• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र


  •   शनिबार, जेठ १०, २०८२ मा प्रकाशित
  • रमेशकुमार बोहोरा ##

    Advertisement

    नेपालको अर्थतन्त्र अहिले अनेकौँ घरेलु र बाह्य चुनौतीको दोहोरो चक्रव्यूहमा फसेको छ । महामारीपछिको पुनरुत्थान, वित्तीय अनुशासनको कमी, कर्जा वितरणको विकृति र संस्थागत कमजोरीका कारण आर्थिक प्रणाली अस्तव्यस्त बनेको छ । अझ नियमनकारी संस्थाको कमजोरीले लघुवित्त र सहकारी क्षेत्रमा देखिएको अव्यवस्थाले अर्थतन्त्रमा गम्भीर सङ्कट निम्त्याएको छ । कर्जाको अत्यधिक प्रवाह, त्यो पनि अनुत्पादक क्षेत्रमा र सरकारी खर्चमा जवाफदेहिताको कमीले गर्दा आर्थिक वृद्धिमा अपेक्षित योगदान हुन सकेको छैन । निर्माण तथा सेवा क्षेत्रका भुक्तानी समस्याले निजी क्षेत्रको लगानी र रोजगारी सिर्जनामा नकारात्मक प्रभाव पारेको छ ।

    मौद्रिक नीतिमा धेरै भरोसा गरेपछिको असर

    विश्वका धेरै देशले कोरोनापछि वित्तीय र राजस्व नीतिको संयोजनमार्फत पुनरुत्थानको प्रयास गरे तर नेपाल भने मौद्रिक नीतिमा मात्र निर्भर रह्यो । यो एकतर्फी दृष्टिकोणले अर्थतन्त्रमा आवश्यक ऊर्जा भरिन सकेन । आर्थिक सन्तुलन कायम राख्न अब बहुआयामिक नीति संयोजन अपरिहार्य देखिन्छ ।

    विश्वव्यापी सङ्कट र नेपालमाथिको प्रभाव

    संयुक्त राष्ट्र सङ्घले हाल विश्वलाई ‘पूर्ण आँधी’ को अवस्थामा रहेको बताउँदा त्यसको असर नेपालमा खुला र आयातमा निर्भर अर्थतन्त्रमा झन् गहिरो रूपमा परेको छ । विश्वभर जलवायु अस्थिरता, द्वन्द्व, शरणार्थी सङ्कट, सैन्य खर्चको वृद्धि र सामाजिक असमानताले आर्थिक स्रोतमा कटौती गरिरहेको छ । स्टकहोम पिस रिसर्च इन्स्टिच्युट अनुसार २०२४ मा मात्र सैन्य खर्च ९.४ प्रतिशतले बढेर २.७ ट्रिलियन डलर पुगेको छ । यस्तो अवस्थामा स्वास्थ्य, शिक्षा र पूर्वाधारमा आवश्यक अन्तर्राष्ट्रिय लगानी घट्दै गएको छ ।

    वैदेशिक सहायता घट्दै जाँदा सिर्जिने समस्या

    धनी देशले वैदेशिक सहायता कटौती गर्दा नेपालमा यसको प्रत्यक्ष असर देखिन्छ । अमेरिकाले नेपालमा स्वास्थ्य क्षेत्रमा दिने भनिएको ९५ अर्बभन्दा बढीको सहायता रोकेको सन्दर्भमा देखिएझै दाताको प्राथमिकता परिवर्तनले विकास योजना प्रभावित भएका छन् । ओइसिडीका अनुसार सन् २०२५ मा सहायता १७ प्रतिशतले झर्नेछ । यस्तो अवस्थामा घरेलु स्रोत परिचालनको प्रभावकारिता वृद्धि गर्नु, अनुदानको सट्टा ऋणद्वारा आउने सहायताप्रति सचेत रहनु अत्यावश्यक देखिन्छ ।

