कृष्ण केसी, भरतपुर ।
Advertisement
चितवनको पर्सा र रत्ननगर नगरपालिकाको टाँडीमा प्रतिगामी खतरा विरुद्ध कोणसभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा चितवनको आयोजनामा २०८२ वैशाख २३ गते बुधबारका दिन सो कार्यक्रम सम्पन्न भएका हुन् ।
खैरहनी नगरपालिकाको पर्साबजार र रत्ननगरपालिका टाँडीमा सम्पन्न सभालाई राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्री र नेकपा (मसाल) चितवनका प्रवक्ता भविश्वर शर्माले सम्बोधन गर्नुभएको थियो ।

वक्ताहरूले सत्तारूढ गणतान्त्रिक भनिने दलकै कुशासनका कारण प्रतिगामी खतरा बढ्दै गएको बताउनुभयो ।
प्रतिगामी खतराको विरुद्ध तथा दलहरूको कुशासनको विरुद्ध आवाज उठाउनु अहिलेको आवश्यकता रहेको उहाँहरूको भनाइ थियो ।
सभाको सञ्चालन राजमो चितवनका सचिव पदम वाग्लेले गर्नुभएको थियो ।
