• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संघीयता खारेजीको प्रस्ताव दर्ता गर्न राजमो नेताहरु संसद सचिवालयमा


  •   मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता सम्बन्धी सम्पूर्ण प्रावधानहरु खारेज गर्न संविधान संशोधनको प्रस्ताव दर्ता गर्दैछ । सो सम्बन्धी प्रस्ताव लिएर राजमो नेताहरु संसद सचिवालय पुग्नुभएको छ ।

    Advertisement

    नेपालको संविधान २०७२ मा उल्लेखित संघीयता सम्बन्धी सबै प्रावधान हटाउन प्रस्ताव दर्ता गर्न लागिएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो । प्रस्ताव दर्ता गर्न अध्यक्ष केसी, उपाध्यक्ष एवं सांसद दुर्गा पौडेल, अखिल नेपाल कानुन व्यवसायी संघका महासचिव अधिवक्ता लक्ष्मणदेव पाण्डे र सांसद पौडेलका सहयोगी अधिवक्ता रामप्रसाद भुसाल संसद सचिवालय जानुभएको हो ।

    सरकारले नेपालको नयाँ नक्सा अनुरुप निशानछाप परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि सोमबार मधेशवादी दलहरु राजपा र समाजवादीले पनि संविधान संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

    निशानछाप सम्बन्धी प्रस्तावको ध्यान अन्यत्र मोड्ने गरी अन्य प्रस्ताव नल्याउन आग्रह गरेको राजमोले संशोधनको ढोका खुलेपछि अब आफूहरुले पर्खिबस्न आवश्यक नरहेको निष्कर्षसहित संशोधन प्रस्ताव लिएर संसद सचिवालय पुगेको हो ।

    ‘संविधानमा रहेको संघीयता सम्बन्धी प्रावधान हटाउन हामीले पहिले देखि नै संशोधनको तयारी गरेका थियौं । अहिले निशानछापमा संशोधनका लागि प्रस्ताव दर्ता भएपछि अन्य विषय नघुसाउन र संशोधनको ढोका नखोल्न हामीले आग्रह गरेका हौँ’ अध्यक्ष केसीले भन्नुभयो, ‘तर, मधेशवादी दलहरुले संशोधनको ढोका खोलेका छन् । हामीले अब पर्खिरहन पर्छ भन्ने छैन ।’

    अध्यक्ष केसीले नेपालको संविधानमा रहेका समावेशिता, समानुपातिक प्रणाली, धर्म निरपेक्षता, गणतन्त्र जस्ता विषयलाई आफ्नो पार्टीले समर्थन गरेको जानकारी दिँदै संघीयताले देशको राष्ट्रियता कमजोर हुँदै गएको र जनतालाई चर्को आर्थिक बोझ परेको निष्कर्षसहित संविधान संशोधनको प्रस्ताव गरेको हो ।

    यस अघि अध्यक्ष केसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी निशानछापबारेको संशोधन प्रस्ताव पेश भएका बेला अन्य विषयमा संविधान संशोधन नगर्न अपिल गर्नुभएको थियो । अन्य कुनै पक्षले संविधानमा संशोधनसम्बन्धी कुनै प्रस्ताव ल्याएमा आफ्नो पार्टीले पनि संघीयताको खारेजसम्बन्धी आफ्नो संशोधन प्रस्तावलाई तत्काल नै प्रस्तुत गर्ने केसीले स्पष्ट पार्नुभएको थियो ।

    निशानछाप सम्बन्धी संविधान संशोधनमा अन्य विषय घुसाउनु गलतः केसी

    केसीले विज्ञप्ति प्रकाशित गरेको केहीबेरमै सोमबार मधेशवादी दलहरु राजपा र समाजवादी दलले आफ्ना एजेण्डा संविधानमा घुसाउन संविधान संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

    यस्तै, केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पनि अध्यक्ष केसीले संविधान संशोधनको ढोका नखोल्न आग्रह गर्नुभएको थियो । यदी संशोधनको ढोका खुले आफूहरुले पनि संघीयता खारेजीको प्रस्ताव दर्ता गर्ने केसीले बताउनुभएको थियो ।

    जब केसीले भन्नुभयो, संविधान संशोधनको ‘पेण्डुरम बक्स’ अहिले नखोलौं…

    मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.