्यहाँ अहिले तिनाउ नदीको वाल्तिर रामापिथेकसको मूर्ति र सामान्य प्रकारको चौपारी मात्र बनाइएको छ तर त्यति अन्तर्राष्ट्रिय र प्राग्ऐतिहासिक महत्त्वको त्यो बङ्गारा पाइएको स्थानलाई विशेष महत्त्व दिनुपर्ने आवश्यकता छ । त्यो बङ्गारा नै पाइएको जङ्गलमा एउटा ठुलो उद्यान, पर्यटकको लागि एउटा रेस्टुराँ र एउटा सङ्ग्रहालय निर्माण हुन सकेमा त्यो ठुलो पर्यटकीय स्थान नै बन्न सक्थ्यो । त्यसकारण त्यो स्थानको प्रवर्द्धन र विकासका लागि हामीले लुम्बिनी सरकारसित माग गर्दछौँ ।

    ६. लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीका तर्फबाट प्रस्तुत बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकतामा ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिकलगायतका पर्यटकीय गन्तव्यमा दिगो पूर्वाधार विकास, संरक्षण तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिनेछ भनेर लेखिएको छ । त्यो भनाइलाई हामीले सही मान्दछौँ र त्यसअनुसार लुम्बिनी प्रदेशमा पर्यटनको प्रवर्द्धन र विकासको लागि ठोस कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    ७. लुम्बिनी प्रदेशको प्युठानका जिल्लाको झिम्रुक र गौमुखी गाउँपालिकाले पर्यटकीय दृष्टिकोणले धेरै नै महत्त्व राख्दछन् । त्यहाँ ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक दृष्टिकोणले महत्त्व राख्ने कैयौँ स्थान छन् । त्यसरी ती दुवै गाउँपालिकाको पर्यटकीय दृष्टिकोणले धेरै महत्त्व राख्दछ । त्यो कुरामाथि ध्यान दिँदै प्युठानकी तत्कालीन सांसद दुर्गा पौडेलको पूर्वाधार विकाससम्बन्धी कोष तथा झिम्रुक र गौमुखी दुवै गाउँपालिकाको सहयोगबाट रु. एक करोड जुटाई ती दुवै गाउँपालिकाका दश स्थानमा डिपिआर तयार पार्ने योजना बनेको थियो तर पछि कोरोनाको सङ्क्रमण भएको हुनाले त्यो रकम ती दुवै पालिकाको डिपिआरमा खर्च नगरी कोरोनाको सहयोगमा नै खर्च गरिएको थियो र त्यो कारणले त्यहाँ डिपिआर हुन सकेको थिएन । ती दुवै गाउँपालिकाको पर्यटकीय महत्त्वमाथि ध्यान दिँदै त्यहाँ पर्यटकीय विकासका लागि पूर्व निर्धारित स्थानमा पुनः डिपिआर तयार पार्नका लागि तथा त्यो पूरै क्षेत्रलाई पर्यटन क्षेत्रको रूपमा विकास गर्नको लागि बजेट निकासा गर्न हामीले लुम्बिनी सरकारसित माग गर्दछौँ ।

    ८. प्युठानको झिम्रुक गाउँपालिकाअन्तर्गत ओखरकोटको ढड्याङ भन्ने स्थानमा रकगार्डन निर्माणको लागि झिम्रुक गाउँपालिकाले डिपिआर तयार पारेको थियो । त्यसअनुसार त्यहाँ कतिपय निर्माणकार्य पनि भइसकेका छन् । नेपाल सरकारले त्यो रकगार्डनलाई नेपालका सयओटा गन्तव्य स्थारूमा राखेर त्यसको विकासका लागि रकम उपलब्ध गराउने काम पनि गरेको थियो । त्यसअनुसार अहिले पनि त्यहाँ निर्माणसम्बन्धी कैयौँ काम भइरहेका छन् । त्यो रकगार्डेनको निर्माण भएमा त्यो नेपालको राष्ट्रिय महत्त्वको रकगार्डेन बन्नेछ र त्यसबाट नेपालको पर्यटन उद्योगमा धेरै नै मदत पुग्नेछ । त्यसैले त्यो रकगार्डेनका लागि बनेको डिपिआरअनुसार त्यसको निर्माणमा रकम उपलब्ध गराउनका लागि हामीले लुम्बिनी सरकारसित माग गर्दछौँ ।

    ९. तपाईंहरूलाई यो बताउँदा हामीलाई खुसी लागिरहेको छ कि लुम्बिनीमा बौद्ध पुरातात्त्विक सहर निर्माणको लागि सरकार र जनताको समेत ध्यान आकर्षित गर्नका लागि “बौद्ध पुरातात्त्विक सहर निर्माण अभियान” गठन भएको छ । त्यसले अहिलेसम्म त्यसबारे कतिपय अध्ययन, बौद्ध विज्ञ वा संस्थानसित सम्पर्क आदि काम गर्नुका साथै केही समयपहिले बुटवलमा पत्रकार सम्मेलन पनि गरेको थियो । त्यो समितिले कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका विभिन्न प्राचीन बौद्ध सभ्यतासित सम्बन्धित स्थानको स्थलगत अध्ययन गर्ने पनि कार्यक्रम बनाएको छ । त्यसपछि काठमाडौँ र बुटवलमा समेत त्यससम्बन्धी दुई दिवसीय विचारगोष्ठी गर्ने कार्यक्रम बनाएको छ । त्यसको मिति पछि सूचित गरिनेछ । त्यो विचारगोष्ठीमा नेपाल, भारत र दक्षिणपूर्वी एसियाका त्यो विषयसित सम्बन्धित विज्ञलाई समेत आमन्त्रित गर्ने हाम्रो सोचाइ रहेको छ । त्यस प्रकारको विचारगोष्ठी पछाडिको हाम्रो उद्देश्य बौद्ध पुरातात्त्विक सहर निर्माणका लागि जनमत र आधार तयार पार्ने नै हुनेछ । त्यसका लागि हामीले तपाईंहरू सबैबाट सहयोगको लागि विनम्र अनुरोध गर्दछौँ ।”

    बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.