काठमाडौँ । नेकपा (मसाल) ले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन बैद्य किरणकी आमा जानकीदेवी उपाध्यायको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
Advertisement
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ वैशाख २९ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै मसालले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।
वक्तव्यमा अगाडि भनिएको छ : “क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव कामरेड मोहन वैद्य किरणकी आमा जानकीदेवी उपाध्यायको २०८२ वैशाख २४ गते मृत्यु भएकोमा हामीले गहिरो दुःख व्यक्त गर्दछौँ । कामरेड वैद्य र समस्त सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । अन्तमा, आमा जानकी देवीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”