• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्रतिशोधको प्रवाह : एक राष्ट्रको अन्तर्संग्राम, समसामयिक नेपालको ऐना


  •   शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
  • लक्ष्मण बेल्बासे ##

    Advertisement

    महाभारतको युद्ध केवल धार्मिक आख्यान थिएन, त्यो त मानवीय भावनाको ज्वालामुखी थियो, जहाँ प्रतिशोधको ज्वाला नै विनाशको मुख्य इन्धन बन्यो । दुई पक्षबिचको सङ्घर्षले मात्र होइन, सम्पूर्ण सभ्यताले नै त्यसको कम्पन महसुस गऱ्यो । त्यो युद्ध एक इतिहास मात्र होइन, चेतावनी पनि हो : प्रतिशोधले न न्याय दिन्छ, न समाधान ल्याउँछ, यो त केवल आत्मविनाशको पूर्वघोषणा हो ।

    नेपालको आधुनिक इतिहास पनि यस्तै चेतावनीको जीवन्त पुनरावृत्ति हो । समयको रेखामा सञ्चित असन्तोष, जब जब अनुकूल क्षण पाएका छन्, प्रतिशोधको स्वरूपमा विस्फोट भएका छन् । ती विस्फोट केवल सत्ता विरुद्ध थिएन, ती देशको आत्मा विरुद्धको एक प्रकारको चिच्याहट थिए ।

    पञ्चायतकाल—एक युग, जहाँ राष्ट्र आफैँभित्र थुनिएको थियो, आकाश खुलेको थिएन, विचार घेरामा थिए । जब प्रजातन्त्रको किरणले त्यो अँध्यारोमा प्रवेश गऱ्यो, नेपाली जनमानसमा एक नयाँ चेतना पलायो । आँखाले संसार देख्न थाले, मनले प्रश्न उठाउन थाल्यो— हामी किन पछाडि ? हामी किन सधैँको सीमान्तमा ? त्यही चेतना नै आन्दोलनको बिउ बन्यो ।

    राजतन्त्र विरुद्धको आवाज, लोकतन्त्रको पुनर्स्थापना र द्वन्द्वकालीन क्रान्ति—सबैको मूलभूत प्रेरणा एउटै थियो— बदलाको, प्रतिशोधको तर प्रत्येक क्रान्तिसँग आशा पनि जन्मिएको थियो, न्यायको, समानताको, समृद्धिको । दुर्भाग्यवश, जब जनताले विश्वासको सपना बुन्दै थिए, नेतृत्वले त्यसलाई सौदाबाजीमा परिणत गऱ्यो । सिद्धान्त पतन भए, सत्ता नै उद्देश्य बन्यो । शिक्षाप्रणाली आत्मनिर्भरता होइन, परनिर्भरताको अनुकरण भयो । मौलिकता, संस्कार, र गौरव—ती सबै पाठ्यपुस्तकका फाटिएका पानामा हराउँदै गए । देशप्रेम ‘पुरानो अवधारणा’ बन्यो ।

    आजको नेपाली समाज एक आश्चर्यजनक प्रतिस्पर्धाको सिकार बनेको छ, जहाँ सफलताको मापन विदेशयात्रा हो र ज्ञानको उद्देश्य भिसाप्राप्ति । राष्ट्रियता अब आदर्श होइन, अल्पविकसित सोचझैँ लाग्छ । “जननि जन्मभूमिश्च स्वर्गादपि गरियसी”—जहिल्यै शिर उठाएर उच्चारण गरिने यो मन्त्र अब केवल परीक्षा पास गर्न प्रयोग हुने पङ्क्तिमा सीमित छ । दुर्भाग्यवश, अब त त्यो पङ्क्ति पनि कतै हराउन थालेको छ, न पाठ्यपुस्तकमा, न सार्वजनिक चेतनामा ।

    शान्ति सम्झौता—जो एक सान्त्वना बन्नुपर्थ्यो, आज पीडाको पुनरुत्थान बनेको छ । न्यायको आशामा बसेकाहरू फेरि धोका खाइरहेका छन् । प्रतिशोधको दियो फेरि बालिएको छ, यसपटक अझ गहिरो आक्रोश र मौन आर्तनादसहित । गणतन्त्र आयो तर गन्तव्य अझै पनि अनिश्चित, अपूरो र अपूरित छ ।

    आजको अवस्था भयावह छ । देशविहीन युवा, युवाविहीन देश, दिशाविहीन राज्य र भविष्यविहीन जनमन । अनुहारमा एउटै भाव छ, बेचैनी, असन्तोष र एक अदृश्य प्रतिशोध । यहाँ मूल प्रश्न उठ्छ, यो प्रतिशोधको सागर कतातिर बग्नेछ ?