    अन्तर्राष्ट्रिय ऋणको बढ्दो प्रवृत्ति र जोखिम

    विकासशील देशमा ऋणमार्फत सहयोग बढ्दो छ । सन् २०२१–२२ बिच अनुदान आठ प्रतिशतले घट्दा ऋण ११ प्रतिशतले बढेको तथ्याङ्कले यस्तो सङ्केत गर्छ । ऋणको बोझ बढ्दा ऋण सेवा खर्चमा जाने रकमले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकासजस्ता क्षेत्र ओझेलमा परिरहेका छन् । नेपालको सन्दर्भमा पनि कुल गार्हस्थ उत्पादनको ४९ प्रतिशतभन्दा बढी ऋणको अनुपात पुगेको छ भने चालु वर्षको बजेटमा २२ प्रतिशतभन्दा बढी रकम ऋणको साँवाब्याज तिर्न छुट्ट्याइएको छ ।

    व्यापार युद्ध र विश्वव्यापी वित्तीय अस्थिरता

    अमेरिका–चीन व्यापार युद्ध, र अन्य राष्ट्रबिचको भूराजनीतिक तनावले विश्व व्यापार प्रवाहलाई अस्थिर बनाएको छ । यस्तो अवस्थामा विकासशील मुलुकको निर्यात क्षमतामा ह्रास आएको छ । विश्व बजारको अनिश्चितता, मुद्रा अवमूल्यन, लगानी प्रवाहमा रोकावटजस्ता समस्याले नेपाली अर्थतन्त्र प्रभावित हुँदै गएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२५ मा विश्वको आर्थिक वृद्धि केवल २.८ प्रतिशत रहनेछ । यस्तो सुस्त अवस्थाले नेपालजस्ता देशका वित्तीय प्रवाह, विनिमय दर र आयात लागतमा गहिरो असर पार्नेछ ।

    जलवायु परिवर्तनको आर्थिक असर

    जलवायु परिवर्तनबाट नेपालको कुल गार्हस्थ उत्पादनमा वार्षिक १.५ देखि दुई प्रतिशतसम्मको क्षति भइरहेको छ । सन् २०५० को दशकसम्म यो घाटा तीन प्रतिशत पुग्ने प्रक्षेपण छ । धान, मकै, बाली उत्पादनमा गिरावट, बाढीपहिरोबाट पूर्वाधारको क्षति र पर्यावरणीय सङ्कटले आर्थिक पुनर्निर्माणमा ठुलो बोझ थप्नेछ । जलवायु परिवर्तनले वित्तीय प्रणालीमा जोखिम बढाउनेछ, जसले सरकारी र निजी दुवै लगानीमा असहजता ल्याउने सम्भावना छ ।

    दक्षिण एसियाली भूराजनीति र क्षेत्रीय आर्थिक निष्क्रियता

    भारत–पाकिस्तान द्वन्द्व र अन्तरक्षेत्रीय अविश्वासका कारण दक्षिण एसियाली क्षेत्रीय व्यापार केवल पाँच प्रतिशतमा सीमित छ । दक्षिणपूर्वी एसियामा यो अनुपात २५ प्रतिशतभन्दा बढी छ । त्यस्तै, नीतिगत अड्चनले साझा पूर्वाधार निर्माण, मूल्य शृङ्खलामा सहकाय र क्षेत्रीय निर्यातमा विविधीकरणमा ठुलो अवरोध खडा गरेको छ । नेपालको अर्थतन्त्र यस्तो असहयोगी भूराजनीतिक घेराबाट पनि प्रभावित हुँदै आएको छ ।

    बजेट व्यवस्थापन र नयाँ सार्वजनिक व्यवस्थापनको आवश्यकता

    नेपालको बजेट निर्माण र कार्यान्वयन पद्धति परम्परागत ढर्रामा आधारित छ । उदाहरणस्वरूप सन् १९८० को दशकमा न्युजिल्यान्डले अपनाएको परिणाममुखी बजेट प्रणाली आज पनि अन्तर्राष्ट्रिय अभ्यासमा अनुकरणीय मानिन्छ । यस ढाँचामा परिणामलाई प्राथमिकता दिइन्छ† नीति र कार्यान्वयनबिच स्पष्ट जिम्मेवारी बाँडफाँड हुन्छ र वित्तीय पारदर्शितामा जोड दिइन्छ । नेपालको बजेटमा यस्ता अवधारणा अझै प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन ।

