• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नीति तथा कार्यक्रमबारे अध्यक्ष केसीको टिप्पणी : काशी जानु कुतीको बाटो


  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले देशको वर्तमान अवस्थामा सरकारी रवैयाबारे टिप्पणी गर्दै ‘काँशी जानु कुतीको बाटो’ को स्थिति भएको बताउनुभएको छ ।

    Advertisement

    २०८२ वैशाख २२ गते आइतबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि पार्टीको धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

    सरकार निजीकरण, उदारीकरण र खुला बजार अर्थतन्त्रको दिशामा अघि बढेको बताउँदै उहाँले भन्नुभयो– “कुतीको बाटो प्रयोग गरेर काँशी पुगिँदैन सभामुख महोदय ।”

    १० बुँदे मन्तव्य प्रस्तुत गर्दै उहाँले सरकारको नीति तथा कार्यक्रम परम्परागत प्रकारको रहेको उल्लेख गर्नुभयो ।

    कुल बजेटको ८३ प्रतिशत प्रशासनिक खर्चमा जाने र मात्रै १७ प्रतिशत बजेट विकास खर्चमा जाने उल्लेख गर्दै उहाँले सङ्घीयताको अनौचित्यतर्फ सङ्केत गर्नुभयो ।

    सम्पूर्ण नीति तथा कार्यक्रममा दलित शब्दको प्रयोग नहुनु, राष्ट्रियता र प्रवासी नेपालीको मताधिकारबारे मौन रहनु, विद्यार्थीको विदेश पलायनबारे योजना नबनाउनु सरकारको कमजोरी रहेको बताउँदै अध्यक्ष केसीले प्रतिगामी खतराबारे उल्लेख गर्नुलाई पनि स्वागतयोग्य बताउनुभयो ।

    यस्तो छ, अध्यक्ष केसीको मन्तव्यको पूर्ण पाठ :

    सम्माननीय सभामुख महोदय,

    १. नेपाल सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति र कार्यक्रम परम्परागत प्रकारको छ । दशकौँदेखि विभिन्न विषयमा अगाडि सारिएका नीति र कार्यक्रम कार्यान्वयन हु“दैन वा कार्यान्वयनका लागि कुनै प्रयास सरकारबाट हुँदैन । तिनै नीति हरेक वर्षका वार्षिक नीति तथा कार्यक्रममा दोहोरिने गरेका छन् । अहिलेको सरकारको नीति र कार्यक्रम पनि त्यसको अपवाद हुन सकेन ।

    सभामुख महोदय,

    २. कार्यान्वयन गर्नुनपर्ने तर लोकरिझ्याइँका लागि ती नीति र कार्यक्रमलाई दोहोराई रहनुपर्ने सरकारी रवैयाका कारण योपटकको नीति र कार्यक्रमको कार्यान्वयनमा आम नेपाली जनता र संसद्ले शङ्का गर्नु स्वाभाविक नै हो ।

    ३. २०६२–६३ सालको जनआन्दोलनका उपलब्धिलाई खतम गर्न, प्रतिगामी तथा पुनरुत्थानवादी शक्तिले पूरा जोड लगाइरहेका छन् । त्यसमा विदेशी शक्तिले पनि साथसहयोग दिइरहेका छन् । यो स्थिति पैदा हुनुमा गणतन्त्रवादीको अदूरदर्शिता, सत्तालिप्सा र कुशासनले काम गरेको छ । गणतन्त्रमाथि गम्भीर खतरा पैदा भएको विद्यमान अवस्थामा २०६२–६३ का उपलब्धिको रक्षा तथा प्रतिगामी पुनरुत्थानवादी गतिविधिको प्रतिपादन गर्ने सरकारको प्रतिबद्धता ठिक छ । त्यसलाई हाम्रो दल राष्ट्रिय जनमोर्चाले समर्थन गर्दछ ।

    ४. सरकारको नीति र कार्यक्रमले संविधान संशोधनमा जोड दिएको छ । संविधान संशोधनको कुरालाई हाम्रो दल राष्ट्रिय जनमोर्चाले पनि समर्थन गर्दछ । राष्ट्रिय जनमोर्चाले संविधानमा भएको सङ्घीयता तथा जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानले वंशजको नागरिकता पाउने प्रावधानसहितका गलत कुराको खारेजीमा जोड दिन्छ ।

