कृष्ण केसी, भरतपुर ।
विद्यार्थी सहिद मित्रमणि आचार्यले सहादत प्राप्त गरेको जिल्ला चितवनमा उहाँप्रति सम्मान व्यक्त गर्दै मार्ल्यापण गरिएको छ ।
२०८२ वैशाख १८ गते बिहीबारका दिन अखिल (छैठौं) चितवनको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहिद आचार्यका दुई भाइ र दुई बहिनीको उपस्थिति रहेको थियो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यहरू राजेन्द्र ढुङ्गाना र डम्मर पुरी, राजमो चितवनका अध्यक्ष अमरबहादुर छेत्री, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य डमर केसी, नेकपा (मसाल) चितवनका प्रवक्ता भगिरथ शर्मा, अखिल (छैठौं) चितवनका उपाध्यक्ष प्रबिन केसीलगायतले सहिद मित्रमणिको सालिकमा माल्यार्पणसँगै मन्तव्य राख्नुभएको थियो ।
इन्द्र ढुङ्गानाको सञ्चालनमा सहिद मित्रमणिको सम्झनामा एक मिनेट मौनधारणासँगै सो कार्यक्रम अघि बढेको थियो । 

