• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

एक सय छत्तिसौँ मे दिवसको उपलक्ष्यमा मजदुर आन्दोलनलाई वर्गसङ्घर्षसँग जोडेर लैजाऔँ


  •   बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
  • भैरवराज रेग्मी ##

    Advertisement

    मजदुरको महान् चाड मे दिवस (१ मे) सम्पूर्ण मजदुर र क्रान्तिकारी सङ्घसङ्गठन र उत्पीडित जनसमुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । १ मेले सर्वहारा मजदुरको मुक्ति आन्दोलनलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु साथै सिकागोका सहिदहरूसहित विश्व र नेपालका क्रान्तिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु ।

    मजदुरको इतिहास गौरवमय छ । १८८६ मेदेखि ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको माग राखी मजदुरहरूले आन्दोलन गरेका थिए । ४ महिनाको दिन अमेरिकी सिकागो सरकारले मजदुरमाथि क्रुर दमनचक्र चलायो । गोली हान्यो । हजारौँ घाइते भए । ९ जना मजदुरको गोलीले हत्या गऱ्यो तर यो दमनले आन्दोलन रोकिएन । अमेरिकी सरकारले मजदुरको माग पूरा गर्न बाध्य भयो । यसरी मजदुरको विजय भयो । फ्रेडरिक एङ्गेल्सको नेतृत्वमा सर्वहारा, मजदुर, क्रान्तिकारी, जनवादी समाजवादी सङ्घसङ्गठनको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलन (सन् १८८९) ले १ मेलाई अन्तर्राष्ट्रिय मे दिवसको रूपमा मनाउने निर्णय गऱ्यो र आजसम्म हामी मनाउँदै आइरहेका छौँ ।

    सिकागोको मजदुर आन्दोलन चरमोत्कर्षमा थियो । उक्त समयमा मजदुरलाई कामको घण्टा तोकिदैनथ्यो । दैनिक १८/२० घण्टासम्म मालिकको कलकारखानामा खानुपर्दथ्यो । उनीहरूले बस्ने सुविधा थिएन । औषधोपचारको व्यवस्था थिएन । उनीहरूलाई यति न्यून ज्याला दिइन्थ्यो, उनीहरूको पेटसम्म भरिदैनथ्यो । आफ्ना बालबच्चा, परिवारलाई पेट भर्न पुग्नेसम्म पनि ज्याला दिइदैनथ्यो । सामन्तवादलाई ध्वस्त बनाएर पुँजीवाद भर्खर अगाडि बढेको थियो । युरोप अमेरिकाभरि नयाँ नयाँ कलकारखाना खोलिँदै थियो । जमिन्दारको जमिनमा काम गर्ने मजदुर कारखानामा काम गर्ने मजदुरमा बदलिरहेका थिए । जसरी दास युगमा दासमालिकले दासलाई श्रममा जोतेर अमानवीय शोषण गर्दथ्यो, त्यो क्रम सामन्ती व्यवस्थामा सङ्क्रमण भयो, ती श्रमिक अब जमिन्दारका श्रमिक भए । पुँजीवादमा परिवर्तन भएपछि ती श्रमिक कलकारखानाका मालिकको दास बन्न पुगे ।

    मार्क्स, एङ्गेल्सको सन् १८४८ मा घोषणा गरिएको ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ मा सर्वहारा मजदुर मुक्तिको लागि इतिहासमा प्रथमपटक पुँजीवाद विरुद्धको क्रान्तिको उद्घोष गरिएको थियो । यो घोषणाले मजदुरको जागरण अभियान तीव्र बनाइदियो । पुँजीवादको विकासमा अगाडि बढेका मुलुकमा मजदुरको सङ्घसङ्गठन बन्न सुरु भयो । ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन, ८ घण्टा आरामको मागले बेलायत, फ्रान्स, जर्मन, अमेरिका, रुसजस्ता मुलुकमा सर्वहारा वर्गको मुक्तिको राजनीति, सामाजिक जनवादी पार्टी, जनवादी पार्टी, मजदुर र सङ्गठनहरू खुले र ती देशमा मजदुर आन्दोलन चर्किंदै गयो ।

