दीप गोले तामाङ ##
Advertisement
हे साथी वर्गीय माया मनैमा साचौँला
सँगै हिँडौला क्रान्तिको यात्रामा
मार्क्सवादी दर्शन आजका युवाले पढ्न छाडियो
गरिबको राज्य ल्याउने कुरा झन् झन् टाढियो
भागेर जान्छन् युवाहरू आफ्नो देश छोडेर
विदेशीसामु लम्पसार पर्छन् दशऔँला जोडेर
हे…….
बसेर हुन्न रोएर आउन गरिबका ती दिन
मुक्तिका लागि लड्नैपर्छ अब भाग्ने किन ?
सफलता हाम्रो आँटमा हुन्छ छेकेर छेकिन्न
यात्रा हाम्रो अगाडि बढ्छ रोकेर रोकिन्न
हे…….
असमानता पर्खाल भत्काउनैपर्छ वर्गयुद्धले
हिम्मत कहिल्यै हार्दैन नेपाली वीरयोद्धाले
गरिब राज्य ल्याएरै छाडौँ दुस्मनलाई ढालेर
विजयोत्सव मनाएरै छाडौँ मसालै बालेर
हे साथी ……