• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

२०१७ र २०५९ सालका प्रतिगमन पुनरावृत्ति नहुने सोचाइ अदूरदर्शितापूर्ण : मसाल


  •   सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले दशमा प्रतिगामी खतरालाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकतामा जोड दिँदै २०१७ साल र २०५९ सालका प्रतिगमनको पुनरावृत्ति नहुने सोचाइलाई अदूरदर्शितापूर्ण बताएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ जेठ १९ गते जारी प्रेसवक्तव्यमार्फत पार्टीले सो धारणा व्यक्त गरेको हो ।

    नेपालको इतिहासले राजतन्त्रको पटक पटकको प्रतिगमनको सट्टा जनताले झन् अग्रगामी दिशा लिएको सन्दर्भ उल्लेख गर्दै पार्टीले सत्तारूढ राजनीतिक दलको कुशासनले गर्दा यस खालको खतरालाई गम्भीर रूपमा लिनुपर्ने धारणा मसालको छ ।

    तात्कालिक राजनीतिमा देखा परेको प्रतिगामी खतराका विरुद्ध सत्तापक्ष वा प्रतिपक्ष नभनीकन एकजुट हुनुपर्ने आवश्यकतामाथि मसालले जोड दिएको छ ।

    त्यसका साथै पार्टीले प्रतिगमनलाई सधैँका लागि अन्त गर्नका लागि योभन्दा अझ उच्चस्तरको व्यवस्था अर्थात् नयाँ जनवाद र समाजवादको पक्षमा आधार तयार पार्नुपर्ने आवश्यकतामा समेत जोड दिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध राजावादीले चलाउँदै लगिरहेको गतिविधिलाई नेकपा (मसाल) ले गम्भीर रूपमा लिन्छ र त्यसप्रति चिन्ता प्रकट गर्दछ ।

    नेपाली जनताले सबै प्रकारको निरङ्कुश शासन, प्रतिगमन वा राजतन्त्रका विरुद्ध लखन थापा, खड्गमान सिंह बस्नेत, प्रजापरिषद्समेतका समयदेखि गर्दै आएको लामो र गौरवपूर्ण इतिहास रहेको छ । त्यो क्रममा नेपाली जनताले लामो त्याग र बलिदान गरेका छन् । ठुलो सङ्ख्यामा देशभक्त नेपाली सहिद भएका छन्; जेल गएका छन् वा भूमिगत भएर काम गरेका छन् । दशकौँसम्म लाखौँ लाखौँ जनता सडकमा उत्रेका छन् । त्यसका तुलनामा राजावादीको केही दिनको वा केही हजार मानिसको आन्दोलन केही दिनको जुलुस प्रदर्शन गौण र नगण्य महत्त्वको कुरा हो ।

    अहिले राजावादीले राजतन्त्र पुनर्स्थापनाका लागि जुन सङ्घर्ष गरिरहेका छन्, त्यो अस्वाभाविक भने अवश्य होइन । विश्वको इतिहासमा त्यस्तो बारम्बार हुने गरेको छ र नेपालमा पनि हुने गरेको छ । सत्ताबाट पदच्यूत भएका शासक वर्गले आफ्नो सत्ता गुमेपछि त्यसको पुनर्स्थापनाका लागि प्रयत्न गर्ने गर्दछन् ।

    २००७ सालमा राणाशासनको अन्त्य भएपछि राणाले गोरखा दल बनाएर राणाशासनको पुनर्स्थापनाका लागि अभियान चलाएका थिए र त्यस सिलसिलामा त्रिपुरेश्वरस्थित तत्कालीन गृहमन्त्री विश्वेश्वर कोइरालाको निवासस्थानमा हमला गरेर उनीमाथि खुकुरीले प्रहार गर्ने प्रयत्न पनि गरेका थिए । २०१७ सालमा तात्कालीन राजा महेन्द्रले बहुदलीय व्यवस्था समाप्त गरेर निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको स्थापना गरेका थिए । २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले संसदीय प्रणालीलाई समाप्त गरेर निरङ्कुश शासन कायम गरेका थिए तर इतिहास साक्षी छ, नेपालको इतिहासमा प्रतिक्रियावादी शक्तिका त्यस प्रकारका प्रयत्नलाई जनताले सधैँ पराजित गर्दै आएका छन् र आन्दोलनलाई अरू उच्च स्तरमा माथि उठाउदैँ लगेका छन् । उदाहरणका लागि ज्ञानेन्द्रले वैधानिक राजतन्त्रलाई समाप्त गरेर निरङ्कुश शासन कायम गरेका थिए तर त्यसका विरुद्धको आन्दोलनले राजतन्त्रलाई नै समाप्त गरेर देशमा गणतन्त्रको स्थापना भएको थियो । त्यही प्रकारले प्रतिक्रियावादी शक्तिले अहिले पनि देशको इतिहासलाई प्रतिगमनतिर लैजान प्रयत्न गर्न थालेका छन् । हामीलाई विश्वास छ, पहिलेझैँ अहिले पनि उनीहरूको प्रयत्न असफल हुनेछ र त्यसमा अरू उच्च प्रकारको विस्फोट हुनेछ ।