    सन् १८४८ को कम्युनिस्ट घोषणापत्रले विश्वभरका सामाजिक जनवादी, जनवादी, सर्वहारा मजदुर, कम्युनिस्टको अन्तर्राष्ट्रिय सङ्गठन निर्माण गर्ने आधार तयार पाऱ्यो । कम्युनिस्ट घोषणापत्रले पुँजीवादको विकासभन्दा पहिले सामन्तकालीन राजा, सम्राट, जार, निरङ्कुश शासन विरुद्ध सर्वहारा मुक्तिको उद्घोष गरेको थियो । त्यसले गर्दा तानाशाहीको सिंहासन (सत्ता) डगमगाउन थाल्यो । विश्व सर्वहारा, मजदुर, उत्पीडित जनतामा तानाशाही शासन विरुद्ध जनचेतना बढ्दै गयो । फलस्वरूप मार्क्स, एङ्गेल्सको नेतृत्वमा सन् १८६४ मा इतिहासमा पहिलोपटक सर्वहारा मजदुरको मुक्तिका लागि अन्तर्राष्ट्रिय सङ्गठनको स्थापना भयो, जो प्रथम अन्तर्राष्ट्रियको नामबाट प्रसिद्ध छ ।

    सर्वहारा वर्गको अधिनायकत्वले नै पुँजीवादलाई परास्त गर्न सकिन्छ र सर्वहाराको विजय मानव समाजको उत्कृष्ट समाज साम्यवादमा प्राप्त हुन्छ । मार्क्स, एङ्गेल्सले उक्त घोषणापत्रमार्फत् उद्घोष गरेका छन्– सर्वहारा वर्गसामु हार्नका लागि हत्कडी छ तर जित्नका लागि संसार छ । यसरी सामन्तवाद, पुँजीवादबाट सङ्क्रमणकाल समाजवाद पार गरेर साम्यवादी समाज प्राप्त हुन्छ । त्यो समाजमा पुँजीवाद समाप्त हुन्छ । वर्ग रहँदैन । उत्पादनका साधन र उत्पादन सम्बन्ध पुँजीपतिको हातबाट समाप्त हुन्छ । शोषण अन्त हुन्छ । श्रम अनिवार्य संस्कृति बन्दछ । आवश्यकताअनुसार समाजले वितरण गर्दछ ।

    मार्क्सको मृत्यु सन् १८८३ मा भइसकेको थियो । एङ्गेल्सको नेतृत्वमा द्वितीय अन्तर्राष्ट्रिय सन् १८८९ मा गठन भयो । मार्क्सवादको उदय भइसकेपछि मार्क्सवाद स्वीकार गर्नेहरूबिच अत्यन्त तिखो सङ्घर्ष सुरु भएको थियो । मार्क्सवादी वैज्ञानिक सिद्धान्त विरुद्ध संशोधनवादीहरू कडा रूपमा उत्रिएका थिए । यसले प्रथम अन्तर्राष्ट्रियदेखि नै तीव्र सङ्घर्ष सुरु भएको थियो । आफूलाई मार्क्सवादी भन्ने संशोधनवादीहरू पुँजीवादकै पक्षपोषण गर्ने सिद्धान्त प्रतिपादन गर्न पुगे । तिनीहरू दक्षिणपन्थी संशोधनवादी, उग्रवामपन्थी, अराजकतावादी, सर्वहारा अधिनायकत्व विरोधी नीति आदि विषयमा मार्क्स, एङ्गेल्सको मार्क्सवादमाथि आक्रमण गर्न थाले ।

