• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

१६ जना अट्ने गाडीमा ३३ जना राखेर दुर्घटना गराउनेमाथि कारबाही गरः राजमो


  •   सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सोमबार बिहान बाँकेमा भएको सवारी दुर्घटनाको छानविन गरी दाषीउपर कारबाही गर्न माग गरेको छ ।

    Advertisement

    सोमबार उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पोडेलले एक वक्तव्य प्रकाशित गरी १६/१७ जना अट्ने गाडीमा ३३ जना राखेर दुर्घटना गराएको भन्दै सम्बन्धित क्षेत्रका जिम्मेवार व्यक्तिमाथि कारबाहीको माग गर्नुभएको हो ।

    सोमबार राति भारतबाट फर्केका नेपालीहरुलाई रुपैडिया नाकाबाट उद्धार गरी सल्यान जान लागेको गाडी बाँकेमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

    वक्तव्यमा राजमो उपाध्यक्ष पौडेलले आगामी दिनमा त्यसखालका दुर्घटना हुन नदिन सचेत रहन तथा मृतकका परिवारलाई उचित क्षतिपुर्ती दिन र घाइतेहरुको उपचार गर्न, भारतबाट आएका सबै नेपालीको उचित स्वास्थ्य परीक्षण एवं क्वारेन्टिनको व्यवस्था गर्न माग गर्नुभएको छ ।

    यस्तो छ प्रेस विज्ञप्तिः
    ‘भारतबाट आएका नेपालीहरूलाई रूपहैडियाबाट उद्धार गरी नेपालगञ्जबाट दाङ–सल्यानतर्फ जान लागेको गाडी बाँकेको जङ्गलमा दुर्घटनाग्रस्त भई १२ जनाको मृत्यु र २१ जना घाइते भएको समाचारप्रति राष्ट्रिय जनमोर्चा स्तब्ध भएको छ । हामीले सबै मृतकहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनीहरूका सन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गर्दछौँ । घाइतेहरूको समुचित उपचारको लागि सरकारसित अनुरोध गर्दछौँ ।

    उक्त दुर्घटनाका सन्दर्भमा हामीले २ वटा कुराहरू विशेष रूपले उठाउन चाहन्छौँ । पहिलो, उक्त करिब १६÷१७ जनाको क्षमता भएको गाडीमा करिब ३३ जना मानिसहरू राखिएको कुरा स्वयम् मृतक र घाइतेहरूको सङ्ख्याबाट पुष्टि हुन्छ । त्यति ठूलो सङ्ख्यामा मानिसहरूलाई किन गाडीमा राखियो र प्रहरीले पनि त्यसका लागि किन अनुमति दियो रु त्यो गम्भीर र आपत्तिजनक प्रश्न हो । त्यसबारे छानवीन भई सम्बन्धित प्रहरी वा प्रशासनमाथि कारवाही हुनुपर्दछ भन्ने हाम्रो मत छ ।

    दोश्रो, हामीले सँधै यो कुरामा जोड दिंदै आएका छौँकि, मृतकहरूका परिवारहरूलाई क्षतिपूर्ति दिइनुपर्दछ । त्यसको जिम्मा सरकारले नै लिनुपर्दछ । अहिलेको बाँकेको घटनामा मात्र होइन, कुनै पनि बस वा गाडीहरूमा दुर्घटना भएर मृत्यु हुने व्यक्तिहरूका परिवारहरूलाई क्षतिपूर्ति दिने व्यवस्था हुनुपर्दछ र त्यसको उत्तरदायित्व सरकारको नै हुनुपर्दछ ।

    अहिले भारतबाट अत्याधिक सङ्ख्यामा मानिसहरू नेपालमा आइरहेका छन् । उनीहरू आफ्नो देशमा आउनुलाई गलत भन्न सकिन्न र नेपालमा आएपछि उनीहरूको स्वास्थ्यको परिक्षण, क्बारेन्टाइन, उपचार समेतको व्यवस्था गर्नु सरकारको दायित्व हुन्छ ।

    अहिले त्यसरी बाहिरबाट आउनेहरूको स्वास्थ्य जाँच र क्बारेन्टाइन समेतको व्यवस्था गर्ने जिम्मेवारी पालिकाहरूलाई नै सुम्पिएको छ । तर उनीहरूको लागि त्यति ठूलो व्यवस्था गर्नु वा खर्च जुटाउनु सम्भव हुने कुरा होइन । त्यसकारण त्यो पूरै जिम्मेवार केन्द्रले लिनुपर्दछ र आवश्यकताअनुसार पालिकाहरूलाई सहायता गर्नुपर्दछ ।

    स्वास्थ्य जाँच गर्ने उपकरणहरूको अभावमा धेरैतिर स्वास्थ्य जाँच हुन सकेको छैन । क्बारेन्टाइनमा बसेका मानिसहरूको स्वास्थ्य जाँचका लागि पनि पर्याप्त व्यवस्था हुन सकेको छैन । त्यसको परिणामास्वरूप देशमा सङ्क्रमणले व्यापक र महामारीको रूप लिने खतरा छ । त्यसकारण त्यस्तो स्थिति उत्पन्न हुनुभन्दा पहिले नै त्यसका लागि ध्यान दिनका लागि हामीले सरकारसित अपील गर्दछौँ ।’

    सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.