महेश रिजाल, दाङ ।
Advertisement
जातीय समता समाज दाङको जिल्ला भेला आगामी जेठ २१ गते घोराहीमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय छुवाछूत उन्मूलन दिवसको अवसर पारेर उक्त भेला गर्न थालिएको हो ।
जिल्ला भेलाकै अवसरमा छुवाछूत उन्मूलन दिवस पनि मनाउने निर्णय गरिएको समाजका कार्यवाहक जिल्ला अध्यक्ष सूर्यलाल नेपालीले जानकारी दिनुभयो ।
त्यस्तै, जिल्ला समितिका सचिव बलदेव विकका अनुसार भेलाको तयारीस्वरूप सम्पूर्ण पालिकाको भेला सम्पन्न गर्ने योजना रहेको छ ।