काठमाडौँ । राष्ट्रिय जनमोर्चा, पाल्पाका अध्यक्ष विशाल दर्लामीको जनवादी गीत ‘ऊ नदीको बेगसँगै लढ्दै पौडिरहने’ सार्वजनिक भएको छ ।
Advertisement
दर्लामीको शब्द रचना रहेको गीतमा स्वर पनि उहाँकै छ ।
गीतलाई रक्तिम सांस्कृतिक अभियानका महासचिव एवम् जनवादी कलाकार हेमराज आश्रमले संगीत दिनुभएको छ ।
गीतको अडियो आश्रम म्युजिकमार्फत शनिबार सार्वजनिक भएको हो ।
दर्लामीको स्वरमा पहिलो गीत सार्वजनिक भएपनि स्वर र शब्द चयनको सुन्दर संयोजन गीतमा सुन्न सकिन्छ ।
गीतले जतिसुकै हन्डर, ठक्कर पाएपनि लक्ष्य प्राप्तिका लागि अघि बढरहनुपर्छ भन्ने सन्देश दिएको छ ।
‘ऊ नदीको बेगसँगै लड्दै पौडिरहने
खोँचहरूमा ठोक्किँदै, छालहरूमा तैरिँदै,
पहाड फोरेर निस्किएको
चम्किलो तारा ऊ…’