    नेपालको इतिहासको एउटा गौरवमय पक्ष यो रहेको छ कि देशमा जब जब प्रतिक्रियावादी शक्ति सक्रिय हुन्छन्, त्यो अवस्थामा प्रतिगमनका विरुद्ध भएका शक्तिहरू आपसमा भएका मतभेदका बाबजुद एकताबद्ध भएर सङ्घर्षमा उत्रने गरेका छन् । २०४६ साल, २०६१ साल, २०६२ साल वा पाँचदलीय गठबन्धनका बेलाका त्यस प्रकारका उदाहरण उल्लेखनीय छन् र ती सबैका सफल र महत्त्वपूर्ण उपलब्धि भएका छन् । अहिलेको स्थितिमा पनि प्रतिगमनका विरुद्ध त्यस प्रकारको ऐक्यबद्धतामा हाम्रो पार्टीले जोड दिन्छ ।

    नेपालको राजनीतिक इतिहासले बताउँछ, राणाशासन, पञ्चायती शासन, प्रतिगमन वा राजतन्त्रका विरुद्धका सङ्घर्षका बेग्लाबेग्लै कालखण्डमा खालि राजनीतिक पार्टी मात्र होइन, बेल्लाबेग्लै जनसमूह पनि एकताबद्ध भएर प्रतिगमनका विरुद्ध अगाडि आउने गरेका छन् । त्यो क्रममा मजदुर, किसान, बुद्धिजीवी, डाक्टर, नर्स, पत्रकार, व्यापारी, उद्योगपति, शिक्षक, प्राध्यापक, युवक, विद्यार्थी, प्रवासी नेपाली आदि विभिन्न जनसमूह प्रतिगमनका विरुद्ध मैदानमा उत्रने गरेका छन् । त्यस प्रकारको सम्मिलित जनशक्तिका कारणले नै नेपालको इतिहासमा प्रतिगमन बारम्बार पराजित हुने गरेको छ र अहिले पनि राजतन्त्रको पुर्नस्थापना वा धर्मनिरपेक्षतालाई समाप्त गर्ने उनीहरूका सपना सफल हुन पाउने छैनन् भन्ने कुरामा पूरा विश्वास गर्न सकिन्छ । विश्वको र नेपालको इतिहासले पनि इतिहासको गति अग्रगामी दिशामा नै बढ्दै जान्छ र त्यो प्रतिगमनतिर फर्कन्न भन्ने कुरालाई बारम्बार प्रमाणित गर्दै आएको छ ।

    यस कुराप्रति पनि अहिले हाम्रो ध्यान गएको छ कि अहिले प्रतिगामी शक्तिले नयाँ प्रकारले आफ्नो गतिविधि बढाउँदै लगिरहेको अवस्थामा प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्ति आपसमा एकताबद्ध हुनुको सट्टा उनीहरू परस्परको अन्तरकलहमा नै बढी लागेको देखिन्छ ।

    आज देशमा प्रतिगामी गतिविधि बढिरहेको अवस्थामा सत्ता वा प्रतिपक्षमा भएका वामपन्थी वा प्रजातान्त्रिक राजनीतिक शक्तिले प्रतिगमनका विरुद्ध एकताबद्ध भएर त्यसका विरुद्ध सङ्घर्ष गर्नु राष्ट्रिय आवश्यकता भएको छ तर त्यसको विपरीत उनीहरू आपसका विभिन्न प्रकारका अन्तरकलहमा नै बढी लागेको देखिन्छ । त्यसबाट स्वयम् आफ्नो खास शक्ति वा जनाधार नभएको भए पनि प्रतिगामी शक्तिलाई बल प्राप्त हुने गरेको छ । त्यस्तो हुन नदिन हामीले प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिका बिचमा व्यापक ऐक्यबद्धताको आवश्यकतामा जोड दिन्छौँ ।

