• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दाङदेउखुरीको ढुङ्गेयुगीन सभ्यता र सहिद डा. गुडरन


  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    ‘कामरेड जलजला’ उपन्यासको कालावधि २०३१ देखि २०४१ सिालसम्म मात्र रहेको छ तर उपन्यासमा त्यो अवधिभन्दा पछिका पनि कैयौँ विवरण दिइएका छन्; जस्तै कि अपाङ्गतासम्बन्धी त्यो कार्यकालभन्दा पछिका विकासक्रम र दाङदेउखुरीको ढुङ्गे युगको सभ्यताको विवरण ।

    त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “डा. गुडरन सन् १९८५ मा नेपाल आइपुगेकी थिइन् । त्यसपछि उनले पश्चिम नेपालको शिवालिक पर्वत शृङ्खलामा करिब २० वर्ष प्राग्ऐतिहासिक मानिसको अध्ययनमा बिताएकी थिइन् । उनको अध्ययनले नै नेपालमा ढुङ्गेयुगीन मानवको इतिहासको पाना जोडेको थियो । उनको अध्ययनबाट दाङदेउखुरी उपत्यकामा पुरानो र नयाँ ढुङ्गेयुगीन मानवको बसोबास भएको कुरा पत्ता लागेको थियो ।”

    त्यसमा अगाडि लेखिएको छ– “ती सबै कुराको जानकारी प्राप्त हुन सकेको भए सुनन्दालाई कति धेरै खुसी लाग्ने थियो होला तर डा. गुडरनद्वारा दाङदेउखुरीको ढुङ्गेयुगीन सभ्यताको अध्ययन उपन्यासको कार्यकालभन्दा धेरै पछि गरिएको थियो तैपनि त्यसको उपन्यासमा उल्लेख गरिएको छ ।”

    डा. गुडरनले दाङदेउखुरीमा ढुङ्गेयुगीन सभ्यताको अध्ययनमा महत्त्वपूर्ण योगदान दिएकी थिइन् । त्यसबारे उपन्यासमा कैयौँ विवरण दिइएको छ ।

    दाङदेउखुरीमा ढुङ्गेयुगीन औजार पाएपछि त्यहाँ नै थारूको उत्पत्ति भएको हो भन्ने कुरा पनि अगाडि आएको छ । थारूको इतिहासबारे अरू पनि कैयौँ धारणा अगाडि आएका छन्, जसबारे उपन्यासमा अन्यत्र बेग्लै विस्तृत रूपमा चर्चा गरिएको छ ।

    उपन्यासमा डा. गुडरनको दाङदेउखुरीमा गरेका अध्ययनको चर्चा गर्दै लेखिएको छ– उनले त्यहाँ ५० भन्दा बढी स्थानमा अध्ययन गरेकी थिइन् र त्यहाँ ढुङ्गेयुगीन मानवको बसोबास भएको पत्ता लगाएकी थिइन् । तिनीहरूमध्ये धेरैजसो स्थान दाङ उपत्यकामा थिए भने केही देउखुरी उपत्यकामा पनि थिए । केही स्थान तुई उपत्यकामा पनि थिए । त्यसरी खोजबिन गर्दा बबई दक्षिणतिरका किनारमा उनले ढुङ्गे युगको प्रारम्भसित सम्बन्धित हाते बन्चरो फेला पारेकी थिइन् । कुइरेपानीमा पनि उल्लेखनीय सामग्री प्राप्त भएका थिए । देउखुरीको लमहीमा पनि ढुङ्गे युगसित सम्बन्धित कैयौँ सामग्री प्राप्त भएका थिए । लमही र कुइरेपानीका प्राप्त औजारहरू दुई बेग्लाबेग्लै ढुङ्गेयुगीन सांस्कृतिक समूहसित सम्बन्धित थिए । बाह्रकुटीको शिखरमा नयाँ ढुङ्गेयुगका बन्चराजस्ता करिब १० हजार वर्ष पुराना औजार पनि फेला परेका थिए ।

    त्यही प्रकारका हतियार बर्दियाको दानव तालमा पनि प्राप्त भएका थिए । ती दुबै स्थानमा प्राप्त हतियारको समय करिब ६ लाख वर्ष पुरानो भएको अनुमान गरिएको छ । तिनीहरू पेकिङ मानवका समकालीन र पुरानो पाषाण युगसित सम्बन्धित भएको मानिन्छ ।

