खलङ्गा । सल्यानको कपुरकोटमा राष्ट्रिय जनमोर्चाको पालिका समिति गठन गरिएको हो ।
Advertisement
प्रतिगामी खतराका विरुद्ध जिल्लाव्यापी अभियानको क्रममा सो २०८२ वैशाख २४ गते समिति गठन गरिएको हो ।
समितिको अध्यक्ष धनबहादुर बुढा रहनुभएको छ भने सचिवमा डिल्ली विक र कोषाध्यक्ष सीता योगी रहनुभएको छ ।
समितिको सदस्यमा बेलमणि विक, टेकबहादुर विक, लालमणि घर्ती, सुनिता घर्ती, अबिसरा बुढा, जयकली विक, रामलाल विक र कमला थापा रहनुभएको थियो ।
भेलामा राजमो सल्यानका अध्यक्ष ढकनप्रसाद शर्मा, पूर्व जिल्ला अध्यक्ष झक्कुप्रसाद शर्मा, जिल्ला समिति सल्यानका सदस्य तुलसीराम योगीले नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।