• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

असल काम गर्नेको उच्च मूल्यांकन गर्नुपर्छ


  •   सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
  • गंगा पौडेल

    Advertisement

    नेपालका राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीमध्ये कसैले विगतमा कतिपय गल्ती–कमजोरी, भ्रष्टाचारलगायतका खराब काम पनि नगरेका हैनन् । त्यो पाटोलाई छुट्टै विश्लेषण गरौँला, हुने गरेको पनि छ । त्यसैगरी राष्ट्रसेवकले गरेका राम्रा कामको पनि हामीले मुक्तकण्ठले प्रशंसा गर्न हिच्किचाउनु हुँदैन ।

    नेपालको सन्दर्भमा बेलाबखत्मा भइपरी आउने प्राकृतिक बिपत्का बेला देशका राष्ट्रसेवकहरूले दिनरात नभनी १२÷१५ घण्टासम्म नागरिकको जिउधनको सुरक्षा तथा सेवाका लागि निरन्तर खटेको कुरा जगजाहेर छ । सबैखाले प्राकृतिक प्रकोप, जस्तै– भूकम्प, बाढीपहिरो, आगजनी तथा महामारीका विरुद्ध जनतालाई बचाउनका लागि राष्ट्रसेवकको महत्त्वपूर्ण योगदान छ । उनीहरूले दिएको योगदानलाई हामीले नजरअन्दाज गर्नु हुँदैन ।

    इतिहासमा घटेका कतिपय घटनालाई हामीले बिर्सेको भएता पनि २०७२ सालको शक्तिशाली भूकम्प र अहिले २०७६ चैत्र महिनाबाट सङ्क्रमण भएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप त हाम्रो मानसपटलमा ताजै छ । शक्तिशाली भूकम्पका बेला राष्ट्रसेवक कर्मचारीमध्ये मुख्यगरी सेनाप्रहरी र स्वास्थ्यकर्मीबाट निकै सराहनीय काम भएका थिए । सुरक्षाकर्मीले भूकम्पबाट भत्किएर पुरिएका हजारौँ नागरिकलाई सकुशल उद्दार गरेका थिए ।

    स्वास्थ्यकर्मीले भूकम्पबाट थिलथिलिएका, चोटपटक लागेकाको सफल उपचार गरेका थिए । सेनाप्रहरीले ठुला ठुला शहरमा भत्किएका घरलाई व्यवस्थापन गर्ने र तत्काल हजारौँ घरटहरा बनाएर नागरिकलाई स्थानान्तरण गरेका थिए । खाली ठाउँ र चौरमा पाल टाँगेर बसेका सर्वसाधारणलाई पिउने पानी, रेडिमेड खाना, कपडा, औषधिलगायत अत्यावश्यक वस्तुको वितरण कार्यमा खटिएका थिए । यसरी बिपत्को घडीमा जनताको जिउधनको सुरक्षाका लागि जुन काम भएको थियो, त्यो स्वागतयोग्य थियो ।

    अहिले विश्व महामारी कोरोना भाइरसबाट आतङ्कित जनताको सेवामा खटिएका केही सरकारी कर्मचारी, तीन तहका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स, खाद्यान्न उत्पादनमा खटेका कृषक वर्ग, खाद्यान्न ढुवानीमा खटिएका चालक तथा वितरक, रेडक्रस तथा औषधि विक्रेताको भूमिकालाई सबैले उच्च प्रसंशा र कदर गर्नुपर्दछ । विभिन्न समयमा आइपर्ने बिपत्मा आम जनताको सुरक्षासेवाका लागि खट्ने राष्ट्रसेवकको कामलाई सरकारले उच्च मूल्याङ्कन गरेर उचित किसिमबाट पुरष्कृत मेत गर्नुपर्छ । सेवाप्रवाह गर्नेहरूलाई उनीहरूको कामको आधारमा पुरष्कृत गर्दा उनीहरूको मनोबल सधैँभरि उच्च रहन्छ ।

    अहिले कोरोना भाइरसको महामारीका विरुद्ध सङ्घर्षरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन् । सुरक्षाकर्मी त चर्को घाम र पानीको पर्वाह नगरी ज्यानको बाजी लगाएर चौबिसै घण्टा सडकका पेटीको बास छ । एम्बुलेन्स बिरामीको सेवामा दिनरात सडकमा गुडिरहेका छन् । कोरोनाको बिरामी लिएर हिँडेका उनीहरूलाई पनि कम जोखिम त छैन । डाक्टर, नर्स, असिस्टेन्ट त झन् उपचारको क्रममा सक्रमितसँगै खेल्नुपर्छ । उनीहरूको हकमा त झन् जोखिम छ ।

    व्यापारी पनि जोखिमभित्रै खाद्यान्न ओसारपसार गरिरहेका छन् । साना किसान पनि असहज परिस्थितिका बाबजुद आफ्नो खेतबारीमा खटिरहेकै छन् । सरकारी कर्मचारी, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी पनि आआफ्नो कार्यस्थलबाट सक्दो सेवा प्रवाह गरिरहेका छन् । सङ्कटका बेलामा पनि यसरी अहोरात्र खटेर काम गर्ने सम्पूर्ण राष्ट्रसेवकको इतिहासमा उच्च मूल्याङ्कन अवश्य हुने छ ।

    मान्छे असल कर्म गर्नकै लागि जन्मेको हो तर यहाँ कतिपय मानिस खराब कर्म गर्नका लागि पनि जन्मँदा रहेछन् । जे होस्, हामीले असल कर्म गर्नेको हकमा नै प्रशंसा गर्नुपर्छ । उनीहरूको उच्च मूल्याङ्कन गर्नुपर्छ ।

    सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.