बुटवल । जातीय समता समाजले दलित समुदायका लागि बेग्लै निर्वाचन क्षेत्र माग गर्दै सङ्घर्ष गर्ने भएको छ ।
२०८२ जेठ २३ र २४ गते रुपन्देहीको बुटवलमा सम्पन्न राष्ट्रिय भेलामा १५ बुँदे विशेष प्रस्ताव पारित गर्दै सो निर्णय गरेको हो ।
यसबारेमा विशेष प्रस्तावमा भनिएको छ– “पुस महिनामा दलितका लागि बेग्लै निर्वाचन क्षेत्रको निर्धारण गर्नेबारे काठमाडौँसहित प्रादेशिक राजधानीमा विभिन्न राजनीतिक दल, दलित सङ्गठन, जनसङ्ख्याविद्, निर्वाचन आयोग, संविधानविद् सम्मिलित विचारगोष्ठी गर्ने ।”
भेलाद्वारा निर्वाचित अध्यक्ष राजेश विश्वकर्माको हस्ताक्षरमा जेठ २५ गते आइतबार समाजले प्रेसवक्तव्य सार्वजनिक गरेको थियो । सो वक्तव्यमा भेलाको विवरणसँगै १५ बुँदे विशेष प्रस्ताव समावेश गरिएको छ ।
यस्तो छ, विज्ञप्तिको पूर्ण पाठ :
“२०८२ जेठ २३–२४ गतेसम्म जातीय समता समाजको दशौँ राष्ट्रिय भेला बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय भेलाले गरेका निर्णय तथा भेलासम्बन्धी कार्यक्रम सार्वजनिक गर्न यो प्रेसविज्ञप्ति जारी गरेका छौँ ।
१. राष्ट्रिय भेलाको कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा जेठ २३ गते राष्ट्रिय भेलाको उद्घाटन सत्र आयोजना गरिएको थियो । बिरुवाको गमलामा जल अर्पण गरेर राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले दशौँ राष्ट्रिय भेलाको उद्घाटन गनुभएको थियो ।
भेलाको अध्यक्षता जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका माननीय सदस्य राजेश विश्वकर्मा र सञ्चालन महासचिव भक्त विश्वकर्माले गर्नुभएको थियो । सहभागाी र आमन्त्रितलाई समाजका केन्द्रीय सदस्य खगेश्वर सुनारले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।
विभिन्न भाइचारा सङ्गठनले भेला सफलताको शुभकामना दिनुभएको थियो । शुभकामना दिनेमा चेतनाथ आचार्य, अध्यक्ष, कम्युनिस्ट सङ्ग्रहालय नेपाल, बद्रे आलम, अध्यक्ष, तराई मधेस जनवादी मोर्चा, लालचन्द पन्थ, प्रवक्ता नेकपा (मसाल) रुपन्देही, टानबहादुर केसी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष रुपन्देही, श्याम पोख्रेल, अध्यक्ष, प्रगतिशील पत्रकार सङ्घ, चोपबहादुर विक, उपाध्यक्ष अखिल नेपाल युवक सङ्घ, केबी घले, कोषाध्यक्ष, अखिल नेपाल किसान महासङ्घ (अप्फा), ढुण्डीराज शर्मा, सल्लाहकार, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ, हेमराज शर्मा, केन्द्रीय सदस्य, अखिल नेपाल कानुन व्यावसायी सङ्घ (अन्ला), चन्द्रबहादुर थापा, केन्द्रीय सदस्य, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कुलचन्द्र शर्मा, केन्द्रीय सचिवालय सदस्य अखिल (छैठौं), हरि राहाडी, केन्द्रीय सदस्य, अखिल नेपाल जनजाति सम्मेलन, सम्झना पौडेल, केन्द्रीय सदस्य, अखिल नेपाल महिला सङ्घ । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारले रोचक प्रस्तुति प्रस्तुत गरेका थिए ।
