• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

बौद्ध पुरातात्त्विक गोष्ठी काठमाडौँमा पनि हुने


  •   बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । हालसम्म बुटवलमा सम्पन्न गर्ने भनिएको बौद्ध पुरातात्त्विक गोष्ठी काठमाडौँमा पनि हुने भएको छ ।

    Advertisement

    बौद्ध पुरातात्त्विक सहर निर्माण अभियानकी अध्यक्ष दुर्गा पौडेलले २०८२ जेठ १३ गते अबेर राती प्रेसवक्तव्य जारी गर्दै सो जानकारी दिनुभएको हो ।

    गोष्ठीमा विषयसम्बन्धित विभिन्न विद्वान्हरूलाई आमन्त्रण गर्ने योजना रहेको बताउँदै सो वक्तव्यमा त्यसको मिति अभियानको बैठकले ठेगान गर्ने जानकारी दिइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “१. बौद्ध पुरातात्त्विक सहर निर्माण अभियानले नेपालमा बौद्ध पुरातात्त्विक सहर निर्माणको लागि केही वर्षदेखि अभियान चलाउँदै आएको छ । त्यो सहरअर्न्तगत कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका करिब डेढ सय प्राचीन बौद्ध ऐतिहासिक वा पुरातात्त्विक स्थानलाई मिलाएर बौद्ध पुरातात्त्विक सहर निर्माणको लागि हामीले जोड दिँदै आएका छौँ । त्यसो गरिएमा त्यो नेपालको मात्र होइन, विश्वको नै एउटा महत्त्वपूर्ण बौद्ध पुरातात्विक सहर हुन जानेछ । त्यसले नेपालको प्राचीन सभ्यतालाई विश्वमा भव्य रूपले प्रस्तुत गर्नुका साथै त्यो अन्तर्राष्ट्रिय महत्त्वको पर्यटन केन्द्र पनि बन्न जानेछ ।

    त्यसबारे हामीले पहिले बुटवलमा विचारगोष्ठीको आयोजना गरेका थियौँ । त्यसका पछाडिको हाम्रो उद्देश्य बृहत्तर बौद्ध पुरातात्त्विक सहर निर्माणको पक्षमा जनमत तयार गर्नु र त्यसप्रति सरकारको ध्यान आकर्षित गर्नु पनि थियो । हाम्रो के मत रहेको छ भने एकपल्ट सरकारले त्यस प्रकारको योजना अगाडि सारेमा त्यसका लागि प्राविधिक वा आर्थिक साधन जुटाउन कुनै गाह्रो पर्ने छैन । देशभित्रका बौद्ध सङ्घसंस्थाबाट त्यसका लागि उत्साहप्रदः सहयोग प्राप्त हुनुका साथै संसारका बौद्ध देशबाट पनि त्यसका लागि प्रयाप्त सहयोग प्राप्त हुन सक्नेछ । त्यही उद्देश्यमाथि ध्यान दिएर हामीले त्यसबारे बुटवलमा विचारगोष्ठीको आयोजना गरेका थियौँ भने अब त्यसबारे काठमाडौँमा पनि बृहत्तर विचारगोष्ठीको आयोजना गर्ने हाम्रो कार्यक्रम रहेको छ ।

    त्यो विचारगोष्ठीमा नेपालका साथै अन्तर्राष्ट्रिय स्तरका पनि बौद्ध इतिहास र संस्कृतिका विद्वान्लाई सामेल गर्ने हाम्रो योजना रहेको छ । त्यही कारणले त्यसको तयारीका लागि हामीलाई लामो समय लागेको छ । सम्भवतः अर्को सालको प्रारम्भको कुनै महिनामा हामीले त्यो विचारगोष्ठीको आयोजना गर्न सक्नेछौँ । हाम्रो समितिले बैठक बसेर त्यसको मिति ठेगान गर्नेछ । त्यसको लागि हामीले तपाईंहरूबाट समर्थन र सहयोगको लागि अपिल गर्दछौँ ।”

    बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.