काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका छन् । आज हुने भनिएको एकता कार्यक्रम बिथोलिए पछि उनीहरूले नाराबाजी गरेका हुन्।
Advertisement
उनीहरूले नागरिक जनमत पार्टी जिन्दावाद, रेशम चौधरीलाई रिहा गर भन्दै सरकारको विरूद्धमा नारा लगाएका छन् । आज कार्यक्रमस्थलबाट नै रेशम चौधरी प्रकाउ परेसँगै एकताको कार्यक्रम स्थगित भएको छ।
पार्टीका नेताले सरकारले मधेस र थरूहटलाई एक ठाउँ आउन नदिनको लागि यो चाल चलेको आरोप लगाएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषणा गर्ने गरि पार्टीले सूचना जारी गरेको थियो ।
प्रहरी स्रोतका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो ।