• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अध्यक्ष केसीको प्रश्न : आफूलाई चाहिने पाँचओटा अध्यादेश पास गर्दा शिक्षा विधेयक किन रोकेको ? (भिडियाे)


  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले प्रश्न गर्नुभएको छ– आफूलाई चाहिने पाँचओटा अध्यादेश पास गर्दा शिक्षा विधेयक किन रोकेको ?

    Advertisement

    २०८२ वैशाख १२ गते शुक्रबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा मन्तव्य राख्दै अध्यक्ष केसीले सो प्रश्न गर्नुभएको हो ।

    ‘आफूलाई चाहिने पाँचओटा अध्यादेशहरू त विधेयक बनाएर तपाईंहरूले पास गर्नुभयो नि’ उहाँले अगाडि भन्नुभयो– ‘त्यति बेला तपाईंहरूले शिक्षा विधेयक किन रोकेको ?’

    मन्तव्यको क्रममा उहाँले शिक्षकले लोकतन्त्र, गणतन्त्रका लागि राजनीतिक दलहरूलाई साथ दिएको स्मरण गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘शिक्षकहरूले लोकतन्त्र, गणतन्त्र ल्याउन हामीलाई साथ दिएका हुन् ।’

    अध्यक्ष केसीले आफू पनि शिक्षक भएर लोकतन्त्र, गणतन्त्रका लागि काम गरेको बताउनुभयो ।

    सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने सरकारको चरित्रको उहाँले आलोचना गर्नुभयो ।

    ‘तीन चोटी त तपाईंहरूले शिक्षकसित सम्झौता गर्नुभएको छ’ सांसद केसीले भन्नुभयो– ‘आन्दोलनकारीसित सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने । यस्तो भयो भने जनताले मान्छन् ?’

    उहाँले सत्तालाई अप्ठ्यारो पर्दा सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने तरिका २०४६ सालदेखि नै चल्दै आएको बताउनुभयो ।

    लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताबारे
    मन्तव्यको क्रममा यतिखेर जनताले लडेर ल्याएको लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि चौतर्फी हमला भइरहेको जिकिर गर्नुभयो ।

    ‘हामीले जसरी लोकतन्त्र, गणतन्त्रलाई नेपालमा स्थापना गरेका थियौँ, त्यसमाथि चौतर्फी हमला भइरहेको छ’ उहाँले भन्नुभयो– ‘सत्ताधारी साथीहरूकै कारण यस्तो भइरहेको छ भन्छु म ।’

    २०४६ सालको जनआन्दोलन दमन गर्न दोषी ठहरिएकामाथि कारबाही नभएको बरु उनीहरूको प्रमोसन भएको स्मरण गर्दै उहाँले २०६२–६३ सालको जनआन्दोलन दबाउने दोषीमाथि पनि त्यही रवैया अपनाइएको बताउनुभयो ।

    लोकतन्त्र, गणतन्त्रका लागि लडेकाहरूको भ्रष्ट चरित्रका कारण यो अवस्था आएको उहाँको भनाइ थियो ।

    ‘भ्रष्टाचारले सीमा नाघेको छ तर उनीहरूलाई सत्तापक्षबाट संरक्षण हुन्छ अनि जनताले कसरी मान्छन् तपाईंहरूलाई ?’ अध्यक्ष केसीले प्रश्न थियो ।

    उहाँले विभिन्न मतभेदका बाबजुद लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘हामीबिच जतिसुकै मतभेद भए पनि लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता जोगाउने कुरामा हामी एक ठाउँमा हुनुपर्दछ ।’

    बजेटको बारेमा
    चालु अधिवेशन बजेट अधिवेशन भएको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘बजेटमा सबैको बराबर वितरण हुनुपर्दछ ।’

    अध्यक्ष केसीले त्यसो नभएकोमा सरकारको आलोचना गर्नुभयो ।

    ‘भान्सेले ठुलो रकम आफ्नो क्षेत्रमा लैजाने, जसको तागत छैन, उसले हेरेको हेऱ्यै गर्ने भयो भने त्यो पनि राम्रो हुन्न’ उहाँले भन्नुभयो– ‘यस्ता कुरा कति भन्नु ? कति चोटी घोच्नु ?’

    सङ्घीयताको खारेजी
    मन्तव्यको अन्ततिर अध्यक्ष केसीले सङ्घीयता खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘तपाईंहरूले सङ्घीयता आएपछि त देश स्विटजरल्यान्ड हुन्छ भन्नुहुन्थ्यो’ उहाँले भन्नुभयो– ‘सङ्घीयताअन्तर्गत महोत्तरीमा मैले देखेँ, त्यहाँ बासको पुल तर्न पनि पैसा तिर्नुपर्ने रहेछ । यस्तै हो सङ्घीयता ?’

    उहाँले सङ्घीय प्रदेश देशले धान्न नसक्ने हुँदा खारेजीमा जोड दिनुभयो ।

    ‘हाम्रो देशले प्रदेश धान्नै सक्दैन’ उहाँले भन्नुभयो– ‘मेरो आग्रह छ, लाजघिन नमानीकन संविधान संशोधन गरेर सङ्घीयता हटाउनुपर्दछ ।’

    शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.