काठमाडौँ । प्रतिनिधिसभाको आज मङ्गलबारको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
Advertisement
बैठक सञ्चालन गर्न सभामुख देवराज घिमिरेले कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका नेतासँग छलफल गरे पनि सहमति नभएपछि भोलि ११ बजेसम्मका लागि संसद् बैठक स्थगित गरिएको हो ।
मङ्गलबारको बैठकमा प्रतिपक्षद्वारा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगन गरेका थिए ।
आधा घण्टापछि पनि बैठक सुचारु नभएपछि सूचना टाँस गरेर दिउँसो साढे २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
सभाको आजको बैठक सुरु भए लगत्तै प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका थिए ।