तौलिहवा । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जिल्लाको चार ठाउँमा सभा सम्पन्न गरेको छ ।
प्रतिगामी खतराको विरोध गर्दै २०८२ वैशाख २४ गते बुधबार सो कार्यक्रम सम्पन्न भएका हुन् ।
जिल्लाको कृष्णनगरमा सम्पन्न सभालाई सम्बोधन गर्दै राजामो कपिलवस्तुका सचिव केरसिंह अदैले नेपालमा अब पारिवारिक राजतन्त्र नचल्ने बताउनु भयो ।
उहाँले राष्ट्रिय जनमोर्चाले सङ्घीयता विदेशी चलखेलबाट आएको हो भन्ने दाबीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाणित गरिदिएको बताउनुभयो ।

सो सभाको सञ्चालन राजमो कपिलवस्तुका कोषाध्यक्ष केहरसिंह पुनले गर्नुभएको थियो ।
बहादुरगञ्जको सभा लाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय प्रतिनिधि रामबहादुर विकले सम्बोधन गर्नुभएको थियो ।
नेपालमा राजतन्त्र ल्याउन वर्षौंदेखि राजतन्त्रबाट स्वार्थ लिएका, जमिन्दार वर्ग र नबुझेका युवाले प्रचार गरेको बताउँदै उहाँले नेपाली जनता सचेत हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उक्त कार्यक्रमको सञ्चालन पनि राजमो कपिलवस्तुका कोषाध्यक्ष केहरसिंह पुनले गर्नुभएको थियो ।
शिवराज नगरपालिकाको रुद्रपुरचोकमा भएको सभालाई राजमो कपिलवस्तुका कोषाध्यक्ष केहरसिंह पुनले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन मूल प्रवाहका नेता रामबहादुर विकले गर्नुभएको थियो ।
त्यसैगरी, विजयनगरको फरेनीचोकमा सम्पन्न सभालाई राजमो कपिलवस्तुका सचिव केरसिंह अदै र मूल प्रवाहका प्रतिनिधि रामबहादुर विकले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन केहरसिंह पुनले गर्नुभएको थियो ।
