खलङ्गा । राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानका सदस्य तथा गौमुखी गाउँपालिका उपाध्यक्ष वीरबहादुर केसी मातृशोकमा पर्नुभएको हो ।
केसीकी ममतामयी आमा कुमारी केसीको ७१ वर्षको उमेरमा उपचारको क्रममा २०८२ वैशाख १५ गते बुटवलमा निधन भएपछि उहाँ शोकमा पर्नुभएको हो ।
श्वासप्रश्वासको समस्याले पीडित केसीको वैशाख १६ गते नारिकोट फेदीस्थित कोइराघाटमा अन्त्यष्टि सम्पन्न भएको छ । राजमो केन्द्रीय सदस्य नारायण जिसीले राजमोको झन्डा ओढाएर अन्तिम बिदाई गर्नुभएको थियो ।
दाहसंस्कारस्थलमा नेकपा (मसाल) ५ नम्बर ब्युरो प्रवक्ता तिलक जिसी, राजमो प्युठानका कोषाध्यक्ष टिका जिसी र राजमो नेता सदस्य भरत केसी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय पार्षद तारा पुरी, गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी, वडा नं. ७ का वडाध्यक्ष कमल पुरी, पूर्व वडाध्यक्ष श्यामलाल पुरी, राजमो वडाध्यक्ष हुकुमबहादुर थापा, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका थमलाल गुरुङलगायतको उपस्थिति रहेको थियो ।
राजमो गौमुखीका अध्यक्ष जनक केसीको सहजीकरणमा अघि बढडेको कार्यक्रममा मृतक कुमारी केसीले सामाजिक क्षेत्रमा खेलेको भूमिका र योगदानको सम्बन्धमा राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले प्रष्ट पार्नुभएको थियो ।