काठमाडौँ । आतंकवादको विरुद्धमा भारतीय र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको छ ।
मानव अधिकार तथा शान्ति समाजको आयोजनामा शुक्रबार काठमाडौँथित भारतीय र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको हो ।
उनीहरूले शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ, आतंकवाद सदैव निन्दनीय छ र सिन्धु जल सम्झौता निलम्वन गर्नु कति मानवीय छ? भारत संसारको सबैभन्दा ठूलो लोकतन्त्र, नेपालको लोकतन्त्रविरुद्ध पनि कतैबाट षड्यन्त्र नहोस्, भारत र नेपालबीच नागरिस्तरको प्रगाढ सम्बन्ध गर्वको विषय हो, अतिवाद र आतंकवाद मानवताका शत्रु हुन्, आतंकवाद सदैव निन्दनीय छ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
यस्तै, प्रदर्शनकारीहरूले पाकिस्तानी दूतावास अगाडि पाकिस्तानः पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन– कारबाही गर, अतिवाद र आतंकवादबाट पीडित पाकिस्तान स्वयंले आतंकवादलाई अंगालो किन हालेको? शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।