• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

विलौना सुनेर पग्लने काम नगरौँ, गैरआवासीयलाई वंशजको नागरिकता दिनै मिल्दैन : केसी


  •   मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण एनआरएनहरुलाई वंशजको नागरिकता दिन नहुने बताउनुभएको छ ।

    Advertisement

    मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको बताउनु भयो । खुला सीमा भएका कारण भारतबाट मात्र नभइ उत्तर, दक्षिण लगायतका विभिन्न देशहरुबाट नेपालमा आउनेहरुको लर्को रहेको बताउनु भयो ।

    आमा र बुबा दुवै नेपालीबाट जन्मिएको सन्तानलाई मात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने बताउनु भयो । पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ रु भन्दै प्रश्न गर्नुभयो ।

    गैह्रआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकार दिएपनि त्यतिले नपुगेको उहाँको भनाई थियो ।

    उहाँले भन्नुभयो, ‘नेपालमा नागरिकताको समस्या अत्यन्त जटिल समस्या रहेको छ । दक्षिणतिर मात्रै बोर्डर खुला छ भन्नेमात्रै होइन । उत्तर, दक्षिण, बर्मा विभिन्न देशबाट मान्छेको ओइरो लागेको हो । हाम्रो पार्टीले के भन्दै आएको हो भने आमा वंशजको, बुबा वंशजको यसबाट जन्मिएका सन्तानलाई मात्रै वंशजको नागरिकता दिनुपर्छ भन्ने हो । गैह्रआवासीय नेपालीहरुको समस्या र धेरै कुराहरु सुनियो । उपदेश पनि धेरै सुनिरहेको छ । उनीहरु यहाँ आउन पाउने र उनीहरुलाई वंशजको नागरिकता दिने हो भने देश स्विट्जरल्याण्ड हुने जस्तो कुरा पनि सुनियो । पैसा कमाएका कारणले नागरिकता पाइन्छ रु वंशजको नागरिकता पाइन्छ रु त्यसो भए त धेरैले लिन्थे नि । गैह्रआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकारको कुरा छ, त्यसले उहाँहरुलाई पुगेको छैन । त्यस्तो हुन्छ ?’

    ब्रिटिश गोरखाको हकमा पनि दुई देशबाट वंशजको आधारमा नागरिकता लिन नमिल्ने बताउनु भयो ।

    अध्यक्ष केसीले थप्नुभयो, ‘ब्रिटिश गोरखाको पनि त्यही छ । उता पनि वंशजको नागरिकता लियो, उहिले राणाकालमा सम्झौता भएर गएको निरन्तर हुनुपर्छ, दुईतिर नागरिकता लिन पाइन्छ रु संसदमा भोटिङ हुनुपर्छ यसबारेमा । मेरो एउटै भोट पर्ला फरक पर्दैन । विलौना सुनेपछि मन पगाल्ने काम नगरौँ ।’

    अध्यक्ष केसीले नेपालकालाई बाहिर लखेट्ने र बाहिरका ल्याएर नागरिकता दिनेकुरा राम्रो नहुने बताउनु भयो ।

    मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.