• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रतिगामी खतरा विरुद्ध सङ्घर्षको रूपमा राजमोले गणतन्त्र दिवस मनाउने


  •   बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रतिगामी खतराका विरुद्ध सङ्घर्षको रूपमा गणतन्त्र दिवस (जेठ १५ गते) मनाउने भएको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८२ जेठ १४ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो जानकारी दिएको हो ।

    ‘प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ सो कार्यक्रम जिल्ला वा पालिकास्तरमा मनाइने वक्तव्यमा उल्लेख छ ।

    एकातिर प्रतिगामी शक्तिहरूको चलखेल बढेको तथा अर्कातिर, सत्तारूढ दलको कुशासनका कारणले देशमा प्रतिगामी खतरा प्रबल भएको बताउँदै राजमोले प्रतिगामी खतराको सम्बन्धमा गम्भीर हुन आग्रह गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “२०६५ जेठ १५ गते जनताबाट निर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकद्वारा एउटा ऐतिहासिक निर्णय भएको थियो । उक्त निर्णयअनुसार करिब २५० वर्षसम्म कायम रहेको राजतन्त्रको अन्त्य भएको थियो र गणतन्त्रको स्थापना भएको थियो । त्यसरी नेपालको राजनीतिक इतिहासमा जेठ १५ गते ऐतिहासिक महत्त्वको दिन हो । यो ऐतिहासिक दिनको उपलब्धिको पछाडि नेपाली जनताको कुर्बानी, बलिदान र सङ्घर्षको विशाल र ऐतिहासिक पृष्ठभूमि रहेको छ । राष्ट्रिय जनमोर्चाले यस दिनलाई जिल्ला वा पालिकास्तरमा प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी गणतन्त्रका रूपमा मनाउनेछ ।

    राजनीतिक अधिकारको सुनिश्चितता कायम गर्नका लागि जनताले एक शताब्दीभन्दा बढी सङ्घर्ष र बलिदानको बाटो हिड्नुपरेको थियो । यो यात्रामा हजारौँको सहादत भएको छ र लाखौँले कठोर जीवन बिताउनुपरेको थियो । त्यसरी नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट गणतन्त्रको उपलब्धि भएको कुरा स्पष्ट छ । देशमा आज विद्यमान गणतन्त्रले जनताका सम्पूर्ण समस्या समाधान गर्न नसके पनि राजतन्त्रको तुलनामा यो कैयौँ गुणा प्रगतिशील व्यवस्था भएको कुरा स्पष्ट छ ।

    आज राजावादीले गणतन्त्रलाई समाप्त गर्नका लागि विभिन्न गतिविधि गरिरहेका छन् । त्यसका लागि उनीहरूले सङ्गठित र योजनाबद्ध प्रकारले गतिविधि गरिरहेका छन् । यस प्रकारको कार्यको नेतृत्व स्वयम् पूर्व राजाले गरिरहेका छन् । राजावादीले नेपालमा गणतन्त्र स्थापना भएलगत्तै नै त्यस प्रकारका गतिविधि सञ्चालन गर्दै आएका छन् । उनीहरूले वर्तमानका सम्पूर्ण लोकतान्त्रिक उपलब्धिलाई समाप्त पारेर नै राजतन्त्र वा निरङ्कुश राजतन्त्र स्थापना गर्ने प्रयत्न गर्दै आएका छन् । त्यसका लागि उनीहरूले वर्तमान शासक पवर्गको गलत कार्यशैलीलाई नै गणतन्त्र बताउने गरेका छन् र जनतामा गणतन्त्रप्रति वितृष्णा फैलाउने कामलाई अगाडि बढाइरहेका छन् ।

    गत चैत्र १५ गते नै राजावादीले आफ्नो उद्देश्य पूरा गर्ने प्रयत्न गरेका थिए तर त्यस दिनको उनीहरूको उक्त गतिविधि बदनाम काण्डको रूपमा परिणत भएपछि पूर्व राजासहितका सबै राजावादीले उक्त बदनाम काण्डबाट जोगिने प्रयत्न गरेका थिए तर राजावादरूले गणतन्त्र विरुद्धका विभिन्न योजना र षड्यन्त्र गर्ने क्रममा उनीहरूले आफ्नो कार्यक्रम शान्तिपूर्ण हुने बताए पनि हिंसात्मक हुने गरेका छन् । त्यो सन्दर्भमा उनीहरूको जेठ १५ गतेको कार्यक्रम शान्तिपूर्ण हुनेछ भनेर विश्वास गर्न मुस्किल पर्दछ ।