    यो कुराप्रति पनि हाम्रो ध्यान छ कि २००७ सालको राजनीतिक परिवर्तन, २०४६ सालको जनआन्दोलन वा गणतन्त्रको स्थापनापछि पनि सत्तामा आएका राजनीतिक शक्तिका गलत नीति वा क्रियाकलापका कारणले जनतामा व्यापक असन्तोष र निराशा देखा पर्ने गरेको छ । त्यस सन्दर्भमा हामीले यो कुराको पनि चर्चा नगरीकन रहन सक्दैनौँ कि देशमा विभिन्न समयमा सत्तामा गएका वामपन्थी शक्तिको भूमिका पनि कृषि, उद्योग वा जनजीवनसित सम्बन्धित प्रश्नमा समाजवादोन्मुख प्रकारको हुनुभन्दा पुँजीवादी वा यथास्थितिवादी नै रहने गरेका छन् । त्यसको परिणाम यो भएको छ कि कम्युनिस्टको चरित्रमा पनि अवमूल्यन हुँदै गएको र त्यसले गर्दा उनीहरूमाथिको जनविश्वास पनि कम हुँदै गएको छ । त्यसबाट जनतामा असन्तोष र निराशा बढ्ने गरेको छ । त्यो कारणले प्रतिगामी शक्तिलाई बल पुग्ने गरेको वास्तविकतालाई पनि हामीले स्वीकार गर्नुपर्दछ । त्यो अवस्थामा हामीले एकातिर, वामपन्थी शक्तिको चरित्र वा कार्यप्रणालीमा क्रान्तिकारी प्रकारको रूपान्तरणमा जोड दिनुपर्छ भने अर्कातिर देशमा विभिन्न वामपन्थी वा प्रजातान्त्रिक शक्तिले सरकारमा गएपछि गरेका गलत नीति र क्रियाकलापका विरुद्ध पनि जनतालाई जागृत, सङ्गठित र आन्दोलित गर्दै जानुपर्दछ । त्यसरी नै हामीले देशलाई प्रतिगमनको दिशामा लैजाने सबै प्रयत्नलाई असफल पार्दै देशलाई अग्रगमनको दिशामा लैजान सक्नेछौँ ।

    यो यथार्थतातिर पनि हामीले ध्यान नदिईकन रहन सक्दैनौँ कि विभिन्न वामपन्थी वा प्रजातान्त्रिक शक्तिका बिचमा आपसमा कैयौँ सैद्धान्तिक वा राजनीतिक मतभेद हुन्छन् र त्यसले गर्दा उनीहरूका बिचमा कैयौँ सङ्घर्ष पनि चल्ने गर्दछन् । त्यस प्रकारको सङ्घर्षलाई हामीले पूरै गलत बताउन वा निषेध गर्न पनि सक्दैनौँ । त्यसका बाबजुद प्रथम, जब जब पनि प्रतिगमनको खतरा अगाडि आउँछ, आपसका त्यस प्रकारका मतभेदका बाबजुद हामीले आपसमा एकताबद्ध हुने नीति अपनाउनुपर्दछ; द्वितीय– सत्ता वा विपक्षमा भएको बेलामा हामीले आपसमा जति सङ्घर्ष गरे पनि देश र जनताको हितका पक्षमा हामी सधैँ इमानदार र प्रतिबद्ध रहनुपर्दछ ।

    वामपन्थी शक्तिका अगाडि देशलाई नयाँ जनवाद वा समाजवादतिर लैजाने ऐतिहासिक जिम्मेवारी छन् तर त्यसका साथै नेपालमा प्रजातान्त्रिक आन्दोलन पनि अझै अधुरो रहेको छ र गणतन्त्रका अगाडि पनि कैयौँ खतरा रहेका छन् । त्यो अवस्थामा प्रजातान्त्रिक आन्दोलनलाई पूर्णता दिन वा गणतन्त्रको रक्षा गर्ने कार्यमा पनि सबै वामपन्थी शक्तिहरू अग्रगामी मोर्चामा आउनुपर्ने आवश्यकता हुन्छ । त्यसका साथै देशमा प्रजातान्त्रिक आन्दोलनलाई सफल पार्ने तथा देशलाई पुनः प्रतिगमनको दिशामा लैजाने प्रयत्न पनि लगातार चल्दै आएका छन् । त्यस सन्दर्भमा यो वास्तविकताप्रति पनि हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यकता छ कि २०१७ साल वा २०५९ सालका प्रतिगामी प्रक्रिया अब इतिहासका विषय भइसके र तिनीहरूको पुनरावृत्ति हुनेछैन भनेर सोच्नु राजनीतिक अदूरदर्शिता हुनेछ । त्यस प्रकारको पृष्ठभूमिमा, आज सबै वामपन्थी शक्तिका अगाडि नयाँ जनवाद वा समाजवादका लागि परिस्थिति तयार पार्नका लागि अधिकतम प्रयत्न गर्नुका साथै प्रजातान्त्रिक आन्दोलनको सफलतामा बढीभन्दा बढी योगदान दिनु र त्यसलाई प्रतिगामी दिशामा लैजाने प्रयत्नका विरुद्ध पनि सम्झौताहीन प्रकारले सङ्घर्ष गर्नु हाम्रो जिम्मेवारी हुन जान्छ ।

    हामीले यी बेग्लाबेग्लै प्रकारका जिम्मेवारीको बिचमा सन्तुलन कायम गर्दै आफ्नो आगामी राजनीतिक दिशा र नीति निर्धारित गर्ने प्रयत्न गर्नुपर्दछ ।”

    सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.