काठमाडौँ। प्रतिनिधिसभाको बैठक विपक्षी दलले अवरोध गरेका छन् ।
Advertisement
बैठकको सुरुमै सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका छन् ।
विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरोध गरेका हुन् ।
सभामुखले सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिन खोजेपछि गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुले संसद्मा नाराबाजी सुरु गरेका थिए।
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को कामकारबाही चल्न नदिने उनीहरुको अडान छ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले अवरोध गरेपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरे ।