चितवन । नेकपा (मसाल) ले पार्टी सदस्य मञ्जु शर्मा आचार्य (का. विहानी) प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
Advertisement
बुधबार (वैशाख २४ गते) नेकपा (मसाल) चितवनले उहाँकै निवासमा शोक सभाको आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको हो ।
नेकपा (मसाल) चितवन जिल्ला प्रवक्ता भविश्वर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यद्वय राजेन्द्र ढुंगाना र डम्बर पुरीले उहाँको योगदानबारे प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्रीले परिवारलाई स्मृतिशेष शर्माको फोटोफ्रेम हस्तान्तरण गर्नुभयो ।
नारायण चालिसेले सञ्चालन गर्नुभएको कार्यक्रममा मञ्जुको तस्बिरमा माल्यार्पण गरिएको थियो भने परिवारका तर्फबाट महाश्रम आचार्यले धन्यवाद व्यक्त गर्नुभयो ।
मञ्जु आचार्यप्रति मसालको श्रद्धाञ्जली