    संरचनागत कमजोरी

    नेपालको आर्थिक विकासमा सबैभन्दा ठुलो अवरोध भनेको कम उत्पादकत्व र औद्योगिक क्षेत्रको खस्किँदो अवस्था हो । उत्पादन र रोजगारी सिर्जना गर्नुपर्ने समयमै ती क्षेत्र सुस्त छन् । पर्यटन, कृषि, ऊर्जाजस्ता सम्भाव्य क्षेत्रमा पूर्वाधार अभाव, नीति अस्पष्टता, र निजी क्षेत्रको सहभागिता न्यून छ । रेमिट्यान्समा निर्भरता पनि बढ्दो छ, जसले ॅडच डिजिज’ को खतरा बढाएको छ । यसले उत्पादन क्षेत्रमा लगानी घटाउँछ र आयातमुखी अर्थतन्त्र बनाउँछ ।

    वित्तीय क्षेत्रको जोखिम र नियमनको चुनौती

    नेपालको बैङ्किङ क्षेत्रले खराब ऋण, कमजोर नियमन र पारदर्शिताको अभावको समस्या खेपिरहेको छ । एफएटिएफले नेपालको नियमन प्रणालीलाई असन्तोषजनक मानेर ॅग्रे लिस्ट’ मा राखेको छ । यसले अन्तर्राष्ट्रिय लगानीकर्ताको भरोसा गुमाउने र वित्तीय लेनदेनमा अवरोध ल्याउने खतरा बनाएको छ । एफएटिएफले औँल्याएका तीन मुख्य क्षेत्र घरजग्गा वित्त, सीमापार रेमिट्यान्स र असामान्य वित्तीय लेनदेनमा स्वचालित निगरानी प्रणाली आवश्यक छ तर नेपाल राष्ट्र बैङ्कको क्षमता अझै सुदृढ बनाइनु आवश्यक छ ।

    ऋणको व्यवस्थापन र खर्चको प्राथमिकता पुनरावलोकन

    विकास खर्चमा निकै ढिलाइ हुनु, बजेट खर्चको अधिकांश हिस्सा साधारण खर्चमा जानु र सङ्घ–प्रदेश–स्थानीय तहबिच समन्वयको अभावले समग्र अर्थतन्त्रलाई कमजोर बनाएको छ । चालु खर्चमा ६५ प्रतिशत बजेट छुट्याइँदा पूर्वाधार विकासको सम्भावना सीमित हुन्छ । राजस्व वृद्धिका लागि कर प्रशासनमा सुधार, करछुट नीतिमा पुनरवलोकन र आर्थिक क्षेत्रको औपचारिकता आवश्यक छ ।

    समाधानका उपाय

    नीतिगत समन्वय– मौद्रिक, वित्तीय र औद्योगिक नीतिबिच समन्वय आवश्यक छ ।

    परिणाममुखी बजेट प्रणाली– न्युजिल्यान्ड मोडलजस्तै पारदर्शी, जवाफदेही र परिणाममुखी बजेट ढाँचा अपनाउनुपर्छ ।

    निजी क्षेत्रको परिचालन– लगानीमैत्री वातावरण सिर्जना गर्दै विदेशी र स्वदेशी निजी क्षेत्रलाई आकर्षित गर्नुपर्नेछ ।

    संस्थागत सुधार– नियमनकारी संस्थामा दक्षता वृद्धि, स्वचालित निगरानी प्रणालीको स्थापना र एफएटिएफको मापदण्डअनुसार सुधार कार्यान्वयन आवश्यक छ ।

    जलवायु वित्त– अन्तर्राष्ट्रिय जलवायु कोष र अनुकुलन कार्यक्रमबाट थप स्रोत परिचालन गर्न कूटनीतिक प्रयास गर्नुपर्छ ।

    सङ्घीय वित्तीय प्रणाली सुदृढीकरण– स्पष्ट कार्यविभाजन, स्रोतको समुचित बाँडफाँड र वित्तीय अनुशासन अनिवार्य हुनुपर्छ । नेपालको अर्थतन्त्र चुनौतीको चक्रमा फसेको अवस्था हो । यसबाट निस्कन ठोस नीति, कार्यान्वयन क्षमताको सुधार र समग्र आर्थिक संरचनामा पुनर्संरचना आवश्यक छ । बाह्य निर्भरता घटाउँदै उत्पादनशीलता र संस्थागत क्षमता विकासमा केन्द्रित भएर मात्र अर्थतन्त्रलाई पुनः लयमा ल्याउन सकिन्छ ।

    (लेखक अर्थसवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ काठमाडौँका सचिव हुन्)

    शनिबार, जेठ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.