    डा. गुडरनले प्राचीन ढुङ्गेयुगीन सभ्यताको अध्ययनमा इथियोपिया र दक्षिण अफ्रिकामा पनि महत्त्वपूर्ण योगदान दिएकी थिइन् । इथियोपियामा उनले २६ लाख वर्ष पुराना र नामिबियामा पनि अत्यन्त प्राचीन र प्राग्ऐतिहासिक महत्त्वका अवशेष फेला पारेकी थिइन् । उनले भारतको महाराष्ट्रमा पनि ढुङ्गेयुगीन सभ्यताको अध्ययन गरेकी थिइन् ।

    डा. गुडरनले दाङ उपत्यका मात्र होइन, नेपालका अन्य भागमा पनि ढुङ्गेयुगीन सभ्यताको इतिहास भएको निष्कर्ष निकालेकी थिइन् ।
    डा. गुडरनले यो विश्वास प्रकट गरेकी थिइन् कि काठमाडौँ उपत्यकामा पनि नवढुङ्गेयुगीन मानिसको बसोबास थियो । उनले ढुङ्गेयुगीन औजार पूर्वी नेपालको महोत्तरी र रातोखोलामा पनि फेला पारेकी थिइन् ।

    नेपालमा अन्यत्र पनि कतिपय ठाउँमा ढुङ्गेयुगीन सभ्यताका अवशेष पाइएका छन् । त्यो कुराको चर्चा गर्दै उपन्यासमा लेखिएको छ– “सन् १९८३–८५ का बिचमा पूर्वमा कमला नदीक्षेत्र, पश्चिममा चुरे पर्वत शृङ्खलामा १ लाख वर्षदेखि ७० हजार वर्षअघिका पाषणकालीन औजार प्राप्त भएका थिए ।”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “सन् १९९२ माथिल्लो मुस्ताङ, कालीगण्डकी उपत्यकाका कतिपय स्थानमा ३ हजार वर्षभन्दा पहिलेका ढुङ्गेयुगीन सभ्यताका अवशेष पाइएका छन् । उपन्यासमा नवलपुरको डण्डामा पनि ढुङ्गेयुगीन औजार प्राप्त भएको कुरा लेखिएको छ ।”

    उपन्यासमा लेखिएको छ– “यदि सुनन्दालाई ती सबै कुराको जानकारी हुन सकेको भए कति धेरै खुसी लाग्थ्यो होला ।”

    डा. गुडरनले प्राचीन वा ढुङ्गेयुगीन सभ्यताका अध्ययनमा आफ्नो सम्पूर्ण जीवन अर्पण गरेकी थिइन् तर उनले त्यो अध्ययनको क्रममा कैयौँ अवरोधको सामना गर्नुपरेको थियो । उनले पहिले चेन्नई, पहिलेको मद्रासमा भूगर्भशास्त्रको अध्ययन गरेकी थिइन् । दाङदेउखुरीको ढुङ्गेयुगीन सभ्यताको अध्ययन गरेपछि उनले ती नोटलाई अन्तिम रूप दिन पुनः चेन्नई गएकी थिइन् तर उनका ती नोट सन् १९८९ मा त्यहीँ चोरी भएका थिए । पछि उनले आफ्ना उपलब्ध सामग्रीका आधारमा भारतको महाराष्ट्रको पुनेमा आफ्नो किताबलाई अन्तिम रूप दिन खोजेकी थिइन् । जनवरी २००६ मा एउटा व्यक्तिले उनीमाथि आक्रमण गरेर त्यो पुस्तकको कपिराइट उसलाई दिनका लागि जबरजस्ती गरेको थियो । उनले त्यो हमलाको कडा प्रतिरोध गरेकी थिइन् तर त्यो सङ्घर्षमा उनको मृत्यु भएको थियो ।

