• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कमरेडले आत्मसमर्पण गरेको त्यो दिन


  •   सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
  • केही दिन पहिले शशिभर भण्डारीको ‘इतिहासको संयोग वा विचारधाराको विजोग’ भन्ने लेख नयाँ युगबोध अनलाइनमा प्रकाशित भएको थियो । उक्त लेखमा उहाँले नेकपा (मसाल)को विचारधाराको आलोचना मात्रै होइन, महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको व्यक्तिगत चरित्रहत्या गर्नुभएको छ । एउटा उच्च तहको मानिएको नेताबाट व्यक्तिगत चरित्रहत्याको कल्पना गरिंदैन ।

    Advertisement

    हाम्रा साथीहरुको एउटा समस्या के छ भने विचारमाथिको बहस गर्दा व्यक्तिगत इगो लिने, चरित्रहत्या गरिदिने र बोलचाल समेत बन्द गर्ने । कतै शशिधर भण्डारीले मसँग त्यस्तै प्रकारले व्यवहार अपनाउनुहुने त होइन ? व्यक्तिगत रुपमा हाम्रो सम्बन्ध राम्रो छ । विचारमा फरकपन आउँदैमा र सार्वजनिक रुपमा बहस हुँदैमा व्यक्तिगत सम्बन्धमा चिसोपन आइहाल्नुपर्छ र बोली बार्नुपर्छ भन्ने मलाई लाग्दैन । आशा छ, शशिधर भण्डारीबाट त्यस्तो हुने छैन ।

    कुनै पनि व्यक्तिको व्यक्तिगत चरित्रहत्या र भण्डाफोर कहिल्यै पनि नगर्ने मेरो घोषित नीति हो । मैले विचारको तहमा मात्रै बहस गर्न रुचाउँछु । कसैका व्यक्तिगत आनीबानी र चरित्रमाथि सार्वजनिक रुपमा प्रश्न उठाउने जुनसुकै व्यक्ति स्वयं चरित्रहीन हो वा चरित्रवान हो भन्ने छुटट्याउने जिम्मा पनि पाठककै हो । नेकपा (मसाल)मा लामो समय काम गर्नुभएकोले उहाँले कसैको चरित्रहत्या गर्नुहुने छैन भनेर मैले पनि अपेक्षा गरेको थिएँ । तर उहाँबाट त्यो अपेक्षा पूरा भएको पाइन । त्यसैले म आफै लज्जित छु । किन पनि लज्जित छु भने उहाँसँग मैले झण्डै सात वर्ष सुखदुखमा हाँक साप्ताहिकमा विताएको छु । र, कैयौं पल ती दुखका दिनहरु सम्झन्छु ।

    १. शशिधर भण्डारीले पार्टी महाधिवेशन सम्पन्न भएको एक वर्षपछि नेकपा (मसाल)लाई दक्षिणपन्थी करार गर्नुभएको छ । उहाँलाई दक्षिणपन्थी करार गर्न किन एक वर्ष लाग्यो त ? किनभने उहाँ पार्टीभित्र रहुञ्जेल पार्टी क्रान्तिकारी नै थियो । अब पार्टीबाट बाहिरिएपछि दक्षिणपन्थी करार गर्न थाल्नुभएको छ । पार्टीबाट बाहिरिने सबै साथीहरुले पार्टीलाई दक्षिणपन्थी नै करार गरिरहेको इतिहास हुनाले यो कुनै नयाँ आरोप होइन । जुन आरोप ४० वर्षदेखि नेकपा (मसाल)माथि लागिरहेको छ । बासी आरोपको खण्डन गर्नुपर्ने आवश्यकता रहेन ।

    नेकपा (मसाल) एउटा क्रान्तिकारी पार्टी हो । यसले सर्वहारा, मजदुर, किसान र गरिब जनताको पक्षपोषण गर्दछ । नेकपा (मसाल)ले वैज्ञानिक समाजवाद स्थापनाको उद्देश्य लिएको छ र आफ्नो घोषित उद्देश्यबाट विचलित भएको छैन । शशिधर भण्डारीले खोज्नुभएको पार्टीको उद्देश्य चाहिं के हो थाहा हुन सकेन ।

    २. उहाँले पार्टीलाई एसमेनहरुको गुट भन्नुभएको छ । अर्थात् नेकपा (मसाल)लाई पार्टी स्वीकार गर्न छोड्नुभएको छ । अब उहाँको परिभाषामा नेकपा (मसाल) पार्टी होइन, गुट हो । हिजोसम्म महान् पार्टी रातारात कसरी गुटमा परिणत भयो, त्यसबारे खुलाउन सक्नुभएको छैन । भन्दिए भयो, एसमेनहरुको गुट । क्या सजिलो । यस विषयमा पनि थप टिप्पणी गर्नुपर्छ जस्तो लाग्दैन ।

