• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

पहलगाम हत्याकाण्डको नाममा पाकिस्तानमाथिको आक्रमण गलत : राजमो


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भारतको पहलगाममा भएको आतंकवादी हमलाको विरोध गरेको छ । तर, उक्त आतंकवादी हमलाको नाममा भारतले पाकिस्तानमाथि गरेको आक्रमणप्रति पनि राजमोले आपत्ति जनाएको छ ।

    Advertisement

    शुक्रबार (२६ वैशाख)मा राजमोले एक वक्तव्य प्रकाशित गरी पहलगाम हत्याकाण्डका अपराधीहरूलाई पत्ता लगाएर उनीहरुलाई दण्डित गरिनुपर्नेमा जोड दिएको छ ।

    अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी वक्तव्यमा ‘अहिले भारतद्वारा त्यसका विरुद्ध भएको कारबाहीबाट कैयौँ निर्दोष महिला, बालकालिका र जनताको हत्या भएको’ भन्दै ‘निर्दोष जनताको हत्या हुने गरी भारतद्वारा गरिएको उक्त कारबाहीलाई न्यायसङ्गत मान्न सकिन्न’ भनिएको छ ।

    यस्तो प्रेस वक्तव्य
    भारतद्वारा पाकिस्तानका विभिन्न स्थानहरूमा सैनिक आक्रमण गरिएको विषयप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । ती दुवै देश बिचको युद्धले ती देशहरूमा गम्भीर क्षति पुर्‍याउने छ र त्यसको प्रभाव पुरै दक्षिण एसिया र विश्वमा पनि पर्नेछ । पहलगामको घटना निश्चय पनि आतङ्कवादी घटना हो र त्यसमा निरपराध जनताको हत्या भएको छ । हामीले उक्त कारबाहीको तीब्र शब्दमा विरोध र भ्रत्र्सना गर्दछौँ । पहलगाम हत्याकाण्डका अपराधीहरूलाई पत्ता लगाएर उनीहरुलाई दण्डित गरिनुपर्नेमा हामीले जोड दिन्छौँ । त्यो आतङ्कवादी घटना हो र अहिले भारतद्वारा त्यसका विरुद्ध भएको कारबाहीबाट कैयौँ निर्दोष महिला, बालकालिका र जनताको हत्या भएको छ । निर्दोष जनताको हत्या हुने गरी भारतद्वारा गरिएको उक्त कारबाहीलाई न्यायसङ्गत मान्न सकिन्न र हामीले त्यस प्रकारको कारबाहीको विरोध गर्दछौँ । पहलगाम हत्याकाण्डको नाममा कुनै देशमाथि आक्रमण गर्नु र युद्धको लागि स्थिति तयार पार्नु कुनै पनि अवस्थामा सही हुन सक्दैन ।

    भारत र पाकिस्तान दुवै आणविक शक्ति सम्पन्न राष्ट्र हुन् र उनीहरूको बिचको युद्धमा आणविक अस्त्रहरूको प्रयोग भएमा त्यसले मानवजातिलाई विनाशको बाटोमा लैजाने छ । त्यस प्रकारको परिस्थिति आउन नदिन आपसी मतभेद र विवादका विषयलाई दुबै देशले परस्परमा छलफल गरेर टुुङ्ग्याउनु पर्दछ र त्यसका लागि हामीले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय संघ संस्थाहरुको समेत ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    काश्मिरका जनताले लामो समयदेखि जनमत सङ्ग्रहद्वारा आफ्नो भाग्यको फैसला गर्ने आत्मनिर्णयको अधिकारका लागि संघर्ष गर्दै आएका छन् । त्यस सम्बन्धमा भारत र पाकिस्तान दुवै देशले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सम्झौता गरेका छन् । पछि भारतले उक्त सम्झौतालाई अस्वीकार गरी काश्मिरमा अधिकार जमाएकोले त्यहाँ अशान्ति भएको थियो । हामीले काश्मिरका जनताको अधिकारको संघर्षको सम्मान गर्दछौँ र त्यहाँका जनताको न्यायपूर्ण मागलाई दृढतापूर्वक समर्थन गर्दछौँ । काश्मिरका जनताको सङ्घर्षको मागलाई दबाउनु कुनै पनि अवस्थामा सही नभएको कुरा प्रष्ट छ । उनीहरूले उठाउँदै आएको न्यायपूर्ण मागको समस्या समाधान गर्ने तर्फ कदम उठाउनु नै सबैभन्दा राम्रो हुनेछ । त्यसैले हामीले उनीहरूको जनमत सङ्ग्रहको मागलाई पनि समर्थन गर्न चाहन्छौँ । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको सम्झौतालाई कार्यान्वयन गरेर ती देशले अहिलेको तनावको समाधान गर्नुपर्नेमा समेत हामीले विशेष जोड दिन चाहन्छौँ ।

    २०८२ वैशाख २६ गते
    चित्रबहादुर केसी
    अध्यक्ष

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.