    दाङदेउखुरीको ढुङ्गेयुगीन सभ्यतासम्बन्धी उनका नोटको चोरी र पुनेमा उनले तयार पारेको पुस्तकको कपिराइटका लागि उनीमाथि हमला र उनको हत्या के सामान्य अपराधसम्बन्धी घटना मात्र थिए या त्यसका पछाडि उनको बौद्धिक सम्पत्ति, खास गरेर नेपालको प्राचीन इतिहाससित सम्बन्धित सामग्रीको चोरीले नै मुख्य रूपले काम त गरेको थिएन ? निश्चय नै त्यो गम्भीर अनुसन्धानको विषय हो । त्यससम्बन्धी तथ्य कहिल्यै बाहिर आउनेछ वा छैन ? त्यो कुरा अहिले निश्चित रूपले भन्न सकिन्न र त्यो कुरा सायद भविष्यमा थाहा हुन सक्नेछ वा कहिल्यै पनि थाहा नहुन पनि सक्नेछ ।

    यस सन्दर्भमा जनकराज शर्माले आफ्नो एउटा संस्मरणमा लेखेको यो कुरा पनि उल्लेखनीय छ : ‘राहुल सांकृत्यायनले नेपालको इतिहाससम्बन्धी पाण्डुलिपि र प्रेसमा छापिएका त्यससम्बन्धी सबै किताब पनि चोरी भएका थिए ।’

    डा. गुडरनका नेपालको ढुङ्गेयुगसम्बन्धी नोट र किताबको कपीराइट समेतको अपहरणका लागि हत्या र राहुल साङ्कृत्यायनको नेपालको इतिहास सम्बन्धी पुस्तकको चोरी समेतका दुबै घटनाहरूलाई एकैसाथ राखेर विचार गर्दा कहीँ त्यसका पछाडि नेपालको इतिहासलाई प्रकाशमा आउन नदिन कुनै सुनियोजित षड्यन्त्रले त काम गरेको थिएन ? त्यो प्रश्न उठाउने ठाउँ पनि छ । उनी जर्मन भूगर्भशास्त्री थिइन् र प्राचीन इतिहास वा ढुङ्गेयुगीन सभ्यताको अध्ययनका लागि उनले आफ्नो सम्पूर्ण जीवन समर्पण गरेकी थिइन् । अन्तर्राष्ट्रिय स्तरमा र नेपालको दाङदेउखुरीको ढुङ्गेयुगीन सभ्यताको अध्ययनको क्रममा नै चेनन्ईमा उनका नोटको चोरी गरिएको थियो र पुनेमा उनको हत्या समेत गरिएको थियो ।

    त्यो कुराको उल्लेख गर्दै ‘कामरेड जलजला’ उपन्यासमा लेखिएको छ– “डा. गुडरन प्राग्ऐतिहासको अनुसन्धान र नेपालको पनि ढुङ्गेयुगीन सभ्यताको अनुसन्धानको पनि एक महान् सहिद थिइन् ।”

    त्यसरी उपन्यासले उनको प्राचीन इतिहास वा नेपालको ढुङ्गेयुगीन इतिहासको अध्ययनमा उनको महान योगदान र उनको बलिदानमाथि ध्यान दिँदै उनीमाथि उच्च सम्मान प्रकट गरेको छ ।

    त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ : “सुनन्दालाई डा. गुडरन, जसले नेपालको ढुङ्गेयुगीन सभ्यताको अध्ययनमा त्यति ठुलो योगदान दिएकी थिइन्, उनको हत्याको समाचार थाहा हुन सकेको भए उनलाई कति धेरै पीडा पुगेको हुन्थ्यो होला ।”

    माथि नेपालमा विभिन्न स्थानमा ढुङ्गेयुगीन औजार प्राप्त भएको र त्यसरी त्यहाँ ढुङ्गेयुगीन मानिसले बसोवास गरेको कुराको उल्लेख गरियो तर अहिलेसम्म ज्ञात भएका ती स्थानबाहेक नेपालमा अन्यत्र पनि ढुङ्गेयुगीन मानिसको बसोवास भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । आवश्यकता त्यसबारे अरू अनुसन्धान वा खोजीकार्य गर्ने हो । वास्तवमा नेपालको इतिहासका कैयौँ पाना दबेर बसेका छन् । अध्ययन र अनुसन्धानको कार्यलाई अगाडि बढाउने हो भने त्यसरी दबेर बसेका इतिहासका अरू कैयौँ महत्त्वपूर्ण पानालाई अगाडि ल्याउन सकिन्छ र ल्याउनु पनि पर्दछ । त्यसरी नै नेपालको इतिहासको वैभव हाम्रा अगाडि आउन सक्नेछ ।

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.