    जब सत्ता स्वयम् सजीव आत्मसमीक्षा गर्न सक्दैन, जब शिक्षाप्रणाली राष्ट्र निर्माण होइन, बजार र बाह्य शक्तिको आदेशअनुसार ढलिन्छ, तब राष्ट्रको आत्मा थला पर्छ । मौलिकता क्रमशः विस्मरणतर्फ जान्छ र साथमा जान्छ, राष्ट्रिय पहिचान पनि ।

    सत्तामा रहेका नेतृत्वदायी शक्तिले गम्भीर भएर अब आत्मसमीक्षा गर्नैपर्ने अवस्था आएको छ । हामी एकअर्कालाई हराउने प्रयासमा आफैँलाई गुमाइरहेका त छैनौँ ? हामी राष्ट्रनिर्माण होइन, राष्ट्र विघटनको मार्गमा लम्किरहेका त छैनौँ ?

    यथास्थिति कहिल्यै स्थायी हुँदैन । परिवर्तन प्रकृतिको अनिवार्य नियम हो । हिँजो तपाईंहरूले बेचेका धेरै सपना, धेरका बलिदानका आधार बनेका थिए । धेरैले धेरै गुमाइसकेका छन् । उनीहरूका पाउने आशा मनको तरेलीमा अझै पनि तैरिरहेका छन् । तिनका अगाडि राष्ट्र र राष्ट्रियता गौण हुन थालेका छन् । पश्चगमन, अग्रगमनभन्दा प्रगतिशील भएको उल्टो भाष्य निर्माण हुँदैछ । चटकहरू नेता बन्दैछन् । जनताको भरोसा तिनै बन्दैछन् ।

    आज दबिएका आवाज, गुम्सिएका आक्रोश र उपेक्षित अस्तित्व एकीकृत भइरहेका छन् । जब ती स्वर विस्फोटमा बदलिन्छन्, सत्ताका स्तम्भ कम्पनमा आउनेछ, त्यो क्षण कसैका लागि सुरक्षित हुने छैन ।

    हुन त प्रतिशोध सधैँ नकारात्मक हुँदैन, यदि त्यसलाई परिवर्तनको ऊर्जा बनाइयो भने तर त्यसका लागि सत्ता, शिक्षा र समाज तीनै तहमा पुनः आत्मसमीक्षा आवश्यक छ । आत्मपरीक्षण र आत्मशुद्धिबिना, आजको मौनता नै भोलिको महाविस्फोट बन्न सक्छ, जसको चपेटाबाट कोही अछुतो रहने छैन ।

    गल्ती भएका छन् । कमजोरी थुप्रै छन् । अब एक साझा टेबुलमा बस्नुपर्ने बेला आएको छ । गम्भीर रूपमा आत्मसमीक्षा र आत्मशुद्धि गर्ने बेला पनि ढिलो हुन थालेको छ ।

    इतिहासतर्फ फर्केर हेर्नुहोस्, पार्टीनिर्माण गर्दा, सङ्गठन बनाउँदा, जुन विचार र दर्शन अँगाल्नुभएको थियो, त्यसको दिशा के थियो ? गन्तव्य के थियो ? अहिले तपाईंहरू कहाँ हुनुहुन्छ ?

    आफू उभिएको ठाउँ एकपटक नियालेर हेर्नुहोस् । विगतको समीक्षा गर्नुहोस् । कोकोबाट कति गल्ती भए ? आत्मालोचना गर्नुहोस् । जनताले अझै पनि सच्चिन सक्ने मौका दिएका छन् । बिराएको बाटोबाट फर्किनुहोस् । जहाँ पुगे पनि त्यहीँबाट सही दिशाको खोजी गर्नुहोस् ।

    शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.