    यसबिचमा इतिहासमा पहिलोपटक फ्रान्समा सर्वहारा वर्गको राज्यसत्ता पेरिस कम्युन स्थापना भयो । फ्रान्सका सम्राट (राजा) नेपोलियन तृतीय (जो नेपोलियन प्रथमका भतिज थिए) ले लुई बोनापार्टलाई सत्ताच्यूत गरायो तर यो कम्युन धेरै समय टिक्न सकेन । यो कम्युन १८७१ को १८ मार्चदेखि १८ मेसम्म कायम रह्यो । सर्वहारा वर्गको हार भयो । यो घटनाले पनि प्रथम अन्तर्राष्ट्रियमा असर पाऱ्यो । सन् १८७२ मा प्रथम इन्टरनेसनलको अस्तित्व रहन छोडेपछि सन् १८७६ मा विघटन गरियो ।

    एङ्गेल्सको नेतृत्वमा सन् १८८९ मा दोस्रो इन्टरनेसलन स्थापना भयो । यसले मार्क्सवादी दर्शन र सर्वहारा आन्दोलनलाई केही गति दिन पुग्यो । पछि गएर यसमा पनि दक्षिणपन्थी, अराजकतावादीको बाहुल्यता बढ्न पुग्यो । सन् १९१४ को साम्राज्यवादी प्रथम विश्वयुद्धमा द्वितीय अन्तर्राष्ट्रियमा सामेल भएका नेताहरू आआफ्ना साम्राज्यवादी देशको पक्षमा लागेपछि यो द्वितीय अन्तर्राष्ट्रिय पनि भङ्ग भयो ।

    द्वितीय विश्वयुद्ध पुँजी र उत्पादनको बजार कब्जासित जोडिएको युद्ध थियो । प्रथम विश्वयुद्धकै दौरानमा रुसको बोल्सेभिक पार्टीले जारको तख्तालाई जरादेखि नै उखेलिदियो । यसबाट राजतन्त्र समाप्त भयो र इतिहासमा सर्वहारा वर्गको राज्यसत्ता समाजवाद स्थापना भयो । मजदुरको ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा विश्रामको मागलाई लागु गर्ने नीति विश्वभर स्थापित हुँदै गयो तर पुँजीवादले कानुनी रूपमा यो व्यवस्था लागु गर्न खोजेता पनि मजदुरको श्रमबाट आउने अतिरिक्त मूल्य पुँजीपतिकै खल्तीमा जाने पुँजीवादी व्यवस्थाबाट छुटकारा पाएन । पुँजीवादको एकाधिकार चरित्रमा विकास भइसकेपछि मजदुरका ट्रेड युनियन अधिकार कटौती हुँदै गए । अहिले आएर मजदुरको श्रमको अधिकारबाट वञ्चित गराउने श्रमको ‘ठेक्का प्रणाली’ पुँजीवादीहरूले विश्वभरि लागु गरिरहेको छ ।

    सामन्ती कालमा दासयुगको विकसित स्वरूप बँधुवा मजदुरको ‘ठेक्का प्रणाली’ विश्वव्यापी रूपमा फैलिएको छ । श्रमको ‘ठेक्का प्रणाली’ ले मार्क्सले भनेजस्तो श्रमिकलाई जिउन र उनीहरूको उत्पादनको लागि चाहिने श्रमको मात्र ज्याला दिने, जीवनभर उनीहरूको गुलाम भइरहने शोषणमा कुनै कटौती भएको छैन । उनीहरूको नाफामा न्यून सेयरको अधिकार दिने, स्वास्थ्य बिमा, परिवारको शिक्षाका लागि न्यून व्यवस्था गरिदिएर आफ्नो कारखानालाई जीवनभर न्यून ज्यालामा श्रममा जोताइरहने पुँजीवादको मूल स्वरूपमा कुनै फेरबदल भएको छैन ।

