• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

३१ वर्ष सरकारी जागिर खाँदै पत्रकार बनेर धम्क्याएको आरोप, १ करोड १५ लाख बिगोसहित मुद्दा


  •   शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । कान्तिपुर दैनिकका पत्रकार टिकाप्रसाद भट्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    Advertisement

    रामेछापको मन्थली नगर विकास समितिमा अस्थाई नायब सुब्बा पदमा कार्यरत भट्टविरुद्ध ‘आफूलाई कान्तिपुर राष्ट्रिय दैनिकको पत्रकार हुँ भनी सबै कार्यालयका कर्मचारीलाई धम्क्याउने र रकम असुल गरि भ्रष्टाचार गरेको’ आरोपमा अख्तियारले शुक्रबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

    अख्तियारका अनुसार मन्थली नगर विकास समिति, रामेछापमा हाल नायब सुब्बा पदमा कार्यरत भट्टले मन्थली नगर विकास समितिमा २०४९ साउन १ मा अस्थायी खरिदार पदमा ६ (छ) महिनाको लागि शुरू नियुक्ति लिएकोमा नगर विकास समितिका पदाधिकारी समेतले २०४९ कात्तिक १ मा अनिश्चितकालीन म्याद थप गरे÷गराएको देखिन्छ।

    २०७० माघ १ मा अस्थायी खरिदार पदबाट नायब सुब्बा पदमा बढुवा लिनुका साथै अस्थायी कर्मचारीले स्थायी कर्मचारी सरह गैरकानूनी तवरबाट ग्रेड सुविधा लिएको, अनिश्चितकालीन म्याद थप साथै बढुवा समेत भएको अख्तियारको आरोप छ।

    साथै, भट्टले बढुवा प्राप्त गर्न दिएको निवेदन, निजको शैक्षिक योग्यता र कार्य सम्पादनको स्तरलाई हेरि बढुवा गर्ने राय पेश गरेकोमा बढुवाको निम्ति खटिएको कार्यदलले सोको कुनै प्रक्रिया पूरा गरेको देखिँदैन र निज टिका प्रसाद भट्टको नायब सुब्बा पदमा बढुवा हुने योग्यता पुगेको देखिँदैन। मन्थली नगर विकास समितिका कर्मचारी भट्ट विसं २०५३ सालदेखि कान्तिपुर पब्लिकेशन लिमिटेडको विभिन्न पदमा कार्यरत रही काम गर्दै २०६७ कात्तिक १ मा कान्तिपुर दैनिकको पूर्णकालीन स्थायी कर्मचारीको नियुक्ति लिई उक्त पब्लिकेशनबाट नियमित पारिश्रमिक तथा तलब सुविधा प्राप्त गरेको देखिन्छ।

    भट्टले मन्थली नगर विकास समिति तथा कान्तिपुर पब्लिकेशन साथै एकै समयमा कार्यालयमा हाजिरी रही रामेछाप जिल्ला स्थितका अन्य कार्यालयहरू र सिन्धुली जिल्ला स्थितका कार्यालयबाट राष्ट्रसेवक कर्मचारीको आफ्नो परिचय लुकाई/गोप्य राखी कान्तिपुर दैनिकको पत्रकारको हैसियतमा विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा लेखा प्रमुखहरूलाई समेत प्रभाव, दबावमा पारी पत्रकारको हैसियतमा उक्त कार्यालयहरूबाट काज÷भ्रमण तथा बैठकमा खटिई भत्ता बापतको रकम समेत लिई गैरकानूनी लाभ प्राप्त गरेको अख्तियारको आरोप छ।

    सोही समयमा मन्थली बचत तथा ऋण सहकारी संस्था लि मन्थली, रामेछापको सञ्चालक समिति (कोषाध्यक्ष) को रूपमा कार्यरत रही उक्त बैठकमा समेत उपस्थित भई गैरकानूनी लाभ लिएको देखिन्छ।
    यसैगरी मिडाड नेपाल नामक विज्ञापन एजेन्सिको साईट मेनेजर र स्थानीय प्रतिनिधिको रुपमा आफू कार्यरत कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापबाट विज्ञापन प्रकाशन गरी आफैंले कमिशन बापतको रकम समेत लिएको देखिन्छ।

