खलङ्गा । अखिल (छैठौं) प्युठानले ‘देश कि विदेश’ अभियान सञ्चालन गर्ने भएको छ ।
Advertisement
२०८२ जेठ २४ गते बसेको अखिल (छैठौं) प्युठानको बैठकले सो निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष वसन्तराज गोराथोकीले दिनुभएको जानकारीअनुसार आगामी असार १ गतेदेखि १५ गतेसम्म प्युठान जिल्लाभरिका स्कुलमा सो अभियान सञ्चालन गरिनेछ ।
त्यस्तै, बैठकले आगामी साउन १६, १७ र १८ गते जिल्लास्तरीय सैद्धान्तिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम गर्ने योजना बनाएको जानकारी प्राप्त भएको छ ।