कावासोती । राष्ट्रिय जनमोर्चा नवलपुरले हुप्सेकोट–१ बेलुवामा सभा सम्पन्न गरेको छ ।
गणतन्त्ररक्षार्थ सप्ताहब्यापी कार्यक्रमअन्तर्गत २०८२ वैशाख २४ गते बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
सहिदको सम्मानमा एक मिनेट मौनधारण गरी अगाडि बढेको सभामा राजमो केन्द्रीय सदस्य भागिरथ भट्टराई, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, नेकपा (मसाल) नवलपुरका प्रवक्ता शालिकराम सापकोट र राजमो नवलपुरका जिल्ला सदस्य शिवलाल लामिछानेले मन्ख्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका उद्घोषण राजमो हुप्सेकोटका सचिव सूर्य छन्त्यालले गर्नुभएको थियो। उक्त सभामा राजमो सल्लाहकार होमराज कँडेल र वरिष्ठ राजमो सस्य दिलबहादुर साठीघरेको पनि उपस्थिति रहेको थियो ।
राजमो हुप्सेकोटका अध्यक्ष मानबहादुर लामाको अध्यक्षताामा अघि बढेको सो कार्यक्रममा स्वागत मन्तव्य रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य भक्त उचैले राख्नुभएको थियो ।
कार्यक्रममा गणतन्त्रको रक्षाका लागि प्रतिगमनको विरुद्व नारासमेत लगाइएको थियो ।
