• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मसालमा प्रवेश गर्दा कमलराज रेग्मीले लेखेको निवेदनमा के छ ?


  •   शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । हाल नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री रहनुभएका मोहनविक्रम सिंहले कुनै बेला नेकपाको पार्टीसदस्यताका लागि कमलराज रेग्मीलाई निवेदन दिनुभएको थियो । पछिल्लो समयमा रेग्मी कम्युनिस्ट आन्दोलनबाट विचलित पनि हुनुभयो तर २०७२ सालमा आफ्ना गल्तीप्रति आत्मआलोचना गर्दै मसालमा फर्किनुभयो । रेग्मीको २०७४ चैत २२ गते निधन भइसकेको छ ।

    Advertisement

    मसालका महामन्त्रीको नाममा लेखिएको सो निवेदनमा के छ ? मसालको केन्द्रीय कार्यालय स्रोतबाट २०८२ जेठ २३ गते शुक्रबार युगदर्शनले सो पत्र प्राप्त गरेको छ । पाठकको जानकारीका लागि सो पत्र यहाँ जस्ताको तस्तै दिइएको छ ।

    क. महामन्त्री

    नेकपा (मसाल), केन्द्रीय कार्यालय

    विषय : आत्मालोचनासहित पार्टीप्रवेश ।

    म कम्युनिस्ट पार्टीको निर्माणकालदेखि नै कम्युनिस्ट आन्दोलनमा लागेको व्यक्ति हुँ । पार्टी र क्रान्तिको दौरानमा लगातार ४ वर्ष र पटक पटक गरी लगभग ८ वर्ष जेलमा बिताउनुपऱ्यो । जेलमा रहँदा मेरो स्वास्थ्य अत्यन्त खराब भयो । त्यो समयमा पार्टीमा फुट पनि पैदा भयो । पारिवारिक स्थिति अत्यन्त नाजुक र जटिल स्थितिमा पुऱ्याइदियो । त्यो स्थितिमा पार्टीमा रहेका केही नेतृत्वपङ्क्तिका साथीहरूले पनि जेलबाट निस्कनका लागि सम्झौतापरस्त नीति अपनाउन प्रेरित गरे । यो परिस्थिति रहेता पनि कम्युनिस्ट पार्टी र यसको नीतिमा अडिग रहनुपर्दथ्यो । त्यसमा म अडिग रहन सकिनँ । यसको लागि म नै जिम्मेवार छु ।

    मैले यो समयमा यो पनि स्पष्ट गर्न जरुरी ठान्दछु कि राजा र पञ्चायती व्यवस्थाको नीतिमा लाग्दा कम्युनिस्ट पार्टी विरुद्ध कहिल्यै अहितमा लागिनँ । त्यस बेलाको अवस्थामा पनि कम्युनिस्ट पार्टीले देशमा सही भूमिकाको आकाङ्क्षा मेरो रहँदै आएको थियो ।

    आज पनि राष्ट्र र जनताको मुक्ति (सर्वहारा, मजदुर, किसान) कम्युनिस्ट पार्टीले नै गर्दछ भन्ने कुरामा मेरो पूर्ण विश्वास छ । आज देशमा रहेका कम्युनिस्ट पार्टीका नाम रहेका पार्टीहरू कम्युनिस्टको मूल सिद्धान्तबाट विचलित भई अवसरवादी बाटो समातेका छन् । यसले देशको राष्ट्रियता र जनतालाई पनि नोक्सान पुऱ्याएको छ भने कम्युनिस्ट आन्दोलनलाई ठुलो क्षति पुग्न गएको छ । यो अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले कम्युनिस्ट सिद्धान्तको रक्षा र यो पार्टीले राष्ट्रमा खेलेको राजनैतिक भूमिकाले देश र जनताको मुक्ति हुनेछ भन्ने विश्वास लागेकाले मेरो गत कालमा रहेको गल्तीकमजोरीको आत्मालोचना गर्दै यस पार्टीमार्फत् जीवनको अन्तिम घडीमा कम्युनिस्ट आन्दोलनमा प्रवेश गर्न चाहन्छु ।

    यस पार्टीमार्फत् मैले खेल्नुपर्ने भूमिकाका लागि पार्टीको विधान र अनुशासनमा रहेर पार्टीले दिने भूमिकालाई पनि निर्वाह गर्नेछु ।

    मिति २०७२ साल भाद्र ९ गते

    कमलराज रेग्मी

    शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.