    राजावादीले आफ्ना प्रतिगामी गतिविधिलाई हिन्दुवादको आडमा अगाडि बढाउने प्रयत्न गरिरहेका छन् । पूर्व राजाले उत्तर प्रदेशका मुख्यमन्त्रीसित भेटघाट गर्नु र उनीहरूको प्रतिगामी गतिविधिमा भारतका कट्टर हिन्दुवादी नेताको तस्बिर प्रदर्शन गरिनुले भारतका कट्टर हिन्दुवादीको पनि समर्थन रहेको कुरा स्पष्ट हुन्छ । यसैले नेपालमा अहिले राजावादीले जुन गतिविधि गरिरहेका छन्, त्यसलाई सामान्य रूपमा लिनु सही हुने छैन ।

    नेपाली जनताले करिब एक शताब्दी लामो सङ्घर्ष र बलिदानद्वारा प्राप्त उपलब्धि गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्नु हाम्रो अहिले ऐतिहासिक दायित्व हो । जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई विदेशी शक्तिले स्थापना गरिदिएको भन्ने प्रतिक्रियावादी वा प्रतिगामी सोचाइ पनि विभिन्न पक्षमा पाइने गरेको छ । त्यस प्रकारको सोचाइले जनताको बलिदान र सङ्घर्षको उपेक्षा गर्नुको साथै प्रतिगामीलाई मदत पुग्ने कुरा स्पष्ट छ ।
    नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक हो । धर्मनिरपेक्षताबाट नै यी सबै बहुलताको अधिकारका साथै धार्मिक स्वतन्त्रताको रक्षा हुनेछ । त्यो सन्दर्भमा अहिले नेपालको संविधानले अपनाएको धर्मनिरपेक्षताको पद्धति नै सही हुन्छ तर राजावादीले हिन्दुवादको वकालत गरेर विभिन्न धर्म, जात र समुदायको बिचमा वैरभाव उत्पन्न गर्ने प्रयत्न गरेका छन् । त्यसबाट नेपाली समाजको विखण्डन र अनिश्चित द्वन्द्व सिर्जना हुने निश्चित छ । देशमा त्यस प्रकारको स्थिति आउन नदिन धर्मनिरपेक्षता रक्षाको लागि हामीले विशेष जोड दिन चाहन्छौँ ।

    वर्तमान शासक वर्गको क्रियाकलापले पनि गणतन्त्र र आन्दोलनका उपलब्धिमाथि सङ्कट बढाउँदै लगेका छन् । उनीहरूको कार्यशैली जनविरोधी रहेकाले त्यसलाई आधार बनाएर हामीले शासक वर्गका त्यस प्रकारका क्रियाकलापको विरोध गर्नुको साथै गणतन्त्र पक्षधरबिचको सहकार्यमा जोड दिन्छौँ । इतिहासले सिद्ध गर्दै आएको छ कि जनताको सङ्घर्षबाट पराजित भएको वर्गले आफ्नो गुमेको सत्ता र शक्ति प्राप्त गर्न प्रयत्न गरिरहेको हुन्छ । त्यस सन्दर्भमा नेपालका राजावादीले आफ्नो स्वर्ग फर्काउन सकिन्छ भनेर गणतन्त्रका विरुद्ध सङ्गठित र योजनबद्ध प्रकारले काम गर्दै आएका छन् । सम्पूर्ण गणतन्त्र पक्षधर शक्तिहरू ऐक्यबद्धताले उनीहरूको त्यस प्रकारको प्रयत्नलाई विफल बनाइदिनेछ र विफल पार्नु पनि पर्दछ । हामीलाई विश्वास छ, जनता अजेय शक्ति हुन् । उनीहरूले प्रतिगमनका विरुद्ध बारम्बार विजय प्राप्त गर्दै आएको गौरवपूर्ण इतिहास हाम्राअगाडि छ । त्यसकारण जनताको त्यो शक्तिका अगाडि सबै प्रतिगामी शक्तिरू पराजित हुनेछन् ।”

    बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.