    एकाधिकार पुँजीवादको विकाससँगै साम्राज्यवादको उदयले उत्पादनको साधनमाथिको एकाधिकार र उत्पादन सम्बन्धमाथिको पुँजीपतिको कब्जा, विज्ञान र प्रविधिको विकाससँगै पुँजीवादी शोषण उत्कर्षमा पुगिरहेको छ । लेनिनको साम्राज्यवादको विश्लेषणले पुँजीवादको विकसित स्वरूपलाई छर्लङ्ग पार्दछ ।

    मजदुर आन्दोलन अहिले अर्थवादमा सीमित हुन पुगेको छ । ज्यालावृद्धि, सुविधामा सुधारले मात्र पुँजीपतिले लिइरहेको अतिरिक्त मूल्यमा कुनै कटौती हुँदैन । विज्ञान र प्रविधिले श्रमिकको जीवन दासयुग, सामन्तीयुगभन्दा सरल भएता पनि जीवनभर पुँजीपतिको गुलाम भइरहनुपर्ने र आफ्ना सन्ततिलाई पनि गुलामी जिन्दगीमा छोडिदिनुपर्ने आजको यथार्थ बनेको छ । उत्पादनको साधनमाथि दलाल पुँजीवादको कब्जाले मजदुरको श्रमको ‘ठेक्का प्रणाली’ वा ‘बधुवा मजदुर’ प्रणालीले मजदुरको सङ्गठनलाई पुँजीवादी घेराभित्र मात्र सीमित बनाइरहेको छ । ट्रेड युनियन अधिकार कानुनी रूपमा प्राप्त भएका देशमा पुँजीपतिमाथि दबाब दिएर त्यसलाई कार्यान्वयन गर्ने कुरामा कुनै पनि सरकार लाग्दैन किनभने त्यो पुँजीपतिले नै स्थापना गरेको पुँजीवादी सरकार हो । अझ पुँजीवादले मजदुरको अधिकारलाई तथाकथित रूपमा उठाएर उनीहरूसँगको सम्झौता र सहमतिमा कारखाना चलाउने नियमकानुन पनि उत्पत्ति गर्दछन् । त्यो समझदारी वा सम्झौतामा पुँजीपतिकै अधिकार प्रधान रहन्छ । कलकारखानाभित्र ट्रेड युनियन खोल्ने, हडताल गर्ने, श्रमको ज्याला खोजे अधिकारलाई कटौती गरी श्रमको ‘ठेक्का प्रणाली’ लाई विकसित गर्दै लगिरहेको छ । यसले मजदुरको सङ्गठन गर्ने, आफ्नो श्रमको मूल्य खोज्ने, त्यसको लागि हड्ताल गर्ने मनोविज्ञानमा ह्रास आइरहेको छ । ‘मैले जानेको काम यही हो’, ‘म मेरो ताकत (शक्ति) र बुद्धि (सर्टिफिकट) यति हो’, ‘अरू काम नपाउँदा यो काम पनि ठुलो हो’, ‘कमसेकम दुईचार छाक टार्न त सकियो’—यस प्रकारको मनोविज्ञानले उनीहरूलाई पुँजीपतिको दास बनाइरहेको छ । बधुवा मजदुर बनाइरहेको छ । पुँजीपतिको पुँजी थपिँदै थपिँदै उचाइमा पुगिरहेको छ ।

