• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

देशको वर्तमान वस्तुगत अवस्था र यसको निकास


  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
  • मेघराज भट्टराई #

    Advertisement

    देशको हालको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ । उद्योग, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य, यातायातलगायतका आधारभूत क्षेत्र सङ्कटमा छन् । बेरोजगारी, महँगी, भ्रष्टाचार, सामाजिक असमानता र राजनैतिक अस्थिरताले जनता निराश भएका छन् । यस्तो अवस्थामा प्रतिगामी शक्तिले फाइदा उठाउँदै आफ्नो प्रभाव विस्तार गर्न थालेका छन् तर यो अवस्था आकस्मिक रूपमा सिर्जना भएको होइन, विगतका गलत नीति, असफल नेतृत्व, भ्रष्ट प्रशासन, अवसरवादी राजनीति र अन्तर्राष्ट्रिय शक्तिको चलखेलले आजको सङ्कटपूर्ण अवस्थालाई जन्म दिएको हो ।

    वर्तमान सङ्कटका प्रमुख कारण यस प्रकार छन् :

    कमजोर अर्थतन्त्र र औद्योगिक पतनले देशको औद्योगिक उत्पादन थलिएको छ । घरेलु उद्योग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन् । निर्यात घट्दै गएको छ भने आयातमा निर्भरता अत्यधिक बढेको छ । साना व्यवसायीहरू निरन्तर घाटामा गइरहेका छन्, जसले अर्थतन्त्रलाई थप कमजोर बनाएको छ ।

    कृषिप्रणालीको सङ्कट

    कृषिमा आत्मनिर्भर हुनुपर्ने देश आज खाद्यान्नसमेत आयात गर्न बाध्य छ । सहकारी प्रणाली भ्रष्टाचारको अखडा बनेको छ । किसानहरू लागत बढ्दै गएर मारमा परेका छन्, जसका कारण गाउँबाट सहरतर्फ बसाइँसराइ तीव्र भएको छ । यसबाट हिजो आधा जनसङ्ख्या धानेको पहाड आज खाली भएका छन् । खेतियोग्य जमिन बिरान बन्जर भएका छन् । यो कारण पनि राष्ट्र आर्थिक रूपमा कमजोर बनेको छ ।

    शिक्षाप्रणालीमा पतन

    शिक्षा व्यावसायीकरण भयो, गुणस्तर खस्कियो । विदेशमा अध्ययन गर्ने लहर बढ्दै गयो, जसका कारण देशलाई कुशल जनशक्ति दिन सक्ने क्षमता कमजोर भयो । शिक्षालाई समाज रूपान्तरणको साधन बनाउनुको सट्टा धनआर्जनको माध्यम बनाइएको छ ।

    स्वास्थ्य सेवा असमान र महँगो

    स्वास्थ्य सेवा निजीकरण हुँदै गएपछि गरिब जनताका लागि उपचार दुर्लभ भयो । सरकारी अस्पतालमा सेवाको गुणस्तर खस्कियो । चिकित्सा शिक्षा पनि व्यापारमा रूपान्तरण भएपछि योग्य डाक्टर उत्पादनभन्दा व्यापारिक मानसिकताका चिकित्सक जन्मन थाले ।

    यातायात र पूर्वाधार विकासमा ढिलाइ

    विकासका नाममा ठुल्ठुला आयोजना घोषणा गरिए पनि कार्यान्वयनमा ढिलाइ भयो । सडक, पुल, जलविद्युत् आयोजना, सार्वजनिक यातायात सुधारजस्ता पूर्वाधार विकासका कार्य भ्रष्टाचार, ठेकेदारी र अकर्मण्यताका कारण अलपत्र छन्, जसको कारण पनि नागरिकमा निराशा जागेको छ ।

    सामाजिक असमानता र विखण्डनको राजनीति

    राजनीतिक दलले सत्तामा पुग्न जातीयता, क्षेत्रीयता, धर्म र भाषाको नाममा समाजलाई विभाजित गरे । राजनीतिक पहुँच भएकाहरू समृद्ध भए । गरिब झन् गरिब भए । समाजमा धनी र गरिबबिचको खाडल बढ्दै गयो ।

    राजनीतिक अस्थिरता र अवसरवाद

    नेताहरू सत्तामा पुग्न मात्र क्रियाशील छन् तर मुलुक समृद्ध बनाउने दूरदृष्टि कसैसँग छैन । बारम्बार सरकार परिवर्तन हुनु, राजनीतिक गठबन्धन स्वार्थका आधारमा बन्नु र विचारभन्दा सत्तालाई केन्द्रमा राख्ने प्रवृत्तिले मुलुक अस्थिर बनेको छ ।

    प्रतिगामी शक्तिको प्रयास

    देशमा सङ्कट गहिरिँदै जाँदा प्रतिगामी शक्तिले फाइदा उठाउँदैछन् । तानाशाही, निरङ्कुशता, धर्मवादी राजनीति, साम्राज्यवादी चलखेल बढ्दै गइरहेको छ । लोकतान्त्रिक मूल्यमान्यता कमजोर हुँदै गएको छ ।

    निकास के हो ?

    सर्वप्रथम त देशलाई सङ्कटबाट निकाल्न स्पष्ट कार्यदिशा आवश्यक छ । निम्न बुँदालाई आत्मसात गर्न सकिए समस्याको समाधान सम्भव देख्रिन्छ :

    १. उत्पादनमुखी अर्थतन्त्रको निर्माण आजको आवश्यकता हो :

    औद्योगिक उत्पादनलाई बढावा दिनुपर्छ । कृषिमा आत्मनिर्भरता कायम गरी खाद्यान्न सङ्कट समाधान गर्नुपर्छ । स्थानीय उद्योगलाई प्रवर्धन गरेर रोजगारी सिर्जना गर्नुपर्छ ।

    २. भ्रष्टाचार नियन्त्रण र सुशासन

    आज देशमा भएका अर्ब खर्ब भ्रष्टाचार भएका छन् । ठुला भ्रष्टाचारीलाई कारबाही गर्दै न्यायिक प्रणाली बलियो बनाउनु आवश्यक छ । नयाँ पुस्ताको नेतृत्व विकास गर्नुपर्छ, जसले क्रान्तिकारी दृष्टिकोणबाट देशलाई अघि बढाओस् । निष्पक्ष प्रशासनिक सुधार गरी सरकारी निकायलाई प्रभावकारी बनाउनुपर्छ ।

    ३.सामाजिक एकता र न्याय

    केही राजनीतिक शक्ति विदेशिएको लगानीमा आफ्नो कुनियत राखी देशलाई साम्प्रदायिक द्वन्द्वको नजिक पुऱ्याएका छन् । हामीले जातीय होइन, वर्गीय आधारमा राष्ट्रलाई समृद्धि, सामाजिक न्याय र एकतामा अघि बढ्नुपर्छ । जातीय, धार्मिक, भाषिक विभाजनको राजनीति बन्द गरी सामाजिक सद्भाव प्रवर्धन गर्नुपर्छ । राज्यको सम्पत्ति केही व्यक्तिको स्वार्थपूर्तिको सधान नभई सबै नागरिकका लागि उपयोगी हुनुपर्छ ।

    ४. गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा

    शिक्षाप्रणालीलाई व्यावसायीकरणबाट मुक्त गरी वैज्ञानिक र प्राविधिक शिक्षामा जोड दिनुपर्छ । हाम्रो संविधानले प्रत्येक नागरिकको लागि शिक्षा, स्वास्थ्यको ग्यारेन्टी गरेको छ । आज संविधानको पालना भएको भेटिँदैन । निःशुल्क र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने प्रणाली लागु गर्नुपर्छ ।

    ५. राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर राष्ट्रीय नीति

    बाह्य शक्तिको हस्तक्षेप न्यूनीकरण गर्दै राष्ट्रलाई बलियो बनाउनु जरुरी छ । नेपालको बजार नेपाली उत्पादनको प्राथमिकता अनिवार्य गर्नुपर्दछ । तरकारी फलफूल खाद्यान्न आयात रोक्ने राष्ट्रिय नीति निर्माण गर्नु पर्दछ । स्वदेशी नीति अवलम्बन गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता विकास गर्नुपर्छ ।

    ६.सशक्त राजनीतिक रूपान्तरण

    राजनीतिक पार्टीमा विचारधारात्मक स्पष्टता हुनुपर्छ । सिद्धान्तहीन, अवसरवादी गठबन्धन तोड्नुपर्छ । क्रान्तिकारी नेतृत्वको विकास गर्नुपर्छ, जसले देशको वास्तविक समस्यालाई समाधान गर्न सक्छ ।

    त्यसैले हामी निराश हुने होइन, पलायन हुने होइन । देश सङ्कटमा छ तर समाधान असम्भव छैन । आज आवश्यक छ, साँचो क्रान्तिकारी दृष्टिकोण, इमानदार नेतृत्व, जनतासँग प्रत्यक्ष सम्बन्ध र स्वाधीन नीतिको कार्यान्वयन । यदि देशभक्त, जनमुखी, क्रान्तिकारी शक्तिहरू एकजुट भए भने मात्र यो सङ्कटको अन्त्य हुन सक्छ ।

    अहिलेको मुख्य चुनौती भनेकै प्रतिगामी शक्तिलाई परास्त गर्दै लोकतान्त्रिक र जनउत्तरदायी सत्तास्थापना गर्नु हो । देशलाई समृद्ध बनाउन भाषण होइन, कर्म आवश्यक छ । अब समय आएको छ, नीतिगत परिवर्तन, राजनीतिक रूपान्तरण, सामाजिक सद्भाव र आर्थिक पुनरुत्थानको ।

    शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.