दाङ । जातीय समता समाज दाङको अध्यक्षमा सुर्यलाल नेपाली चयन हुनु भएको छ ।
जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिबसको सन्दर्भ पारेर २०८२ जेठ २१ गते बुधबार आयोजना गरिएको भेलाले नेपालीको
अध्यक्षतामा १३ पूर्ण चार वैकल्पिक र तीन सल्लाहकारसहित २० जनाको समिति निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा हरिप्रसाद सुनार, सचिवमा बलदेव विक, सहसचिवमा कर्ण नेपाली र कोषाध्यक्षमा पोषण नेपाली रहनुभएको छ ।
सदस्यहरूमा लालबहादुर विक, राजकुमार विक, प्रेम विक, यादव विक, खिमा दमाई, सुशीला नेपाली, शान्ति सुनार, छवि विक, वैकल्पिक सदस्यमा दुई स्थान रिक्तसहित सूर्य नेपाली र नरबहादुर मिजार तथा सल्लाहकारमा देवबहादुर विक, जुद्ध नेपाली र तेजबहादुर विक चयन हुनुभएको छ ।
कार्यवाहक अध्यक्ष सूर्यलाल नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन समाजका केन्द्रीय कोषाध्यक्ष रेकम सुनारले गर्नुभएको थियो ।

भेलामा शुभकामना मन्तव्य दिनेहरूमा प्रमुख अतिथिसँगै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका पूर्ब केन्द्रीय सदस्य रामबहादुर घर्तीमगर, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य मनिराम खनाल, अखिल नेपाल युवक सङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य दीपक केसी, रक्तिम सांस्कृतिक अभियान घोराहीका नगर अध्यक्ष उत्सव पुन, अखिल नेपाल महिला सङ्घ घोराही नगर सदस्य हेमा पोख्रेल हुनुहुन्थ्यो ।
भेलामा समताका पूर्व जिल्ला अध्यक्षहरू चन्द्रबहादुर नेपाली, काशिराम नेपाली, टिका विक, जुद्धबहादुर नेपाली र देवबहादुर विकलाई खादा र सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानितमध्येबाट चन्द्रबहादुर नेपाली, देबबहादुर विक र जुद्धबहादुर नेपालीले मन्तव्य राख्नुभएको थियो ।
समताका जिल्ला सहसचिब पोषण नेपालीको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रमको सञ्चालन सचिव बलदेव विकले गर्नुभएको थियो ।