    द्वितीय विश्वयुद्धपछि संयुक्त राष्ट्र सङ्घ निर्माण भयो । संयुक्त राष्ट्र सङ्घको निर्माणमा स्टालिनको भूमिका थियो । मजदुरको अधिकारलाई स्थापित गर्ने र त्यसलाई विकसित गर्ने फोरमको रूपमा स्टालिनले संयुक्त राष्ट्र सङ्घमा भूमिका खेलेका थिए । स्टालिनको मृत्युपछि रुसी कम्युनिस्ट पार्टी ख्रुस्चेभी संशोधनवादमा परिणत भयो । सोभियत रुसमा स्थापना भएका समाजवादी आधार पुँजीवादमा परिणत गरियो । सोभियत रुस साम्राज्यवादसँगै प्रतिस्पर्धामा उत्रियो र सामाजिक साम्राज्यवादमा पतन भयो । त्यसपछि संयुक्त राष्ट्र सङ्घमा मजदुर अधिकार पुँजीवाद अधिनस्थ हुन पुगे । मजदुरको ट्रेड युनियन अधिकार संयुक्त राष्ट्र सङ्घले उठाइरहेता पनि पुँजीपतिहरूको अतिरिक्त मूल्य कब्जा गर्ने अधिकार समाप्त भएन । ट्रेड युनियन अधिकारका नाममा विश्वभरि तामझाम गरियो तर संयुक्त राष्ट्र सङ्घले श्रमिकका हितको पक्षमा कदम चालिरहेको छैन । श्रमिकको अधिकारका लागि आवाज दबाउने थलोमा सीमित हुन पुगेको छ ।

    मजदुर आन्दोलन मजदुर मुक्ति आन्दोलनसँग जोडेर लैजानुपर्दछ । मजदुरको वर्गीय चेतना उत्थानका लागि मजदुरका तात्कालिक समस्यासँग जोडिनुपर्छ; जस्तो : ट्रेड युनियन अधिकार, श्रमअनुसार ज्याला, बिमाको व्यवस्था, परिवार संरक्षण, स्वास्थ्य र शिक्षाको व्यवस्था, ठेक्का प्रणालीको अन्त आदि विषय । यी विषय सुधारका लागि मात्र हुन् ।

    पुँजीपतिले श्रमिकको श्रमबाट जुन अतिरिक्त मूल्य लिन्छ, त्यो पुँजीवादी सरकारले दिँदैन किनभने त्यो पुँजीपतिकै सरकार हो । तात्कालिक समस्या समाधानका लागि पुँजीपतिले अतिरिक्त मूल्यमा बाधा नपुग्ने गरेर न्यून सुधार गरिदिन सक्छन् वा गरिरहेका छन् । त्यसबाट मजदुरको मुक्ति हुँदैन । मजदुर (सर्वहारा) वर्गको मुक्तिका लागि सर्वहारा वर्गकै राज्यव्यवस्था समाजवादी व्यवस्था स्थापना गर्नुपर्दछ । सर्वहारा वर्गको पार्टी कम्युनिस्ट पार्टीको नेतृत्वमा सुधारको माग उठाउँदै सर्वहारा वर्गको व्यवस्था स्थापना गर्ने क्रान्तिसँग जोडेर लैजानुपर्दछ । पुँजीपतिले दिने न्यून सुविधा अतिरिक्त मूल्यमा नोक्सानी गरेर दिने होइनन् । सुविधा वा ट्रेड युनियन अधिकार पाएता पनि त्यसमा मजदुरको पूर्ण अधिकार प्राप्त भएको हुँदैन । मजदुरको यस प्रकारको वर्गीय चेतनाको विकास तात्कालिक समस्यालाई आधार बनाएर लैजानुपर्दछ ।

    मे दिवस मजदुर वर्गको वर्गसङ्घर्षको इतिहास हो । मौलिक अधिकार प्राप्त गरेको दिन हो । त्यसैले यसलाई मजदुर आन्दोलनको महान् चाड (पर्व) को रूपमा मनाउँदै आइरहेका छौँ । यो चाड मनाउँदा ती मजदुरलाई सम्मान गर्दछौँ; श्रद्धाञ्जली अर्पण गर्दछौँ, जसको निम्ति उनीहरूले जीवन आहुति दिए । मजदुर वर्गको चेतनाको वृद्धि र मजदुर आन्दोलन सर्वहारा वर्गको मुक्तिआन्दोलन र वर्गसङ्घर्षसँग जोडेर लैजाने प्रण गर्नुमा नै मे दिवसको सार्थकता हुनेछ ।

    मे १, २०२५ (२०८१ वैशाख १८ गते)

    बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.