काठमाडौँ । नेकपा (मसाल) ले चितवनकी मञ्जु आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
हिजो वैशाख २० गते उहाँको निधन भएपछि २०८२ वैशाख २१ गते आइतबार शोकवक्तव्य जारी गर्दै मसालले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा जारी उक्त वक्तव्यमा मञ्जुको निधनबाट मसालको आन्दोलनलाई गम्भीर क्षति पुगेको बताइएको छ ।
यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :
“चितवन जिल्ला कालिका नगरपालिका निवासी कामरेड मञ्जु आचार्य (का. बिहानी) को २०८२ वैशाख २० गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. आचार्य हाम्रो पार्टीको इमानदार, लगनशील र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँले पार्टी र विभिन्न जनवर्गीय मोर्चामा रहेर काम गर्नुभएको थियो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति पुगेको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ ।”