२. उद्घाटन समारोहको समापनपश्चात् जेठ २३ गते नै बन्दसत्र सञ्चालन गरिएको थियो । बन्दसत्रको सञ्चालनका लागि अइन्द्र विक, लक्ष्मी विक र अमरबहादुर बिटालुसहितको तीन सदस्य अध्यक्षमण्डलको गठनको प्रस्ताव पारित गरेको थियो । बन्दसत्र सञ्चालनका लागि अध्यक्षमण्डलले तयार पारेका नियमलाई हाउसले पारित गरेको थियो । अध्यक्षमण्डलको अध्यक्षता अइन्द्र विकले गर्नुभएको थियो भने सञ्चालन लक्ष्मी विकले गर्नुभएको थियो । समता समाजका अध्यक्ष राजेश विश्वकर्माले हाउससमक्ष छलफल तथा निर्णयका लागि पाँचओटा प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । ती प्रस्ताव यस प्रकार थिए : १. साङ्गठनिक प्रतिवेदन, २. आर्थिक प्रतिवेदन, ३. आगामी कार्यक्रम, ४. आर्थिक योजना, ५. प्यानल प्रस्ताव, ६. विशेष प्रस्ताव ।
३. अध्यक्षद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदनउपर छलफल भयो । छलफलको दौरान प्राप्त सुझावलाई सामेल गर्ने गरी परिर्माजनसहित पारित भएको थियो । साङ्गठनिक प्रतिवेदनमा समता समाजको साङ्गठनिक अवस्था, दलित आन्दोलनभित्र देखा परेका विभिन्न प्रवृत्ति, समता समाजले एकल तथा सयुक्त रूपमा जातीय विभेदका विरुद्ध गरेका सङ्घर्ष, दलितमाथि भइरहेका अन्याय, अत्याचार तथा आगामी दिनमा सङ्गठनले गर्नुपर्ने कार्यका बारेमा उल्लेख गरिएको छ ।
४. कोषाध्यक्ष रेकम सुनारले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफलसहित हाउसले पारित गरेको थियो ।
५. महासचिव भक्त विकले प्रस्तुत गर्नुभएको आगामी कार्यक्रममाथि छलफल भयो । हाउसले निम्नलिखित आगामी कार्यक्रम तय गरेको छ ।
१. साउन महिनाभरि जिल्लाका बैठक गर्ने ।
२. भदौ महिनामा सङ्गठन निर्माण गर्ने र प्रादेशिक भेला गर्ने ।
३. असोज २४ गते बुटवलमा समता सांस्कृतिक भेला गर्ने ।
४. मङ्सिर महिनाभरि प्रादेशिक तथा जिल्लास्तरका राजनीतिक, वैचारिक तथा साङ्गठनिक प्रशिक्षण सञ्चालन गर्ने ।
५. पुस महिनामा दलितका लागि बेग्लै निर्वाचन क्षेत्रको निर्धारण गर्नेबारे काठमाडौँसहित प्रादेशिक राजधानीमा विभिन्न राजनीतिक दल, दलित सङ्गठन, जनसङ्ख्याविद्, निर्वाचन आयोग, संविधानविद् सम्मिलित विचारगोष्ठी गर्ने ।
६. माघ २० देखि फागुन १९ सम्म एकमहिने सदस्यता अभियान सञ्चालन गर्ने ।
७. नयाँ समितिको निर्वाचनका लागि भेलामा एक स्थान पछि पूर्ति गर्ने गरी १९ पूर्ण, तीन वैकल्पिक र पाँच सल्लाहकार गरी प्यानल प्रस्तुत भएको थियो । अध्यक्षमण्डलले प्रस्तुत उम्मेदवारको सूचीमा कुनै दाबीविरोध नपरेका कारण प्यानल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । निर्विरोध निर्वाचित प्यानलमा १. राजेश विक (रुपन्देही), २. भक्तबहादुर विक (काठमाडौँ), ३. अइन्द्र विक (प्युठान), ४. रेकम सुनार (प्युठान), ५. सूर्य नेपाली (प्युठान), ६. कृष्णा बराइली (रुपन्देही), ७. विष्णु सुनार (कास्की), ८. हीरा विक (सुर्ख्रेत), ९. चन्द्रदेव विक (डडेलधुरा), १०. नरबहादुर सुनार (बागलुङ), ११. विनोद विक (प्युठान), १२. रामबहादुर विक (कपिलवस्तु), १३. विष्णुकली दर्जी (बागलुङ), १४. कृष्ण सुनार क (अर्घाखाँची), १५. कृष्ण सुनार ख (अर्घाखाँची, १६. लक्ष्मी विक (नवलपुर) १७. खगेश्वर सुनार (प्युठान), १८. टिकासङ्गम विक (बागलुङ) । वैकल्पिक सदस्यमा सूर्यलाल नेपाली (दाङ), कृष्ण विक (गुल्मी), खड्क विक (बागलुङ) । सल्लाहकारमा दिलबहादुर विक (कपिलवस्तु), छवि विक (म्याग्दी), लालबहादुर नेपाली (सुर्खेत) र दुइ स्थान रिक्त छ ।
