बुटवल । अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी असोज २६, २७ र २८ गते चितवनमा हुने भएको छ ।
यही जेठ २ र ३ गते बुटवलमा बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति स्थान तय गरेको अध्यक्ष निमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
‘प्रतिगामी खतरा विरुद्ध संघर्ष, गणतन्त्र, धर्मनिरपेक्षता रक्षाका लागि हाम्रो आन्दोलन, जनजाति समस्या समाधानका लागि वर्गीय संघर्षको पक्षमा पाँचौँ राष्ट्रिय महाधिवेशन’ भन्ने मूल नारासहित महाधिवेशनको तयारीमा जुटेको हो ।
महाधिवेशन तयारीका लागि अध्यक्ष बुढाथोकीको संयोजकत्वमा १६९ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
जनजाती सम्मेलनले महाधिवेशनको पूर्वसन्ध्यामा आगामी भदौ महिनाभित्र जिल्ला भेला तथा सम्मेलनहरू गरिसक्ने निर्णय पनि गरेको छ ।
यसैगरी, सम्मेलनले आगामी साउन २५ गते (अगस्ट ९ तारिख) का दिन विश्व आदिवासी दिवस देशब्यापी रुपमा मनाउने भएको छ ।