    मिडाड नेपालको स्थानीय प्रतिनिधी तथा पत्रकारको हैसियतमा जिल्ला स्थित कार्यालयहरूका तत्कालीन कार्यालय प्रमुख र लेखा प्रमुखहरूलाई अनुचित प्रभावमा पारी उक्त कार्यालयहरूबाट सूचना प्रकाशन गरी मिडाड नेपाल मार्फत कमिशन लिएको, सिटिजन्स लाईफ ईन्स्योरेन्स लि। को एजेन्टको रुपमा समेत कार्य गरी भत्ता तथा अन्य सुविधा समेत लिएको अख्तियारको भनाई छ।

    राष्ट्रसेवक कर्मचारी टिका प्रसाद भट्टले व्यवसाय गर्नु, सहकारीको सञ्चालक भई काम गरेर सुविधा लिनु, आफ्नो वास्तविक परिचय लुकाई पत्रकारको रूपमा विभिन्न कार्यालयहरू लाई दबावरप्रभावमा पारी भ्रमण भत्ता तथा बैठक भत्ता लिनु र मिडाड नेपाल नामक विज्ञापन एजेन्सीमार्फत सूचना प्रकाशित गरे वापत कमिशन लिई सम्बन्धित सार्वजनिक संस्थामा दाखिला नगर्नु, विज्ञापन एजेन्सिको प्रतिनिधीको रुपमा कमिशन लिई काम गर्नु, सिटिजन्स लाईफ ईन्स्योरेन्स कम्पनीको एजेन्टको रूपमा काम गरी रकम भुक्तानी समेत लिएको देखिन्छ।

    साथै, सघन सहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन कार्यालय प्रमुखहरु अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्ले, लेखा प्रमुखहरु यमलाल बेलवासे र सुरेश प्रसाद दाहालले टिका प्रसाद भट्टसँगको मिलोमतो तथा योजनामा गैरकानूनी तवरबाट आफ्नै कार्यालयबाट दोहोरो भत्ता दिएको, आफ्नो कार्यालयको राष्ट्रसेवक कर्मचारीले आफ्नो वास्तविक परिचय लुकाई एकै समयमा गैरकानूनी रूपमा कान्तिपुर पब्लिकेशन लिमा स्थायी नियुक्ति लिएर काम गरी तलब भत्ता तथा पारिश्रमक बापत सेवा सुबिधा लिएको, मन्थली बचत तथा ऋण सहकारी संस्था लि मन्थलीको संस्थापक सदस्य र सञ्चालक समितिमा रही काम गरी परिश्रमिक बापत भत्ता तथा सुविधा लिएको, मिडाड नेपाल नामक विज्ञापन एजेन्सीको स्थानीय प्रतिनिधीरसाईट म्यानेजर भई कमिशन रकम लिएको, सिटिजन्स लाईफ ईन्स्युरेन्स लि।को बिमा अभिकर्ताको रूपमा काम गरी कमिशन लिएको, आफू कर्मचारी भन्ने वास्तविक परिचय लुकाई कान्तिपुर दैनिकको पत्रकारको हैसियतले एकै समयमा विभिन्न कार्यालयहरूबाट दोहोरो हुने गरी भ्रमणरकाज खटिई भ्रमण भत्ता तथा बैठक भत्ता बापतको रकम बुझि लिँदा समेत उक्त विषयमा आवश्यक कारवाही गरेको नदेखिएको अख्तियारको आरोप छ।

    प्रतिवादी टिका प्रसाद भट्टले अन्य प्रतिवादीहरुसँगको मिलोमतोमा आर्थिक वर्ष २०४९।०५० देखि आ.व. २०८०।०८१ सम्म कार्यालयगत रूपमा तालिका नं. १ बमोजिमको जम्मा १ करोड १५ लाख ४ हजार १११ रूपैँया गैरकानूनी लाभ प्राप्त गर्ने गराउने कार्य गरेको, गैरकानूनी तवरले कमिसन लिएको, गैरकानूनी व्यापार व्यवसाय गरेको र सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार गरेको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

    शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.