• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

कोरोना भाइरसबाट विश्वमा ६५ लाख भन्दा बढी संक्रमित, ३ लाख ८८ हजारको मृत्यु


  •   बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

    Advertisement

    नेपाली समयानुसार बिहीबार बिहानसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३१ लाख ७० हजार ५३२ जना निको भएका छन्। हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख १४ हजार ९९४ व्यक्ति उपचाररत रहेका छन् ।

    संक्रमितहरुमा ५४ हजार २०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ ।

    डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख १ हजार ७८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ९ हजार १४२ व्यक्तिको मृत्यु भएको छ ।

    दक्षिणमा अमेरिकामा ९ लाख ८६ हजार ९५३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४४ हजार ३१९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ५१ हजार ९३८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख २९ हजार ९६३ जनाको मृत्यु भएको छ ।

    युरोपमा २० लाख २८ हजार २४१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७६ हजार ४४६ को मृत्यु भएको छ । एसियामा १२ लाख ३१ हजार ८५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३२ हजार ५४७ जनाको मृत्यु भएको छ।

    अफ्रिकामा १ लाख ६४ हजार ९८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ६२७ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ ।

    भारतमा एकैदिन ९ हजार भन्दा बढी संक्रमित
    भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

    बिहीबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ३०४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

    योसँगै देशभरी अहिलेसम्म संक्रमितको संख्या २ लाख १६ हजार ९१९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ७५ जनाको मृत्यु भइसकेको छ ।

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार देशभरी अहिले पनि १ लाख ६ हजार ७३७ जना सङ्क्रमित अवस्था मै रहेका छन् । त्यसैगरी १ लाख ४ हजार १०७ जना संक्रमण मुक्त भएर घर फर्किसकेको स्वास्थ्य अधिकारीहरुले बिहीबार बताएका छन् ।

    मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म सवैभन्दा धेरै संक्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । महाराष्ट्रमा मात्रै ७४ हजार ८६० जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा २५ हजार ८७२ जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । दिल्लीमा २३ हजार ६४५ जना संक्रमित रहेका छन् ।

    भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले संक्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन् । (रासस/एएफपी)

    बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.