• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सगरमाथाबाट गाजालाई पत्र


  •   बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित
  • सुवास जिसी ##

    Advertisement

    प्रिय गाजा

    तिमीलाई म यो पत्र विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४८ मिटर माथिबाट लेख्दैछु ।

    म ठिकै छु भनौँ तर मलाई थाहा छ, तिमीलाई सञ्चो छैन ।

    करिब ७७ वर्षदेखि तिमीमाथि लगातार अन्याय भएको छ । तिम्रो अस्तित्वमाथि आक्रमण गरिएको छ । तिम्रो अस्मितामाथि हमला गरिएको छ । तिम्रो स्वतन्त्रता र स्वाधीनतामाथि प्रश्न उठाइएको छ । घुमाइफिराइ तिमीमाथि अन्यायपूर्ण प्रहार गरिएको छ । तिमीलाई रातो सलाम छ । यी सबै प्रहारका बाबजुद तिमी प्यालेस्टाइनमै सगरमाथा भएर उभिएका छौँ ।

    नेपालीमा हामीकहाँ एउटा भनाइ छ– “जननी जन्मभुमिश्च स्वर्गदपि गरिएसी” अर्थात् आफूलाई जन्माउने आमा र जन्मिएको माटो स्वर्गभन्दा बढी प्रिय हुन्छ, जति प्यारो प्यालेस्टाइनीका लागि प्यालेस्टाइनको माटो छ । त्यसैले भनिएको हो– माटोको पनि सुगन्ध हुन्छ, माटोको बासना हुन्छ । प्यालेस्टाइनको माटोको सुगन्ध लिने अधिकार प्यालेस्टाइनीलाई मात्र छ, कुनै फासिवादी जियोनिस्ट इजरायलीलाई होइन ।

    ७७ वर्षअघि पाँच हजार बढी प्यालेस्टाइनी गाउँहरूमा आगो ठोकेर प्यालेस्टाइनीलाई अरबका विभिन्न देशमा शरणार्थी बनाइयो । आज पनि उनीहरूलाई आफ्नो जन्मभ्मूिमा फर्किन दिइएको छैन । आफ्नो देशमा रहन दिइएको छैन । आफ्नो माटोमा टेक्न दिइएको छैन । गाजाका बाँकी रहेका प्यालेस्टाइनीका बस्ती पनि ध्वस्त गरेर नामेट पार्न खोजिएको छ ।

    प्रिय प्यालेस्टाइन तिम्रा विरुद्ध आज संसारभरका पुँजीवादी, साम्राज्यवादी र फासिवादी एकजुट भएका छन् । विश्वको सबैभन्दा ठुलो साम्राज्यवाद अमेरिकाले तिम्रो सम्र्णू अस्तित्व समाप्त पार्न चाहन्छ ।

    विश्वका स्वघोषित शक्तिशाली ट्रम्पलाई मेरो प्रश्न छ– हस्पिटलको बेडमा सुतेको बिमारीलाई मिसाइलले उडाएर कसरी “अमेरिका प्रथम” हुन सक्छ ?

    युरोपियन युनियनका सरकारप्रमुखलाई मेरो प्रश्न छ– भर्खरै सुत्केरी भएकी आमा र भर्खर जन्मेको बच्चालाई गोली ठोकेर हत्या गर्नुलाई “नरसंहार” नभनेर के भन्नुपर्ने हो ?

    विशाल लोकतन्त्र र मानवअधिकारका हिमायतीलाई मेरो प्रश्न छ– सास फेर्न पनि तिमीलाई सोध्नुपर्छ भने तिम्रो लोकतन्त्रको बकबास घाममा सुकाइदेउ ।

    यो भन्दा लज्जास्पद के हुन्छ ? एउटा जातिलाई नामेट पार्न, एउटा जातिको अस्तित्व समाप्त गर्न संसार लागेका छौ । तिमीहरू घृणा गर्न पनि लायक छैनौँ ।

    प्रिय प्यालेस्टाइन !

    प्यालेस्टाइन अब कुनै एउटै स्वतन्त्र देश मात्रै होइन, प्यालेस्टाइन अब कुनै एउटा जातिको भूभाग मात्र होइन, प्यालेस्टाइन अब संसारका स्वाधीन र स्वतन्त्रताप्रेमीको प्रतीक हो । प्यालेस्टाइन अब संसारका मुक्तिकामीको बुलन्द आवाज हो । अब प्यालेस्टाइन विचारको आगो हो । अब स्वतन्त्रताको आगोलाई निभाउन खोजेर कदापि निभ्ने छैन । संसारको हरेक कुनामा गाजाको आगो सल्किएको छ । यो आगो ज्वाला बनेर दन्किनेछ । संसारको कुनै पनि साम्राज्यवादी र फासिवादीले यो आगो निभाउन सक्ने छैन । हामीलाई फासिवादीको युद्ध स्वीकार छैन । हामी मुक्ति चाहन्छौँ ।

    प्रिय प्यालेस्टाइन !

    तिम्रो समर्थनमा म जतिसुकै चोट सहेर सिङ्गो सगरमाथा बनेर उभिरहनेछु । हामीलाई हार्ने छुट हुने छैन । हामी यो युद्ध जितेरै छाड्नेछौँ । म तिम्रो प्रतीक्षामा रहिरहनेछु ।

    उही तिम्रो सगरमाथा

    (क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन–आइकोरले मे १८, २०२५ का दिन जर्मनीको राजधानी बर्लिनमा प्यालेस्टाइनको पक्षमा आयोजना गरेको प्यालेस्टाइन सम्मेलन प्रस्तुत रचना)

    बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • २.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ३.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ४.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ५.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ६.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ७.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ८.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.