काठमाडौँ । बागमती प्रदेशमा सवारी धनी प्रमाणपत्र (ब्लु बुक) नागरिक एपमै आवद्ध गर्ने कार्यको शुभारम्भ गरिएको छ।
Advertisement
शुक्रबार काठमाडौँमा सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले इ–ब्लु बुकको उद्घाटन गरे।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा नागरिक एपमा इ–ब्लु बुकको शुरुवात गरिएको हो।
इ–ब्लु बुक प्रणालीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक डिजिटल युगमा रहेको प्रमाणित गर्ने कामको सुरुवात बागमती प्रदेशको यातायात मन्त्रालयले गरेको बताए। उनले नेपाल प्रविधिमा फड्को मार्ने युगमा रहेको उल्लेख गर्दै बागमती प्रदेश सरकारले गरेको नवीनतम कार्यको अन्य प्रदेशहरुले पनि सिको गर्नुपर्ने बताए।