तौलिहवा । राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिका सदस्य टोयनारायण बन्जाडे स्मृतिमा शोकसभा सम्पन्न भएको छ ।
बन्जाडेको निधन भएको सातौँ दिन २०८२ जेठ ६ गते मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो कपिलवस्तुका सचिव केरसिंह अदैले शोकमन्तव्य राख्दै स्मृतिशेष बन्जाडे सच्चा, इमान्दार र पार्टीप्रति चिन्तन गर्ने व्यक्ति भएको बताउनुभयो ।

उहाँको निधनले पार्टीलाई क्षति पुगेको बताउँदै उहाँले दुःखको घडीमा शोकसम्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो ।
कार्यक्रममा जातीय समता समाज कपिलवस्तुका अध्यक्ष दिलबहादुर विकले पनि शोकमन्तव्य राख्नुभएको थियो ।
स्मृतिशेष टोयनारायण बन्जाडेका छोरा बाबुराम बन्जाडेको अध्यक्षता तथा राजमो नगर समितिका सचिव श्यामप्रकाश खनालको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

स्मृतिशेष बन्जाडे अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका रातमाटाबाट बसाइँ सरी २०६५ सालमा कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ३ नयाँबस्ती मा आउनुभएको थियो ।
दमको बिरामी बन्जाडेको परिवारमा दुई छोरी र एक छोरा रहेका छन् । गत वैशाख ३१ गतेका दिन ६९ वर्षको उमेरमा निधन भएको थियो ।
