• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

पुनर्वास सीमामा ‘बीओपी’ नहुँदा सुरक्षा चुनौती


  •   सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
  • कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ को सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ (बीओपी) नहुँदा सुरक्षा चुनौती बढेको छ।

    Advertisement

    बीओपी नहुँदा सीमामा असुरक्षित महशुस गरेको स्थानीय सिद्धराज ओझाले बताए। नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै चोरी तस्करी हुने र लागुऔषधको ओसार पसार वृद्धि भइरहेको स्थानीयको गुनासो छ।

    सीमापारीबाट आउने आपराधिक समूहले गोठमा बाँधेका गाई र भैँसी रातीको समयमा चोरेर लैजाने गरेको स्थानीयले बताए।

    ‘हामी सीमामा सचेत भएर बसेका छौँ’, ओझाले भने।

    उनले बिओपी स्थापनाका लागि बाटोसहित दश कठ्ठा जग्गा दान गरेका थिए।

    ‘सीमामा असुरक्षाको महशुस गरेर नै ‘बिओपी’ स्थापनाको आशा राखेर जग्गा दान गरेका थियौँ,’ उनले भने, ‘जग्गामा बिओपी बनाउने भनेर बजेट पनि विनियोजन भयो, तर प्रदेश मन्त्रालयले काम नगरिँदिदा अघि बढ्न नसकेर सकेन।’

    सशस्त्र प्रहरी बलको उपस्थितिसँगै सीमा क्षेत्रका नेपाली गाउँमा पारीबाट पस्ने हतियारसहितको समूहले रातिको समयमा डकैती, लुटपाट गर्ने पहिलेजस्तो घटना भने रोकिएको स्थानीयवासीको अनुभव छ। स्थानीय दीपेन्द्र बस्नेतले भने, ‘सीमाका गाउँमा पहिलेको जस्तो डकैती र लुटपाटका घटना रोखिएका छन्, तरपनि बिओपी ठाउँठाउँमा आवश्यक छ।’

    केही वर्षअघि पुनर्वास नगरपालिकाकै सीमा क्षेत्रमा उत्पन्न विवादको क्रममा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवक गोविन्द गौतमले सहादत प्राप्त गरेका थिए। सरकारले गौतमलाई सहीद घोषणा गरेको थियो।

    सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वाटर कञ्चनपुरका प्रहरी उपरीक्षक लोकेन्द्रदेव भट्ट कञ्चनपुरको पश्चिम र दक्षिण सीमाक्षेत्रको १२९।५ किलोमिटर लामो भागका १७ ठाउँमा बिओपी कार्यालय स्थापना भइसकेको बताउँछन्।

    उनले भने, ‘बिओपी बढाउँदै लैजाने सरकारको नीति छ, सीमामा आपराधिक एवं अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बल सक्रिय भइरहेको छ।’ सीमा क्षेत्रमा स्थापना भएका बिओपीमा पर्याप्त स्रोत साधनको अभाव हुने गरेको छ।

    तत्कालीन राजा महेन्द्रको पालामा विसं २०२८ मा पुनर्वास कम्पनीमार्फत् कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा जग्गा, रासनपानी, कृषिजन्य औजार उपलब्ध गराएर सयौँ परिवारलाई पुनर्वास गराइएको थियो। रासस

    सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.