दीप गोले तामाङ ##
Advertisement
हामी झोले होइन,
हामी चम्चे होइन
हामी भ्रष्टाचारी होइन
बलात्कारी होइन
हामी घुसखोरी होइन
कामरेड कसैको दास बनेर बस्दैन
कामरेड कसैको चाकडी गर्दैन
कामरेड कसैको गुलामी बनेर बाँच्दैन
कामरेड कसैको दासत्व स्वीकार्दैन
कामरेड कसैको दलाल गर्दैन
कामरेड
स्वाभिमानसाथ बाँच्छ
अन्यायको निम्ति लड्छ
अत्याचारको निम्ति लड्छ
वर्गविहीन समाजको परिकल्पना गर्छ
समानताको गीत गाउँदै
गाउँबस्ती, गल्ली, सडकमा
किसानको आवाज बोकेर हिँड्छ
मजदुरको आवाज बोकेर हिँड्छ
झुपडीभित्रका गरिबको आवाज बोकेर हिँड्छ
आरनमा बस्नेको आवाज बोकेर हिड्छ
जुत्ता सिउनेको आवाज बोकेर हिँड्छ
कामरेड निस्वार्थ हुन्छ
कामरेड अनुशासित हुन्छ
कामरेड इमानदार हुन्छ
कामरेड कर्तव्यनिष्ठ हुन्छ
कामरेड ढाँट्न जान्दैन
कामरेड ठग्न जान्दैन
कामरेड लुट्न जान्दैन
त्यसैले हामी झोले होइन
हामी कामरेड हो