• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

भ्रष्टाचारबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘एउटा एयरपोर्ट बनाउँदा दश अर्ब लुड्याउनी ?’ (भिडियोसहित)


  •   आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले देशमा बढ्दो भ्रष्टाचारबारे व्यङ्ग्य गर्दै भन्नुभएको छ– ‘एउटा एयरपोर्ट बनाउँदा दश अर्ब लुड्याउनी ?’

    Advertisement

    २०८२ वैशाख १४ गते आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले यस्तो व्यङ्ग्य गर्नुभएको हो ।

    ‘देश अहिले भ्रष्टाचारको चरमचुलीमा पुगेको छ’ उहाँले भन्नुभयो– ‘एउटा एयरपोर्ट बनाउँदा दश अर्ब लुड्याउनी ?’
    उहाँले यस्तो भ्रष्टाचार देशभित्रैकाले गरेको स्पष्ट पार्नुभयो ।

    ‘भनेपछि त्यो बाहिरकाले खाएको छ ? विदेशकाले खाएको छ ?’ उहाँले प्र्रश्न गर्नुभयो ।

    देशमा भ्रष्टाचार चरमचुलीमा पुगेको, शिक्षकको समस्या त्यस्तै रहेको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष केसीले यिनै कारणले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि कालो बादल मडारिएको बताउनुभयो ।

    मन्तव्यको क्रममा उहाँले हिँजो लोकतन्त्र, गणतन्त्रका लागि लडेकाहरूले पुराना दुःखकष्ट बिर्सेर विशुद्ध सत्ता र शक्तिको दुरुपयोग गरेको दाबीसमेत गर्नुभयो ।

    उहाँले भ्र्रष्टाचार मच्याउने गैरजिम्मेवार प्रवृत्तिबाट सत्ताधारीहरू बच्नुपर्ने बताउनुभयो ।

    ‘विगतका गल्तीकमचोरीबारे जनतासित माफी मागेर नयाँ बाटो हिँड्नुपर्छ’ उहाँले सत्ताधारी पार्टीको सम्बन्धमा भन्नुभयो ।

    अध्यक्ष केसीले अगाडि भन्नुभयो– ‘हेर्दाहेर्दै गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षता समाप्त भयो भने त्यसलाई प्राप्त गर्न कैयौँ समयसम्म नेपाली जनताले कुर्बानी गर्नुपर्नेछ । त्यसैले यसबारे सजग होऔँ ।’

    राजा नाम मात्रका हुँदैनन्

    मन्तव्यको क्रममा राजनीतिक वृत्तमा केही नगर्ने नाम मात्रका मानार्थ राजतन्त्रको चर्चा चलेकोमा त्यसको उहाँले खण्डन गर्नुभयो ।

    ‘मोहन शमशेरले त्रिभुवनलाई दिल्लीबाट फर्काएर ल्याउँदा नाम मात्रको राष्ट्रप्रमुख बन्छु भनेको होइन रु’ उहाँले भन्नुभयो– ‘पछि मोहन शमशेरले प्रयोग गरेको सत्ता त्रिभुवनले प्रयोग गरे कि आन्दोलनकारीले ?’

    २०१७ सालमा तत्कालीन राजा महेन्द्रले गरेको राजनीतिक कूको स्मरण गर्दै उहाँले त्यसपछिका तिस वर्षसम्म नेपाली जनताले व्यहोर्नुपरेको कालरात्रीबारे मन्तव्य उल्लेख गर्नुभयो ।

    नारायणहिटी हत्याकाण्डपछि ज्ञानेन्द्र पनि नाम मात्रको राष्ट्रप्रमुख बन्न नसकेको स्पष्ट पार्दै उहाँले २०५९ सालको कदम विरुद्ध २०६२–६३ सालको आन्दोलन चलेको र त्यो आन्दोलनले राजतन्त्र समाप्त पारेको इतिहास उहाँले स्मरण गर्नुभयो ।

    गणतन्त्रवादीहरू मिल्नुपर्दछ

    मन्तव्यको क्रममा उहाँले आफ्ना कमीकमजोरी सच्याउँदै गणतन्त्रवादीहरू मिल्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

    ‘लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि जुन खालको कालो बादल मडारिरहेको छ’ उहाँले भन्नुभयो– ‘त्यसका बारेमा सबै राजनीतिक पार्टीहरू, खासगरी गणतन्त्रवादी, लोकतन्त्रवादीहरू सचेत हुनपर्दछ ।’

    यतिखेर सत्ताधारीले घुस खाने, राष्ट्रघात गरेकाले त्यसमाथि टेकेर प्रतिगामीले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता चाहिन्न, राजतन्त्र आएपछि देश स्वर्ग हुन्छ भनेर झुटको खेती भइरहेको उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो– ‘यस खालको झुटको खेतीबारे नेपाली जनता सचेत हुनुपर्दछ ।’

    आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.