    ५. सरकारको वार्षिक नीति तथा कार्यक्रमले समाजवादउन्मुख अर्थतन्त्रमाथि जोड दिएको छ तर भूमिमाथि सामन्ती स्वामित्व कायम राखेर सार्वजनिक संस्थालाई कौडीको मूल्यमा व्यक्तिविशेषलाई बिक्री गरेर निजीकरण, उदारीकरण र खुला अर्थतन्त्रमा जोड दिएर समाजवादोन्मुख अर्थतन्त्रको मिठो सपना जनतालाई देखाउने काम गरिएको छ । कुतीको बाटो प्रयोग गरेर काँशी पुगिँदैन सभामुख महोदय ।

    ६. मुलुकमाथि बढ्दो प्रशासनिक खर्चको भारलाई घटाउन विगतदेखि सरकारले विभिन्न उपाय अगाडि सार्दै आएको छ । सभामुख महोदय ती टालटुले उपाय मात्र हुन् । नेपाल राष्ट्र बैङ्कले मुलुक सङ्घीयतामा गएपछि वार्षिक बजेटको ८३ प्रतिशत रकम प्रशासनिक क्षेत्रमा खर्च हुने गरेको बताएको छ । यसको अर्थ हुन्छ– जम्मा १७ प्रतिशत रकम मात्र पु“जीगत खर्चका लागि विनियोजन हुने गर्दछ । त्यो १७ प्रतिशत पु“जीगत खर्च पनि कार्यान्वयन हुने गरेको छैन । प्रदेशको शासकीय स्वरूपलाई कायम राखेर केही थान सरकारी संरचना वा कर्मचारीको कटौती वा एउटा कार्यालयको काम अर्को कार्यालयमा गाभेर मुलुकलाई प्रशासनिक खर्चको मारबाट जोगाउन सकिँदैन । त्यसैले मुलुकलाई ठुलो पैमानाको प्रशासनिक खर्चको मारबाट जोगाउनुछ भने प्रदेशको शासकीय स्वरूप खारेज गर्नुको विकल्प छैन ।

    ७. हाम्रो मुलुकको संविधानले नै समावेशिताको सिद्धान्तलाई स्वीकार गरेको छ । आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिकोणले पछाडि परेका दलित समुदायका पक्षमा सरकारको वार्षिक नीति र कार्यक्रममा नअटाउनु निकै खेदजनक रहेको छ । ५६ पृष्ठ लामो सम्माननीय राष्ट्रपतिको भाषणमा दलितले स्थान नपाउनु सिङ्गो दलित समुदायलाई उपेक्षा गर्नु हो ।

    ८. सार्वजनिक संस्थालाई बिक्री गरेर निजीकरणमा नीति र कार्यक्रमले जोड दिएको छ, जुन गलत छ । नवलपुरको हुप्सेकोटस्थित धौवादीको फलामखानीलाई पनि सार्वजनिक–निजी साझेदारी मोडेलमा सञ्चालन गर्ने कुरा नीति र कार्यक्रममा परेको छ । दैलेखको पेट्रोलियम खानी र नवलपुरको धौवादी फलाम कम्पनी सार्वजनिक मोडेलमा नै सञ्चालन गर्नुपर्छ ।

    ९. नीति र कार्यक्रम राष्ट्रियताको रक्षाको सवालमा मौन छ । कालापानीमा भारतीय सेना अहिले पनि तैनाथ छन् । कालापानीसहितको भूभागलाई आफ्नो नक्सामा सामेल गरेर सर्वसम्मतले संसद्ले पारित गरेको थियो । उक्त नक्सालाई संयुक्त राष्ट्र सङ्घसहित नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकमा पठाउनेबारेमा समेत सरकारको कुनै नीति र कार्यक्रम देखिएन ।

    १०. सरकारले प्रवासी नेपालीको मताधिकारको विषयमा समेत कुनै नीति र कार्यक्रम अगाडि सारेको छैन । बौद्धिक तथा विद्यार्थीको विदेश पलायनलाई रोक्न कुनै कार्यक्रम छैन ।

    सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.