    उहाँको लेख स्वीकार गर्ने जति सबै क्रान्तिकारी, अरु चाहिं सबै एसमेनहरुको गुट ? जब कि पार्टीभित्र उहाँले भनेजस्तै विगतका अल्पमतहरुका साथीहरु पनि छन् । ती साथीहरु पार्टीका हुन् कि गुटका ? के उहाँले यसको जवाफ स्वयं हिजोका अल्पमतका साथीहरुलाई दिन सक्नुहुनेछ ? नेकपा (मसाल)लाई गुट करार गरेर उहाँले अल्पमतका भनिएका साथीहरुकै अपमान गर्नुभएको छ । के अल्पमतका भनिएका सबै साथीहरुले नेकपा (मसाल)लाई गुट भन्नुभएको छ ? होइन, त्यस्तो हुँदै होइन, उहाँहरुले नेकपा (मसाल)लाई गौरवशाली क्रान्तिकारी पार्टी मान्दै आउनुभएको छ ।

    शशिधर भण्डारीले गुट भनेर अपमान गर्दैमा अल्पमतका साथीहरुको पार्टीप्रतिको आस्था, लगाव, प्रतिबद्धतामाथि प्रश्न उठाउने हिम्मत शशिधर भण्डारीलाई कसरी प्राप्त भयो ? निश्चित रुपमा अल्पमतका भनिएका साथीहरुले शशिधर भण्डारीलाई प्रश्न सोध्नु नै हुनेछ ।

    ३. पार्टी नेतृत्वको खुला गुणगान र पार्टी नेतृत्वको व्यक्तिगत चरित्रहत्या यी दुवै घातक प्रवृत्ति हुन् । उहाँ र मैले लामो समयसम्म हाँक साप्ताहिकमा सँगै काम गरेका थियौं । उहाँले दर्जनौं लेखरचनाहरुमा मोहनविक्रम सिंहको खुला गुणगान गाउनुभएको थियो । त्यतिबेला मलाई अनौठो लाग्थ्यो । यसरी खुला गुणगान गाउनुको अर्थ के होला ? अब शशिधर भण्डारी फेरिनुभएको छ । उहाँले खुलारुपमा व्यक्तिगत चरित्रहत्या गर्नतिर लाग्नुभएको छ ।

    सायद उहाँले यो सोच्नुभएको थिएन होला कि कुनै दिन यसरी व्यक्तिगत रुपमा खुला चरित्रहत्या गर्ने दिन आउनेछन् । व्यक्तिगत गुणगान र व्यक्तिगत चरित्रहत्या गर्ने प्रवृत्ति सही होइन भन्ने कुरामा उहाँ जानकार हुनुहुन्छ । तर पनि उहाँले त्यही गरिरहनुभएको छ । उहाँले त्यतिबेला किन खुला गुणगान गाउनुभयो होला र अहिले किन चरित्रहत्या गर्नुभयो होला । यो अनुमान गर्ने जिम्मा चाहिं मैले पाठकहरुलाई नै छोडिदिन्छु ।

    ४. राष्ट्रिय जनमोर्चा सरकारमा जानु हुन्थ्यो कि हुने थिएन भन्ने कुरा पार्टीभित्र र बाहिर पनि हिजो पनि बहस भएको थियो र पछि पनि बहस भइ नै रहनेछ । पार्टीको बहुमतले सरकारमा जाने निर्णय गरेको थियो र उक्त निर्णयलाई पार्टीको राष्ट्रिय भेलाले अनुमोदन गरेको थियो । त्यस कुरामा असहमति राख्ने साथीहरु अहिले पनि हुनुहुन्छ र भविष्यमा कुनै पनि दिन उक्त निर्णय गलत थियो भन्ने लागेमा निर्णय पुनरावलोकन अधिकार पार्टीमा सुरक्षित छ । किनभने पार्टीले विगतमा गरेका कैयौं निर्णयहरु पुनरावलोकन गरेका उदाहरणहरु छन् ।

    पार्टीका साथीहरुले पार्टीभित्र आफ्नो मत प्रकट गरिरहेकै छन् । पार्टीभित्र सैद्धान्तिक आलोचना गरिनुलाई बेठीक मान्न सकिंदैन । तर उहाँले चित्रबहादुर केसीलाई सरकारमा गएको बेलामा तातोपानी र चिसो पानीका उखान सुनाएको भनेर व्यक्तिगत आलोचनामा उत्रिनुभएको छ । यसरी व्यक्तिगत आलोचनामा ओर्लनेगरी व्यवहार नगरेको भए उचित हुन्थ्यो भनेर केही महिनापछि आफ्नै लेख पढ्दा पनि उहाँलाई त्यो अनुभव हुनेछ भनेर मैले कल्पना गरिरहेको छु ।

    ५. उहाँले बहुमत पक्षका साथीहरुलाई चम्चाहरु भन्दै अपमान गर्नुभएको छ । पार्टीका नेताकार्यर्ताहरु उहाँलाई कहिलेदेखि चम्चा लाग्न थाले ? विगतको अल्पमतलाई समर्थन गर्दा क्रान्तिकारी भइने र बहुमतलाई समर्थन गर्दा चम्चा भइने ? यो कस्तो खालको विश्लेषण हो ?

