कञ्चनपुर । कञ्चनपुरमा पतिपत्नी मृत अवस्थामा फेला परेका छन्।
Advertisement
पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका ६८ वर्षीय सगराम भुल र उनकी श्रीमती ६६ वर्षीया गंगादेवी भुल मृत भेटिएका हुन्।
उनीहरू घर नजिकैको जनजागरण सामुदायिक वनमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।
उनीहरु यही वैशाख ११ गतेदेखि बेपत्ता थिए। पारिवारिक विवादपछि उनीहरु घरबाट ससुराली जान भनि हिँडेका थिए।
तर ससुराली पनि नपुगेपछि दोस्रो दिन आफन्तले इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा निवेदन दिएका थिए।
सोमबार साँझ सामुदायिक वनको बीचमा दुवैजना दोपट्टाले अलग अलग रुखमा झुण्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको एसपी जोशीको भनाइ छ।