८. निर्वाचित प्यानलको पहिलो बैठक बस्यो र बैठकले निम्नअनुसार पदविभाजन गरेको छ : अध्यक्ष राजेश विक (रुपन्देही), उपाध्यक्ष अइन्द्र विक (प्युठान), उपाध्यक्ष लक्ष्मी विक (नवलपुर), महासचिव खगेश्वर सुनार (प्युठान), सचिव टिकासङ्गम विक (बागलुङ), कोषाध्यक्ष रेकम सुनार (प्युठान), नरबहादुर सुनार (बागलुङ), सूर्य नेपाली (प्युठान), कृष्णा बराइली (रुपन्देही), विष्णु सुनार (कास्की), हीरा विक (सुर्खेत), चन्द्रदेव विक (डडेलधुरा), विनोद विक (प्युठान), रामबहादुर विक (कपिलवस्तु), विष्णुकली दर्जी (बागलुङ), कृष्ण सुनार क (अर्घाखाँची), कृष्ण सुनार ख (अर्घाखाँची), एक स्थान रिक्त राखिएको छ । वैकल्पिक सदस्य सूर्यलाल नेपाली (दाङ), कृष्ण विक (गुल्मी), खड्क विक (बागलुङ) । सल्लाहकार दिलबहादुर विक (कपिलवस्तु), छवि विक (म्याग्दी), लालबहादुर नेपाली (सुर्खेत) र दुई स्थान रिक्त ।
९. भेलाले १५ बुँदे समसामयिक विषेश प्रस्ताव पारित गरेको छ, जुन यसै वक्तव्यसँग संलग्न गरीी प्रेषित गरेका छौँ ।
१०. अध्यक्षमण्डलको अध्यक्षले मन्तव्यसहित भेला समापन भएको घोषणा गर्नुभएको थियो ।
दशौँ राष्ट्रिय भेलामा प्रस्तुत समसामयिक विशेष प्रस्ताव
१. दलित जातिका लागि बेग्लै निर्वाचन क्षेत्रको निर्धारण गरिनुपर्दछ । दलितका लागि बेग्लै छुट्याइएको निर्वाचन क्षेत्रमा दलित मात्रै उम्मेद्वार हुन पाउने व्यवस्था गरिनुपर्दछ ।
२. नेपालको संविधानद्वारा प्रदत्त दलितका मौलिक हकअधिकारसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न तुरुन्तै कानुनी व्यवस्था गरिनुपर्दछ ।
३. वार्षिक बजेटमा दलितलक्षित कार्यक्रमलाई विशेष महत्त्व दिइनुपर्दछ । नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत निश्चित प्रतिशत दलित युवालक्षित बनाइनुपर्दछ ।
४. देशका विभिन्न जिल्लामा दलितमाथि सार्वजनिक स्थल उपभोग गरेको वा प्रवेश गरेको, अन्तरजातीय विवाह गरेको वा भान्सा छोएको निहुँमा हत्या गर्ने, कुटपिट गर्ने, यातना दिने वा विवाहित जोडीलाई अलग गर्ने, राज्य संयन्त्रको दुरुपयोग गर्नेजस्ता सबै खाले विभेदकारी व्यवहारको यो भेलाले भर्त्सना गर्दछ । सामाजिक अपराध, हत्या, कुटपिटमा संलग्न दोषीलाई कारबाही गरिनुपर्दछ ।
५. सोती घटनाका दोषीलाई जातीय छुवाछुतसम्बन्धी मुद्दामा कर्णाली उच्च अदालत सुर्खेतले दिएको सफाइको यो भेलाले विरोध गर्दछ ।
६. भूमिहीन दलितलाई एकपटकका लागि तुरुन्तै भूमि तथा आवासको व्यावस्था गरिनुपर्दछ ।
७. गणतन्त्रको रक्षा गरिनुपर्दछ ।
८. विभिन्न खाले प्रतिगामी क्रियाकलाप तथा षड्यन्त्र विरुद्ध सङ्घर्ष गरिनुपर्दछ ।
९. कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्दछ ।
१०. भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनुपर्दछ ।
११. एमसिसी खारेज हुनुपर्दछ ।
१२. नेपालमा बढ्दो वैदेशिक हस्तक्षेप बन्द हुनुपर्दछ ।
१३. भ्रष्टाचारको अन्त हुनुपर्दछ । भ्रष्टाचारीमाथि कारबाही गरिनुपर्दछ ।
१४. बढ्दो महङ्गी तथा कालाबजारी नियन्त्रण गरिनुपर्दछ ।
१५. संविधानको धारा १६ अनुसार आत्मसम्मानका साथ बाच्न पाउनुपर्ने अधिकारको कार्यान्यवनमा जोड दिन्छौँ ।”