    मलाई प्रश्न सोध्न मन लागेको छ, पार्टीकै सहकर्मी साथीहरुलाई चम्चा भन्ने हिम्मत चाहिं कसरी आयो कमरेड ? तपाइँलाई मन नपरेका जति सबै चम्चाहरु हुन् ? यसरी सार्वजनिक रुपमा आफ्नै साथीहरुलाई चम्चा भन्नुमा तपाइँमा कुनै प्रकारको ग्लानी महसुस भएन ? आफूलाई एउटा क्रान्तिकारी भन्ने नेताले आफ्नै साथीहरुलाई यो हदसम्म कसरी अपमान गर्न सक्छ ? यस विषयमा मलाई यो भन्दा धेरै भन्न मन लागेन ।

    ६. शशिधर भण्डारी कैयौं ठाउँमा महामन्त्री र चित्रबहादुर केसीको चरित्रहत्यामा उत्रिनुभएको छ । तपाइँ यसरी चरित्रहत्या गर्ने तहमा कसरी पुग्नुभयो कमरेड ? व्यक्तिगत चरित्रहत्याको लागि फरक सिद्धान्त प्रतिपादन गनुएभएको भए बेग्लै कुरा भयो । तर सामान्यतया दुश्मनहरुको पनि व्यक्तिगत चरित्रहत्या गरिंदैन । त्यही काम एउटा क्रान्तिकारीबाट कसरी हुन गयो ? शशिधर भण्डारीको नामबाटै अरु कसैले लेखिदिएको लेख होइन तर विभिन्न अनलाइनहरुले शीर्षक फेरेको भन्ने कुरा उहाँले फेसबुकबाट पनि जानकारी गराउनुभएको थियो ।

    ७. अन्त्यमा, एउटा कुरा । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते निरंकुश शासन चलाए । शशिधर भण्डारीले राजाको प्रतिगामी कदमको समर्थन गर्दै हाँक साप्ताहिकमा सम्पादकीय लेख्नुभयो । जब कि कांग्रेस, एमाले निकटका पत्रिकाहरुले पनि त्यसरी खुला रुपमा शाही कदमको समर्थनमा लेखेका थिएनन् । तपाइँले लेख्नुभयो । त्यो एक प्रकारको आत्मसमर्पण थियो । राजाले प्रतिगमन गर्दैमा एउटा क्रान्तिकारीले आत्मसमर्पण गर्ने तहमा कसरी पुग्यो कमरेड ? वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मोहनविक्रम सिंह, केपी ओली कसैले पनि लामो समय जेल बस्दा समेत एक शब्दमा पञ्चायत स्वीकार गर्छु भनेको भए जेल बस्नु पर्ने थिएन । तर उनीहरुले कहिल्यै त्यसो गरेनन् । तपाइँले एउटा क्रान्तिकारी पत्रिकाको हेडक्वार्टरमा बसेर शाही कदमको समर्थन कसरी गर्न सक्नुभयो ? तर जसरी गरे पनि गर्नुभयो । पञ्चायतविरुद्धको इतिहास बोकेको पत्रिकामाथि कलंक लगाइदिनुभयो र आज तपाइँ त्यही पत्रिकाको सम्पादक हुनुहुन्छ र व्यक्तिगत रुपमा नेकपा (मसाल)लाई दक्षिणपन्थी र आफूलाई क्रान्तिकारी घोषणा गर्नुभएको छ ।

    के तपाइँले त्यो सम्पादकीयप्रति कहिल्यै पश्चाताप गर्नुभयो ? खुला आत्मालोचना गर्नुभयो ? युगबोध अनलाइनमा तपाइँको त्यो लेख पढेपछि मलाई यही प्रश्न सोध्न मन थियो । यो तपाइँप्रतिको व्यक्तिगत आलोचना होइन कमरेड । तपाइँले क्रान्तिकारी विचारमाथि गर्नुभएको आत्मसमर्पणमाथि प्रश्न उठाइएको हो । आशा छ, तपाइँले उचित जवाफ दिनु हुने नै छ ।

    सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.